काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीयताप्रति नागरिकहरू रुष्ट रहेका बताएका छन् ।
सोमबार सरोकार दर्पणको लोकार्पण विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जनस्तरमा अहिले संघीयताप्रति नकारात्मक भावना जागृत हुनु स्वभाविक रहेको बताए।
संघीयतासम्बन्धी ऐन, कानुन निर्माण गर्नेकुरामा राजनीतिक नेतृत्व नै असन्तुष्ट रहेको बताए ।
अध्यक्ष दाहालले संघीयता सम्बन्धी ऐन, कानून निर्माणमा नेताहरू नै असन्तुष्ट रहेको बेलामा नागरिकहरूले सेवा सुविधा, छिटो छरितो नपाउँदा गुनासो गर्नु सामान्य रहेको बताए। उनले संघीयताका सिद्धान्तहरु आफैँमा नरहेको भन्दै सही कार्यान्वयनको आवश्यकता रहेको बताए। नेतृत्वले जिम्मा लिएका कुराहरु समयमै नागरिकस्तरमा पु¥याउँदा नै संघीयता सफल हुने उनको भनाई थियो।
‘अहिले जनस्तरमा अलि बढी संघीयताप्रति एउटा खालको नकारात्मकतातिर ओरेन्टेशन भएको हो की भन्ने अनुभुत हुन्छ’ अध्यक्ष दाहालले भने, ‘कार्यान्वयन गर्नको निम्ति हुने हरेक गतिविधिहरू मुख्यतः ऐन, कानून निर्माणको सवालमा हामी आफैँ कहीँ न कहीँ असन्तुष्ट छौँ।’
अध्यक्ष दाहालले जनतालाई सुविधा दिनेकुरामा बढी गम्भीर हुनुपर्ने बताए ।