युरोप । युरोपेली मुलुक माल्टामा सडक दुर्घटनामा एक नेपालीले ज्यान गुमाएका छन् ।
Advertisement
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ घर भएकी २५ वर्षीया गौरीकुमारी बरालको उपचारको क्रममा मृत्यु भएको हो।
रोजगारीको सिलसिलामा सन् २०२२ डिसेम्बरमा उनी माल्टा आएकी थिइन्।
जनवरी ५ मा सडक दुर्घटनाबाट गम्भीर घाइते उनी उपचारत रहेकोमा शनिबार बिहान मृत्यु भएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले जानकारी दिए।
मृतकको परिवारसँगको सल्लाह बमोजिम मृतकको शव नेपाल पठाउन एनआरएनए माल्टाले सहजीकरण गरिरहेको उनले बताए।