• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

मनिषा कोइरालाप्रतिको गालीगलौज नेपाली सार्वभौमिकतामाथिको आक्रमणः राजमो


  •   बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले अभिनेत्री मनिषा कोइरालाविरुद्ध भारतीय सञ्चारमाध्यमले गालीगलौजपूर्ण भाषामा गरेको टिप्पणी नेपाली सार्वभौमितामाथिकै आक्रमण भएको ठहर गरेको छ ।

    Advertisement

    बिहीबार विज्ञप्ति प्रकासित गरी राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले भारतीय मिडियाले ‘भारतको खाएर चीनको गीत गाएको’ भन्ने आक्षेप लगाएर उनीमाथि तुच्छ आक्रमण गरेको बताउनुभएको छ । मानिषामाथिको आक्रमण नेपाली स्वाभिमान माथिकै आक्रमण भएको जनाउँदै पैडेलले भारतीय जनताबाटै त्यसखाले आक्रमणको प्रतिवाद हुने विश्वास व्यक्र गर्नुभएको छ ।

    वक्तव्यमा उहाँले ओली सरकारले अतिक्रमित भूभागसहितको नक्सा सार्वजनिक गरेर नेपाली जनताको साढे पाँच दशक लामो संघर्षको सम्मान गरेको पनि स्पष्ट पार्नुभएको छ ।

    यस्तो छ वक्तव्यः
    ‘नेपालकी अभिनेत्री मनिषा कोइरालाप्रति भारतीय मिडियाले गरेको अपमानजनक व्यवहारप्रति राष्ट्रिय जनमोर्चाले दुःख र क्षोभ प्रकट गर्दछ ।

    नेपाल सरकारले लिपुलेक, कालापानी, लिम्पियाधुरा समेतलाई नेपालमा देखाएर नक्सा प्रकाशित गरेपछि परराष्ट्रमन्त्रीको ट्विटलाई रिट्विट गरेर उनले त्यो नक्साको प्रकाशनप्रति आफ्नो समर्थन जनाएकी थिइन् । त्यसपछि भारतीय मिडियाले ‘भारतको खाएर चीनको गीत गाएको’ भन्ने आक्षेप लगाएर उनीमाथि आक्रमण गरेका छन् । त्यसको जवाफमा उनले पुनः यो ट्वीट गरेकी थिइन्, ‘हामीले श्रम बेच्न सक्दछौँ, तर स्वाभिमान बेच्न सक्दैनौँ ।’

    प्रथमतः मनिषाले देखाएको देशभक्तिको भावनालाई हामीले प्रशंसा गर्दछौँ । भारतीय मिडियाले आक्रमण गरिसकेपछि उनले स्वाभिमान बेच्न नसक्ने कुरा स्पष्ट गरेकी थिइन् ।

    उनले भारतीय सिनेमामा काम गरेर वास्तवमा आफ्नो श्रम मात्र बेचेकी थिइन् । तर त्यसको अर्थ स्वाभिमान बेच्नु हुँदैनथ्यो भन्ने विचारलाई दृढतापूर्वक राखेर उनले उच्च नैतिक मनोबल र स्वाभिमानको प्रदर्शन गरेकी छन् । त्यसका लागि हामीले उनलाई धन्यवाद दिन्छौँ ।

    उनले चीनको गीत गाएकोे भन्ने आक्षेप अत्यन्त आपत्तिजनक र अराजनीतिक प्रकारको छ । वास्तवमा नेपाल सरकारले कालापानी समेतलाई नेपालमा देखाएर नक्सा प्रकाशित गरेपछि भारतीय मिडियाले नेपाल सरकारमाथि चीनले उकासेर नै त्यो नक्सा प्रकाशित गर्ने कार्य गरेको भनेर आक्षेप लगाएका छन् ।

    वास्तवमा कालापानीमा भारतीय कब्जा तथा त्यो भूमिलाई मुक्त गराउनको लागि नेपाली जनताले गत करिब साढे पाँच दशकभन्दा बढी समयदेखि आवाज उठाउँदै वा आन्दोलन गर्दै आएका छन् । त्यो बेलादेखि नेपालमा कैयौँ सरकारहरु बन्दै आएका थिए ।

    तर उनीहरुले त्यो विषयमा कुनै कदम उठाउन सकेका थिएनन् । ओली सरकारले नेपालको भारतले कब्जा गरेको तथा भारतीय नक्सामा सामेल गरेको भूमिलाई नेपालमा देखाएर नक्सा प्रकाशित गर्ने साहसिलो कदम उठाएको छ । हाम्रो पार्टीले त्यसलाई स्वागत गर्छ र त्यसका लागि ओली सरकारलाई धन्यवाद दिन्छ । तर भारतले कब्जा जमाएको कालापानी समेतको भूभागलाई मुक्त गर्ने दिशामा यो खाली प्रारम्भिक कारबाही मात्र हो र त्यो दिशामा हामीले अझै लामो संघर्ष गर्नुपर्ने छ ।

    भारतीय साम्राज्यवादले करिब ६ महिना पहिले नेपालको लिम्पियाधुरासम्मको भूमिलाई भारतमा देखाएर नक्सा प्रकाशित गरेपछि र हालै लिपुलेक भएर मानसरोबर जाने बाटोको उद्घाटन गरेपछि नै भारतीय हस्तक्षेपका विरुद्ध तीव्र र व्यापक असन्तोष देखापरेको थियो । भारतका त्यसप्रकारका कारबाहीहरुका विरुद्ध नेपालमा देशव्यापी रुपमा आन्दोलनहरु पनि भएका थिए ।

    ओली सरकारले अहिले नक्सा प्रकाशित गर्ने जुन काम गरेको छ, त्यो साढे पाँच दशकभन्दा बढी समयदेखि नेपाली जनताले गर्दै आएको आन्दोलन र भारतीय साम्राज्यवादद्वारा कालापानीमा गरिएको कब्जा तथा नक्साको प्रकाशन विरुद्ध देशमा विद्यमान व्यापक जनमतको परिणाम हो । त्यसप्रकारको ऐतिहासिक पृष्ठभूमिलाई उपेक्षा गरेर चीनको उक्साहटमा लागेर नै नेपाल सरकारले नक्सा प्रकाशित गरेको वा मनिषाले चीनको गीत गाएको भन्ने आरोप कति निराधार र झुटा छ रु स्वयम् प्रष्ट छ ।

    कुरा यो मात्र होइन कि, नेपालको कुनै नागरिकलाई संसारको जुनसुकै देशमा वा भारतमा भएपनि उसलाई आफ्नो देशभक्तिको भावना प्रकट गर्ने अधिकार हुन्छ र त्यो अवस्थामा मनिषाले देखाएको त्यसप्रकारको देशभक्तिको भावनामाथि आक्रमण गर्नु स्वयं भारतको संविधानमा स्वीकृत वैचारिक स्वतन्त्रताका विरुद्धको कुरा हो । कुरा त्यो मात्र होइन, त्यसको अर्को महत्वपूर्ण पक्ष पनि छ ।

    कालापानी समेतको भूभागमा भारतीय कब्जा वा दावी अन्यायपूर्ण छ र त्यसको विरोध गर्नु स्वयं न्यायप्रेमी भारतीय जनताको पनि दायित्व हुन्छ । त्यसको विपरीत भारतीय सरकारको नेपालमाथिको अन्यायपूर्ण कारबाहीको समर्थन गर्नु भारतीय जनताको देशभक्ति होइन, अन्धराष्ट्रवादी सोचाइ नै हुनेछ । हामीले भारतका सबै न्यायप्रेमी जनतास“ग नेपालको न्यायपूर्ण पक्षलाई समर्थन गर्नको लागि पनि अपील गर्दछौँ ।’

    बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.