काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ।
Advertisement
चालक ५५ वर्षीय कर्ण खड्का र यात्रु २० वर्षीय निश्चल भट्टको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । तर मृतक नेपालीहरूको नेपाल ठेगाना खुलाइएको छैन ।
फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार उनीहरू सवार कार हिउँमा चिप्लिएर पोखरीमा खसेको हो।
स्थानीय समयानुसार बिहीबार बिहान ७ः३० बजेतिर सेन्टरभ्यु ड्राइभमा रहेको विङ्गेट बाई विन्डह्याम होटलनजिकै रहेको पोखरीमा कार खसेर दुर्घटना भएको हो ।
पोखरीमा कार डुबेको अवस्थामा फेला परेको थियो। दुवै जनाको शव कारभित्र पाइएको हो।
केही दिनयता हिमआँधीका कारण भर्जिनियासहित अमेरिकाका विभिन्न राज्यमा भारी हिमपात हुँदा जनजीवन कष्टकर छ।
आँधी र हिमपातकै कारण अमेरिकामा अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ भने लाखौँ जना विस्थापित भएका छन्।