• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मच्छीमा सङ्घीयता र राष्ट्रियताबारे अन्तरक्रिया


  •   शनिबार, माघ १९, २०८१ मा प्रकाशित
  • जुमानसिंह केसी, मच्छी (प्युठान) ।

    Advertisement

    प्युठान जिल्ला झिमरुक गाउँपालिकाको मच्छीमा “सङ्घीयता र राष्ट्रियता” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    राष्ट्रिय जनमोर्चा झिमरुक पालिका समितिको आयोजनामा २०८१ माघ १७ गते बिहीबार सम्पन्न सो कार्यक्रममा सङ्घीयता र राष्ट्रियताबारेमा छलफल भएको हो ।

    कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घ प्युठानका अध्यक्ष सिद्धिमान जिसीले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।

    सङ्घीयताविना केही हुन्न भ्रम : जिसी

    कार्यक्रममा मन्तव्य राख्दै नेकपा (मसाल) ५ नम्बर ब्युरोका प्रवक्ता तिलक जिसीले सङ्घीयताविना पनि धर्मनिरपेक्षता, गणतन्त्र हुन्छ तर नेपालमा सङ्घीयताविना केही हुँदैन भनेर भ्रम फैलाउने काम भइरहेको बताउनुभयो ।

    देश, भूगोल अवस्थाअनुसार कतिपय देशमा सङ्घीयता हुन सक्छ तर नेपालको हकमा सङ्घीयता असम्भव, असफल र घाडो ठोकुवा उहाँले गर्नुभयो ।

    ‘आज देश श्रीलङ्का, नाइजेरिया हुँदै छ, देशका शासकले देशभन्दा सत्ता र सरकारलाई प्रमुख ठान्दा देशको यो गति भएको छ’ उहाँले पार्टीभन्दा माथि उठेर राष्ट्रियता र राष्ट्रप्रति सबैको साझा धारणा बनाएर जान आग्रह गर्नुभयो ।

    जनता सचेत नभएसम्म देश अगाडि जान नसक्ने भन्दै उहाँले सबै नेपालीसित राष्ट्रप्रति उच्च सतर्कता आपनाउन आग्रह गर्नुभयो ।

    सङ्घीयता विरोधी कार्यक्रमले साझा धारणा बन्यो : न्यौपाने

    कार्यक्रमको मन्तव्य राख्दै राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले सङ्घीयता विरोधी कार्यक्रमले गर्दा राष्ट्र र राष्ट्रियताको सवालमा साझा धारणा, सबै पार्टीको सङ्घीयता र राष्ट्रप्रतिको बुझाइ र सामीप्यता कायम गर्न मदत पुगेको बताउनुभयो ।

    उहाँले नेपालमा सङ्घीयता स्वीकार्य नभएको भन्दै सङ्घीयतापछिको प्रभाव हेर्दै जाने हो भने जनतामा नैराश्यता पैदा भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘जनतामा साँच्चिकै इमानदार भएर अगाडि आउने हो भने सङ्घीयता खारेज भएर छाड्ने छ ।’

    देशलाई टुर्क्याउन मदत पुग्ने गरी विदेशीको चाहनाअनुरूप सङ्घीयता ल्याइएको उहाँको भनाइ थियो ।

    ‘नेपालको आर्थिक स्रोतले हालको संरचना धान्न नसक्ने अवस्थामा कसरी यो व्यवस्था अगाडि बढ्न सक्छ ? विकास बजेट घट्दै गरेको छ । अर्थतन्त्र कमजोर बन्दै गएको अवस्थामा यसलाई खारेजीको विकल्प छैन’ उहाँले भन्नुभयो ।

    बुद्धिजीवी डेगेन्द्र जिसीले सङ्घीयता नेपालमा जबर्जस्त आएको, नेपाली जनताले माग नगरेका बताउँदै देशका ठुला नेताहरूले भारतको इसारामा सङ्घीयता लाद्ने काम भएको आरोप लगाउनुभयो ।

    बुद्धिजीवी ऋषिराम पोख्रेलले राष्ट्रियताका कुरा गरिए पनि सत्तारूढ दलका नेताहरू राष्ट्रियताप्रति सचेत नभएकाले प्रदेश सरकार खारेज गरेर गरेर स्थानीय सरकारलाई बलियो बनाए कम खर्च हुने शासन व्यवस्था आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    नेकपा (एमाले) प्युठानका सचिव इन्द्रमणि पोख्रेलले सङ्घीयतालाई सही ढङ्गले प्रयोग गर्न आवश्यक रहेको, राष्टियताको सवालमा आफ्नो पार्टी सचेत रहेको आश्वासन दिनुभयो।

    नेपाली काङ्ग्रेस झिमरुकका उपाध्यक्ष दामोदर पोख्रेलले प्रदेश सरकार खारेज गर्न आवश्यक रहेको बताउँदै यस विषयमा आफ्नो पार्टीभित्र माथिल्लो नेतृत्वलाई सङ्घीयताबारे पुनर्विचार आग्रह गर्ने बताउनुभयो ।

    नेकपा (माओवादी केन्द्र) का पालिका समितिका अध्यक्ष झगबहादुर जिसीले सङ्घीयताका कारण राष्ट्रियता कमजोर हुँदै गएकोमा राष्ट्रलाई बलियो बनाउन आफूहरू तयार रहेको धारणा राख्नुभयो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य नारायण जिसी, राजमो लुम्बिनी प्रदेश सल्लाहकार बासुदेव पोख्रेलसहित विभिन्न राजनैतिक दलका नेता, समाजसेवी, बुद्धिजीवीको उपस्थिति रहेको थियो।

    राजमो झिमरुक पालिका समितिका अध्यक्ष टीकाबहादुर जिसीको अध्यक्षतामा अघि बढेको सो कार्यक्रमको सञ्चालन् चोपबहादुर विकले गर्नुभएको थियो ।

    शनिबार, माघ १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.