खिमराज चालिसे, चन्डिगढ (भारत) ।
भारतको हरियाणा हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको टोल समिति पुनर्गठन गरेको छ ।
जनवरी १२, २०२५ आइतबारका दिन सम्पन्न भेलाले ११ सदस्यीय टोल समिति पुनर्गठन गरेको हो ।
सिटी एरिया समिति बीअन्तर्गत आटो मार्केटमा सम्पन्न सो भेलामा प्रमुख अतिथि केन्द्रीीय सदस्य तारा सोमरे हुनुहुन्थ्यो ।
भेलामा उहाँले एकता समाजको विधान र घोषणापत्रबारे सङ्क्षिप्तमा प्रकाश पार्नुभएको थियो ।
भेलाले झबिन्द्र सारू अध्यक्ष रहनुभएको सदस्यीय टोल समिति गठन गरेको छ ।
समितिको सचिवमा विमल सारू, कोषाध्यक्षमा निर्मला घर्तीमगर, सदस्यमा भूपेन्द्र मुखिया, विजय सिञ्जाली, बुद्धिकला सारू, खिम राना, मनबहादुर घर्तीमगर, दिनेश पचभैया, चन्द्रा सोमरे र मनबहादुर रेश्मी रहनुभएको छ ।
कार्यक्रम विमल मुखियाको सञ्चालन तथा मनबहादुर घर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
