• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सन् २०२४ को बिदाइसँगै बेल्जियममा ई–सिगरेटमाथि प्रतिबन्ध


  •   सोमबार, पुष १५, २०८१ मा प्रकाशित
  • ब्रसेल्स । स्याउ, तरबुजा र कोलालगायत स्वादका कारण युवा पुस्तामाझ निकै लोकप्रिय रहेको एकल–प्रयोगका लागि बनेको विद्युतीय–चुरोट (डिस्पोजेबल डिस्पोजेबल ई–सिगरेट) को सेवनलाई बेल्जियमले प्रतिबन्ध लगाएको छ ।

    Advertisement

    राष्ट्रिय तमाखु विरोधी योजनाको एक भागको रूपमा युवाको स्वास्थ्यको रक्षाका लागि बेल्जियममा २०२५ जनवरी १ देखि डिस्पोजेबल भेप्स (विद्युतीय–चुरोट) बेच्न निषेध गरिने छ ।

    युरोपियन युनियनले सन् २०४० सम्ममा सुर्तीजन्य पदार्थमुक्त उत्पादन हासिल गर्ने लक्ष्य लिएको छ, जसले २७ देशको समूहको धूमपान गर्ने जनसङ्ख्यालाई हाल २५ प्रतिशतबाट घटाएर पाँच प्रतिशतभन्दा कममा झार्ने छ । इयुका केही देशले त्यो समयसीमालाई अगाडि ल्याउने योजना बनाएका छन् ।

    पारम्परिक सुर्तीजन्य पदार्थको धूमपानभन्दा भ्याप्सलाई कम हानिकारक भनी विज्ञापन गरिने गरिएको छ ।

    निर्माताले युवा प्रयोगकर्तालाई उनीहरूको आकर्षक रङ्गीन पाकेट र मुख रसाउने स्वाद र प्रदूषित धुवाँ र गन्धबाट बच्न विद्युतीय चुरोटको प्रयोग गर्न प्रेरित गर्नेगरेको पाइन्छ । विद्युतीय चुरोटलाई सुरक्षित भनी निर्माताले गर्ने प्रचारका बाबजुद पनि यिनीहरूमा निकोटिन हुन्छ र यसले मानिसलाई धूमपानका लागि अत्यधिक लत लाग्छ ।

    आलोचकले प्रतिबन्धलाई यो अधिक पारम्परिक तमाखु उत्पादनको लागि सम्भावित कदम भएको दाबी गरेका छन् ।

    बेल्जियमको धूमपानविहीन समाज गठबन्धन प्रवक्ता नोरा मेलार्डले भन्नुभयो– ॅसमस्या के हो भने युवाले आफ्नो निकोटिनको मात्रा थाहा नपाई भ्याप्स प्रयोग गर्न थाल्छन् र निकोटिन लतमा फस्छन् ।’

    उहाँले भन्नुभयो– ‘हामीलाई प्राप्त जानकारीअनुसार युवाले रातको समयमा उठेर विद्युतीय चुरोट सेवन गर्छन् र यो धेरै चिन्ताजनक बिषय हो ।’

    बेल्जियमले पाँच वर्षभन्दा पहिले बजारमा आएका डिस्पोजेबल ई–सिगरेटद्वारा उत्पन्न खतराबारे द्रुत रूपमा प्रतिक्रिया जनाउँदै सन् २०२१ मा सङ्घीय सरकारले इयुको कार्यकारी निकाय युरोपेली आयोगमा डिस्पोजेबल भेप्समाथि प्रतिबन्ध लगाउने प्रस्ताव पेस गरेको थियो ।

    कुनै पनि बिक्री प्रतिबन्धको लागि आफ्नो अनुमोदन दिनुपर्ने आयोगले मार्च २०२४ मा बेल्जियमलाई सकारात्मक प्रतिक्रिया दिएको र यसले राष्ट्रिय कानुन लागु गर्न मार्गप्रशस्त गरेको छ ।

    फ्रान्सले पनि यस्तै प्रतिबन्धका लागि इयुको स्वीकृति पाएको छ । कुनै पनि उल्लङ्घनका लागि एक लाख चार हजार अमेरिकी डलर बराबरको जरिवानासहित भेप्सको उत्पादन, बिक्री र निःशुल्क आपूर्तिमा प्रतिबन्ध लगाउने कानुन कार्यान्वयनमा ल्याउने तयारी फ्रान्सले गरेको छ ।

    फ्रान्स र बेल्जियमका स्वास्थ्य अधिकारीले निकोटिनको दीर्घकालीन सेवन विशेष गरी किशोरकिशोरीको मस्तिष्कका लागि हानिकारक हुने र यसले अन्य लागुपदार्थको प्रयोगलाई प्रोत्साहित गर्न सक्ने बताएका छन् ।

    सन् २०२३ मा इयुले गरेको एक अध्ययनअनुसार अधिकांश विद्युतीय चुरोट प्रयोगकर्ताले रिचार्जेबल भेप रोज्ने गरेको तर डिस्पोजेबल संस्करण १५ देखि २४ वर्ष उमेर समूहका युवामाझ लोकप्रिय रहेको पाइएको छ ।

    कम लागत, सेवन गर्न सजिलो र सामाजिक मिडियामा जताततै विज्ञापन आएका कारण डिस्पोजेबल भेप्स पनि उनीहरूको आकर्षण हुने गरेको छ ।

    पाँच वा छ युरोमा पाइने डिस्पोजेबल भेप्स २० पाकेट चुरोटको आधा मूल्य हो । विशेषज्ञका अनुसार नौ हजार सर्को तान्न मिल्ने क्षमता भएका केही भेप्समा ३०० भन्दा बढी चुरोटबाट पाउने सन्तुष्टि मिल्ने गर्छ ।

    ब्रसेल्सका धेरै तमाखु पसलमा एकल प्रयोग ई–सिगरेटको अभाव भइरहेको देखिन्छ । प्रतिबन्धका कारण निर्माताले आफ्ना उत्पादनलाई रोकेका छन् । (रासस/एएफपी)

    सोमबार, पुष १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश
    इबोला प्रकोपले बढायो विश्व चिन्ता, एक हजारभन्दा बढीको मृत्यु
    मोदीको पहलपछि सरकार र आन्दोलनकारीबीच वार्ता
    फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
    रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.