काठमाडौं । साउदी अरबमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ । साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै श्रमिक सवार भ्यान र ट्रेलर ठोक्किँदा १५ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा मृत्यु हुने नेपालीहरूमा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर राना रहेका छन् ।
दुर्घटनामा भारतका ९ र घानाका ३ नागरिकको पनि ज्यान गएको बताइएको छ।
बसमा सवार २६ जना मध्ये १ जना नेपाली सहित ११ जना घाइतेहरूको भने अस्पतालमा उपचार भइरहेको छ ।
Advertisement