• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

प्रिय झोला


  •   आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
  • भीष्म जोशी #

    Advertisement

    प्रिय झोला
    तिमीलाई पहिलोपटक बोक्दा
    जति धेरै खुसी मिलेको थियो नि
    त्यो आनन्द कहिल्यै
    किन घटेन ?
    किनकि तिमीसँगको मेरो पहिलो सम्बन्ध
    बिर्सियौ कि ताजै छ
    काठको त्यो पाटी
    कमेरोको मसीको त्यो रङ
    छोडेर तिमीलाई अँगाल्दा
    अलि अलि कमेरोसितको
    बिछोडको पीडाले पनि
    सताएको कहाँ थियो र ?
    तर कमेरोको त्यो मसी
    निँगालाको त्यो कलम
    रमभासको डोरी
    अनि सल्लाको त्यो पाटी
    त्यो छिट्टै छुट्यो
    तर प्रिय झोला
    तिमीसँगको “कक्षा–२” देखिको साइनो
    अझै किन छुटदैन ?
    किन ? के ? कस्तो ? शक्ति छ तिमीभित्र
    तिमीले तारा बाजि लै लै.. देखि
    सेक्सपियरको हेमलेटसम्म ।
    सुकरातको हेमलकदेखि
    होप फिल्डको एआईको पुस्तकसम्म
    अनि हाम्रो सगरमाथाको नाम राख्ने
    जर्ज एभरेस्टदेखि उनका नाति
    एआईका गड फादर हिन्टनसम्मका
    पुस्तक बोक्दै छौँ
    कृष्णको गोपिनीका कथादेखि
    शिवको लीलासम्बन्धी कथाका किताब
    कति बोक्यौ कति ?
    टिएस इलियट, इ.इ. कमिङ्स, डेरिडा, फुको, नित्से,
    कान्ट, रोला बार्थ, बेकेट, फ्रायड कति बोक्छौ कति..
    तर थाकेनौँ
    भ्रतिहरी, वेदव्यास, याज्ञबल्क्य, जनक, गार्गी, अष्टाबक्र
    जिनियस आइन्टाइन, ब्रुनो, ग्यालिलियो ग्यालिली
    कडा पिताको अनुशासित छोरो हिटलर
    सिङ्गो युरोप हल्लाउने नेपोलियन
    राजामहाराजाका कथा त कति बोक्यौ कति ?
    सिङ्गो जनक्रान्तिका असफल साहसिक क्रान्ति
    लेनिनको “राज्य र क्रान्ति“
    मार्क्सको “पुँजी”
    अनि एङ्गेल्ससहितको “कम्युनिस्ट घोषणापत्र”
    यी सबै सिलसिलेबार बोक्यौँ
    जनताका दुःख समेटिएको गोर्कीको “आमा”
    वुभाको “सेकेन्ड सेक्स”
    फ्रान्सका राजा लुई चौधौँको त्यो सानसौकतको कथा
    रुसो, भोल्टेयर र दिदेरो
    सबै बोक्यौ
    कति बोक्छौ ?
    के तिमी थाक्दैनौ
    किन थाक्नु नि हौ
    अझै केन्द्रमा रहेको “मानव”
    यसको समग्र हितको चिन्ता बोक्दै छौ

    प्रिय झोला
    अहिले हकिङ्स, ट्युरिङ, कर्जवैल, किसिङ्जरले
    तिमी भरिएका छौ
    न्यानोबट, रोबटका यथार्थ झोलाभरि छन्
    प्रसव वेदनामा छटपटिएका छन नि है
    भित्रभित्रै गुम्सिसक्यौ
    समय आइसक्यो–समय यही हो
    बाहिर निकालुन् हो
    ॅकमरेड’ भन्दै छन् तिनीहरूले
    अब हाम्रो मस्तिष्क र जिउ दुबै मिलिसक्यो
    मान्छे जस्तै
    चार्बाकको भौतिक दर्शनले भने जस्तै
    अब मानव मस्तिष्क
    तिमीमा प्राण भर्दै छ
    कृत्रिम मानवको जन्म
    मानव मस्तिष्कबाट हुँदै छ
    तर त्यो तिम्रो प्रिय अब जन्मने साथी
    त्यो मानव हरेक कुरामा
    तिमीभन्दा हजारौँ गुणा बढी
    शक्तिशाली र सम्पन्न हुँदै छ

    तर प्रिय “झोला”
    तिमीले त्यो बेला अनि त्यतिखेर
    तिम्रो र मेरोबिचको सम्बन्ध नटुङ्याउनू ल
    त्यति बेला झन ्धेरै तिम्रो खाँचो
    पर्ने छ मलाई
    तिमीले नैतिकताका, इमानको,
    साथित्वको र “बसुधैव कुटुम्बकम्” को ध्वजा
    झन् बलियो गरी उठाउनुपर्ने छ
    त्यो बेला तिम्रो जिम्मेवारी र कर्मको भारी
    झन् बोझिलो हुने छ
    बोक्नु ल
    कमेरोको मसी
    सल्लाको काठको पाटी
    र निँगालाको त्यो कलम बोके झैँ

    २०८१ पुस ४ गते
    अनामनगर, काठमाडौँ

    आइतबार, पुष ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.