• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

‘कामरेड जलजला’ उपन्यास : आमाको माया, जीवनको सफलता वा असफलता


  •   बुधबार, पुष १७, २०८१ मा प्रकाशित
  • मनोज भट्ट ##

    Advertisement

    मैले ‘कामरेड जलजला’ उपन्यासका दुईटा पक्षमाथि चर्चा गर्न चाहन्छु । त्यो हो– आमाको माया र क्रान्तिकारी वा समाजसेवाका लागि जीवन समर्पण गर्नेहरूको जीवन के वास्तवमा असफल नै भएको हुन्छ त ?

    उपन्यासमा लेखकले ‘सारा विश्व आमामय भए कस्तो हुन्थ्यो होला’ (पृ. ३१०) भन्ने कल्पना गर्नुभएको छ । मैले सुविधाका लागि मात्र यहाँ कल्पना भन्ने शब्द प्रयोग गरेको छु किनभने ‘सारा संसार आमामय भए कस्तो हुन्थ्यो होला’ भन्ने लेखकको कल्पना वा सपना विशुद्ध हवाई उडानमा उभिएको छैन । यो सपना केही न केही वास्तविक वा यथार्थ जगमा उभिएको सोचाइ नै हो । विश्वभरिका कम्युनिस्टले सारा विश्वलाई “आमामय” बनाउने सिद्धान्त र उद्देश्य बोकेर हिँडेका हुन्छन् ।

    वृद्धाश्रममा बसेकी एक जना वृद्धा पार्वतीको उपन्यासमा चर्चा गरिएको छ । पार्वतीका छोराहरूले उनलाई खानबस्न नदिएर घरबाट निकालेर आश्रम पुर्‍याएको अवस्था हुन्छ । त्यसका बाबजुद पनि पार्वतीको आफ्ना सन्तानप्रतिको मायामा कुनै कमी आएको पाइदैन । पार्वतीको आफ्ना सन्तानप्रति कायम रहेको अगाध मायाको उपन्यासमा वर्णन गरिएको छ ।

    पार्वती त संसारका सबै आमामध्येकी एउटा प्रतिनिधि पात्र मात्र हुन् । संसारका सबै आमाले आआफ्ना सन्तानलाई जुनसकै अवस्थामा पनि अगाध माया गर्छन् । त्यो माया आफ्नो सन्तानबाट केही प्राप्त गर्ने वा स्वार्थमा आधारित भएर गरिएको हुँदैन । त्यसैले आमाका प्रेम शुद्ध, पवित्र र महान् हुन्छ ।

    आमाले आफ्नो सन्तानलाई नौ/नौ महिनासम्म गर्भमा बोक्छिन् । जन्मेपछि हुर्किंदासम्म तिनीहरूको हेरविचारमा आफूलाई पूर्ण रूपमा समर्पण गर्छिन् । सन्तान हुर्केबढेपछि कामकाजको सिलसिलामा घर छोडेर वा आमाबुवा छोडेर विभिन्न स्थानमा पुग्छन् । वृद्ध बाआमाको सन्तानबाट हेरविचार सुसार हुन पाउँदैन तैपनि आमाको आफ्ना सन्तानप्रतिको मायामा कमी आउँदैन ।

    कतिपय सन्तानले आफ्ना आमासँग नराम्रो व्यवहार गर्छन् । उनीहरूलाई दुःख दिन्छन् । यहाँसम्म कि कतिपयले वृद्धाश्रममा पुर्‍याएर अलपत्र छोडेर हिँड्छन् तैपनि वृद्धावस्थामा वृद्धाश्रममा दुःख पाइरहेकी आमालाई समेत आफ्नै सन्तानप्रति कुनै राग, रिस, द्वेष पाल्दिनन् । उनीहरूलाई नातिनातिनाले खाना खाए होलान् कि नखाए होलान् भन्ने चिन्ताले सताइरहेको हुन्छ । छोराहरूले विभिन्न प्रकारका दुःखकष्ट दिए पनि आमाको आफ्नो सन्तानप्रति प्रेम र वात्सल्यको भावना कायम रहन्छ ।

    उपन्यासमा आमाको आफ्नो सन्तानप्रतिको प्रेम वा वात्सल्यको जुन चर्चा भएको छ, त्यो पार्वतीको हकमा मात्र होइन, थिएन र छैन । विश्वभरिका सबै आमाको आफ्ना सन्तानप्रति त्यही प्रकारको अगाध मायाले भरिएको हुन्छ । यदि आमाले आफ्नो सन्तानलाई गर्ने मायाले “विश्वव्यापी रूप” (पृ. ३०९) लिएमा संसार कस्तो हुन्थ्यो ? निश्चित रूपले त्यो संसार सुन्दर, प्रेमले ओतप्रोत तथा अगाध मायाले भरिएको हुन्थ्यो । आमाको मायाले “विश्वव्यापी रूप” लिन सकेमा स्वार्थरहित, पारस्परिक अगाध प्रेम, भाइचारा र आपसी सामञ्जस्यतामा आधारित आदर्श संसारको निर्माण हुन्थ्यो ।

    उपन्यासकारले कल्पना गरे जस्तै के आमाको मायाले विश्वव्यापी स्वरूप ग्रहण गर्न सम्भव छ ? निश्चित रूपले सम्भव छ । स्वयम् उपन्यासकारले “मानव समाजमा पाइने दूषित मनोविज्ञानको मूलमा व्यक्तिगत स्वार्थमाथि आधारित समाज नै मुख्य कारण” भएको मार्क्सवादी मान्यता अगाडि सारेका छन् । व्यक्तिगत स्वार्थमाथि आधारित समाजको अन्तपछि क्रमशः वर्ग, पार्टी र राज्यको विलोपीकरण हुने छ र आमाको मायाको माया“ले विश्वव्यापी रूप लिने छ । सयकडौँ वर्षदेखि वर्गविभाजित समाजमा देखा पर्दै आएका “दूषित मनोविज्ञान” (पृ. ३०८) ले निम्त्याएका कैयौँ दुष्परिणामले हाम्रो समाज विकृत हुँदै आएको छ । समाजमा अपराधीकरण बढेको छ । पैसाका लागि जुनसुकै प्रकारका अपराध गर्ने प्रवृत्ति मौलाएको छ । त्यसैले इतिहासका विभिन्न मोडमा कैयौँ स्वप्नद्रष्टाहरूले आदर्श समाजको सपनालाई अगाडि सार्ने गरेको पाइन्छ । पुँजीवादले निम्त्याएको व्यक्तिगत स्वार्थमाथि आधारित समाजलाई खतम गरेर त्यसको ठाउ“मा प्रेम, सद्भाव वा सहयोगात्मक भावनामा आधारित समाजको कल्पना गरिँदै आएको छ ।

    सुरुमा हेर्दा त्यो एक प्रकारको आदर्श, सपना र कल्पना जस्तो लाग्छ । इतिहासका विभिन्न मोडमा तर त्यो “आदर्श समाज” को सपना र कल्पना विपनामा र यथार्थमा परिणत र भङ्ग हुँदै र भङ्ग भएको सपनालाई साकार रूप दिने प्रयत्न भइरहेको पाइन्छ ।

    सुरुमा आदर्श संसारको कल्पना र सपना सन् १५१६ मा थोमस मुरले अगाडि सारेका थिए । त्यस्तो आदर्श समाजलाई ल्याटिन शब्दमा ‘युटोपिया’ भनिन्छ । ‘युटोपिया’ को अर्थ आदर्श संसारभित्र सबै मान्छे सुखी, समृद्ध, समान हुने, सबै समस्याको समाधान भएको अर्थात् समस्याविहीन, आर्थिक समानता, अपराधविहीनता, सबै मान्छेका बिच आपसी सामञ्जस्यताले भरिएरको सुखी समाज हुन्छ ।

    थोमस मुरपछि पनि कैयौँ काल्पनिक समाजवादी विश्वमा देखा परे । उनीहरूले समाजमा व्याप्त खराबीको चर्चा गर्दै समानतामूलक समाजमाथि जोड दिनुका साथै आदर्श समाजको सपनालाई व्यवहारमा उतार्न कैयौँ कामसमेत गरेको पाइन्छ ।
    रोबर्ट ओवेनले सामूहिक बसोबासको आवधारणालाई प्रयोगमा ल्याए । हजारौँ मान्छे एउटै बस्तीमा प्रेम, सद्भाव, आपसी मित्रताका साथ

    बसोबास गराउने उद्देश्यले सहबसोवासको अवधारणा अगाडि सारिएको थियो । कैयौँ काल्पनिक समाजवादीले मजदुरमाथि शोषण गर्न हुन्न भन्ने मान्यतालाई साकार रूप दिन धनीगरिबबिचको भेदभाव मेटाउने नाममा आफ्ना कारखाना वा सम्पत्ति गरिबमा वितरण गरेका थिए, जुन “आदर्श संसार” को निर्माणका लागि नै गरिएका थिए ।

    तत्कालीन समाज व्यवस्था वा पुँजीवादका कारण उत्पन्न सामाजिक खराबीका कारण आदर्श संसारको सपना वा त्यो सपनालाई साकार रूप दिन कैयौँ mक्रार्यत्रम अगाडि सारे पनि ती सपना र कार्यक्रम समाज विकासको नियममा आधारित नभएर विशुद्ध मानवीय परोपकारसँग सम्बन्धित कल्पनामा आधारित थिए । त्यसैबाट शिक्षा लिएर मार्क्सले “आदर्श समाज” को निर्माणका लागि वैज्ञानिक समाजवादको सिद्धान्त अगाडि सारेका हुन् । वैज्ञानिक समाजवाद साम्यवादी सिद्धान्तमाथि आधारित “आदर्श संसार” हो, जहाँ पुँजीको वर्चस्व हुन्न । पुँजीको वर्चस्व नहुने भएका कारण त्यो समाजमा मानवीय सम्बन्धको आधार पुँजी वा पैसा हुन पाउँदैन । समाजवादमा निजी सम्पत्तिको निषेध हुने भएकाले व्यक्तिगत स्वार्थमाथि आधाररित नभएर वास्तविक रूपले आपसी सामाञ्यजस्यता, भाइचारा, प्रेममाथि आधारित समाज निर्माण र विकास हुँदै जान्छ । त्यो अपराधमुक्त समाज हुन्छ । पारिवारिक सम्बन्धको आधार व्यक्तिगत स्वार्थ नभएर वास्तविक प्रेममा आधारित हुन्छ । “पैसा छ भने हाई छोरा, पैसा छैन भने बाई छोरा” को दूषित मनोविज्ञान खतम हुँदै जान्छ ।

    सन् १५१६ मा थोमस मुरले देखेको आदर्श संसारको कल्पना वा सपनालाई सन् १८४८ मा जारी भएको कम्युनिस्ट घोषणापत्रले वैज्ञानिक रूप दियो । सन् १९१७ मा भएको बोल्सेभिक क्रान्तिले त्यसलाई व्यवहारमा लैजाने प्रयत्न गर्‍यो । त्यसैले उपन्यासकारले आमाको मायालाई विश्वव्यापी रूप दिएर संसारलाई प्रेममय बनाउने सपनाले साकार रूप लिने कुरामा कुनै दुविधा छैन । उपन्यासकारको विश्वव्यापी आमाको मायामय बनाउने सपना हवाई कल्पनामा नभएर समाज विकासको वास्तविक नियममाथि आधारित छ ।

    ‘कामरेड जलजला’ उपन्यासमा क्रान्ति र समाजसेवाका लागि आफ्नो सम्पूर्ण रूपमा जीवन न्योछावर गरेका पात्रका साथै समाजसेवा वा क्रान्तिलाई घृणा गर्ने दुईटै खाले पात्र पाइन्छन् । यी पात्रका बिच आपसमा द्वन्द्व छ । उपन्यासमा क्रान्ति र समाजसेवाका लागि हिँडेका कतिपय पात्रमा त्यसप्रतिको समर्पणभावमा वृद्धि हुँदै जान्छ । उनीहरू आफूलाई सम्पूर्ण रूपमा आफ्नो आदर्श र उद्देश्यका लागि बलिदान गर्दछन् ।

    अर्कोतर्फ क्रान्ति र परिवर्तनका लागि हिँडेका तर अन्य गलत तत्त्वको प्रभावमा परेका कारण तिनीहरूमा क्रान्तिबाट पलायनका विचार, क्रान्तिकारीप्रति नकारात्मक धारणाको विकास हुँदै गएको पनि पाइन्छ । क्रान्ति, पार्टी, परिवर्तन समाजसेवाप्रतिको दृष्टिकोणमा स्खलन आएर ‘ती सबै बेकार हुन्, पार्टीमा लागेर मेरो जीवन बर्बाद भयो’ भन्ने भावनाले घर गर्दै गएको पनि पाइन्छ । आफ्नो व्यक्तिगत उन्नति, प्रगति र विकास गर्नका लागि पार्टी र क्रान्तिबाट पछाडि हट्नुपर्दछ भन्ने पलायन भावनाको पनि विकास भएको पाइन्छ । उनीहरू पुरानो समाजको पिछडिएको चेतनाले क्रान्ति तथा समाजसेवामा लागेका व्यक्तिहरूको जीवन असफल र बेकार भएको देख्छन् ।

    उपन्यासमा अजित, जस्ता क्रान्तिकारीको जीवनलाई उनका आफन्ती वा नजिकका नातेदार वा समाजले, यहाँसम्म कि क्रान्तिकारी विचारबाट स्खलितले समेत असफल देख्छन् । अजित, जलजला, सुनन्दा तीनओटै पात्र आफ्नो युवावस्थामा हुन्छन् । उनीहरूका अगाडि व्यक्तिगत लाभ वा उन्नति वा प्रगतिका थुप्रै सम्भावना हुन्छन् । उनीहरूसँग शैक्षिक डिग्री पनि हुन्छ । अजित झन् आर्थिक रूपले उच्च परिवारसँग सम्बन्ध राख्दथे तर क्रान्तिका लागि अजित भारतका गल्लीगल्लीमा कष्टकर भूमिगत र अभावको जीवन बिताउँछन् । पार्टीले कारबाही गरेपछि दक्षिण भारतमा गएर चौकिदारी गर्छन। रिक्सा चलाएर, मजदुरी गरेर पार्टी र क्रान्तिका लागि काम गर्ने कष्टकर बाटो रोज्छन् । उनीसँग लगाउने राम्रो लुगा हु“दैन । राम्रो खानासमेत पाउँदैनन् तर ती सम्पूर्ण अभावपूर्ण जीवनका बाबजुद पनि अजितमा क्रान्तिप्रति कत्ति पनि विचलन वा पलायनको भावना देखिन्न । विभिन्न विध्नबाधा, अभाव, सङ्कट पार्टीबाट कारबाहीका बाबजुद पनि का. अजित आफ्नो आदर्श र उद्देश्यबाट पछि हट्दैनन् ।

    जलजला र सुनन्दाले पनि आफ्नो आदर्श र उद्देश्यका लागि निकै दुख पाए पनि अविचलित रूपमा लागिरहन्छन् तर समाज र क्रान्तिबाट पलायन भएका तत्त्वले उनीहरूको जीवन असफल भएको देख्छन् । सुनन्दाकी फुपू सरस्वतीले भारतको स्वतन्त्रता आन्दोलनमा लागेका आफ्ना पति कल्याणसिंहको जीवन असफल देख्छन् । आम रूपमा हाम्रो समाजमा क्रान्तिमा लागेका क्रान्तिकारीको जीवन असफल भएको ठान्ने सोचाइ र प्रवृत्ति पाइन्छ ।

    पार्टी, क्रान्ति, समाजसेवामा लागेका व्यक्तिको व्यक्तिगत जीवन बर्बाद हुँदै जान्छ । नोकरीपेसाको अभावमा पारिवारिक खर्च, छोराछोरीको पढाइ, पत्नीका इच्छा, वृद्ध बाआमाको उपचारको खर्च उठाउन गाह्रो हुन्छ । हाम्रो जस्तो राजनीतिलाई सेवा नभएर व्यापार ठ्रान्ने सोचाइले जरा गाडेको समाजमा राजनीति गर्ने भनेकै पैसा कमाउन वा मन्त्री हुन नै हो भन्ने प्रवृत्तिको असर पनि क्रान्तिकारीको घरपरिवारमा प्रशस्तै पर्छ । स्वयम् कम्युनिस्ट आन्दोलनभित्र समेत त्यसको असर पर्छ । कैयौँ क्रान्तिकारीहरू त्यसबाट विचलित भएर पलायनको बाटो रोज्ने गरेका वा प्रतिकृयावादी व्यवस्थासँग सम्झौता गर्न पुग्छन् ।

    जीवन सफल वा असफल के हो भन्ने विषयलाई बेग्लाबेग्लै कोणबाट हेर्दा त्यसको जवाफ र निष्कर्ष एउटै छ अथवा त्यसमा समानता हुन सक्दैन । एउटा व्यापारीको नजरमा व्यापारमा जति बढी नाफा कमाउन सकियो, जीवनको सफलता ठानिन्छ । हाम्रो पिछडिएको सामाजिक सोचाइलाई आधार बनाउने हो भने जसले विभिन्न तिकडम गरेर पैसा कमाएर घरघडेरी, गाडी, गहना खरिद गरेर निजी सम्पत्तिमा वृद्धि गर्दै गइरहेको छ, त्यस्तो व्यक्तिको जीवनलाई सफल भएको ठान्छन् ।

    त्यस्तै, सरकारी नोकरी भर्ना भएका व्यक्तिले पदोन्नति भयो भने आफ्नो जीवन सफल भएको ठान्दछन् तर क्रान्तिकारी कोणबाट सफल जीवनको परिभाषाको बेग्लै चित्र हाम्रोअगाडि देखा पर्छ । क्रान्तिका लागि आफ्नो सम्पूर्ण जीवन न्यौछावर गर्नु, आफूलाई सम्पूर्ण रूपमा क्रान्तिका लागि समर्पित गर्नु, आफ्नो आदर्श र उद्देश्यप्रति प्रतिबद्ध रहनु, त्यसका लागि आफ्ना सबै प्रकारका तुच्छ व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिनु, क्रान्तिमा हाँसी हाँसी सहिद हुन तयार हुने कार्य नै एउटा क्रान्तिकारीका लागि सफल जीवनको आधार हो र हुनुपर्दछ । आफ्ना लागि सबै बाँच्छन् तर सम्पूर्ण शोषितपीडित जनताको सामूहिक हितका लागि बाँच्नु सफल जीवनको आधार हो । त्यसैले अजित, जलजला, सुनन्दालगायतका पात्र सफल जीवन बिताइरहेका प्रतिनिधि पात्र हुन् ।

    नेपाललगायतका विश्वका विभिन्न राजनीतिक परिवर्तनका लागि आफ्नो सम्पूर्ण जीवन होमेका क्रान्तिकारी तथा सहिदको जीवन असफल हुन सक्दैन तर क्रान्तिकारी विश्वदृष्टिकोणको अभावमा यो स्प्रिटलाई पक्रिन गाह्रो पर्छ यद्यपि क्रान्तिकारी दृष्टिकोण निर्माणको प्रक्रिया निरन्तर चलिरहन्छ । कैयौँपटक लामो क्रान्तिकारी जीवन बिताएका नेताहरूसमेत जीवनको उत्तरार्द्धमा आएर क्रान्ति वा आन्दोलनप्रति नै विरक्तिएका वा क्रान्तिकारी विचारबाट पलायन भएका सयकडौँ उदाहरण पाइन्छन् । सामूहिक हितका लागि आफूलाई समर्पण गर्ने कार्य क्रान्तिकारी विश्वदृष्टिकोणको अभावमा सम्भव छैन । सामूहिक हितका लागि आफूलाई समर्पण नगर्नेको जीवन सफल हुन सक्दैन ।

    बुधबार, पुष १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.