बुर्तिबाङबजार (बागलुङ) । चन्द्रलाल छन्त्यालले आफू राष्ट्रिय जनमोर्चामै रहेको स्पष्टीकरण दिनुभएको छ ।
नेपाली काङ्ग्रेसमा प्रवेश गरेको भन्दै चर्चा चलिरहेका बेला २०८१ माघ २१ गते सोमबार लिखित स्पष्टीकरण सार्वजनिक गर्दै उहाँले सो जानकारी दिनुभएको हो ।
गत माघ १३ गते प्रदेशसभाका सांसद द्रोणकुमार कुँवरको उपस्थितिमा आयोजित कार्यक्रममा काङ्ग्रेसमा प्रवेश गर्नु गल्ती भएको छन्त्यालले लिखित रूपमा स्वीकार गर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चासमेतको सहयोगबाट विजय प्राप्त गरेर राजमोमाथि नै अराजनीतिक प्रहार गर्ने कुँवरको कार्यको छन्त्यालले आलोचना गर्नुभएको छ ।
छन्त्यालले भन्नुभएको छ– ‘हामी फेरि राष्ट्रिय जनमोर्चामा नै रहेको र आम राष्ट्रिय जनमोर्चा समर्थकलाई भ्रममा नपरी पार्टीमा रहन अनुरोध गर्दछु ।’
उहाँले काङ्ग्रेस सांसद कुँवरलाई राज्यको ढुकुटी प्रयोग गरी जनतालाई अनावश्यक भ्रममा नपार्न चेतावनीसमेत दिनुभएको छ ।
