खिमराज चालिसे, चन्डिगढ (भारत) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पञ्चकुला डेराबसीकी महिला नगर सदस्य कमला आचार्य पितृशोकमा पर्नुभएको छ ।
बुबा कमलप्रसाद खनालको ७५ को उमेरमा नोभेम्बर ३०, २०२४ का दिन निधन भएपछि उहाँलाई पितृशोक परेको हो ।
स्मृतिशेष खनाल मूल प्रवाह पञ्चकुला डेराबसी नगर समितिका सचिव सुरेश आचार्यको ससुरा तथा उहाँको पत्नी कमला आचार्यको बुबा हुनुहुथ्यो ।
लामो समयदेखि प्यारालाइसिसग्रस्त खनाल केही वर्षदेखि भारतको चन्डिगढ पञ्चकुलामा उपचाररत हुनुहुन्थ्यो ।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १ निवासी स्मृतिशेष खनालको पार्थिव शरीरलाई चन्डिगढको मनिमाजराघाटमा मूल प्रवाहका नेताकार्यकर्ता तथा परिवारका सदस्य तथा आफन्तजनसमेतको उपस्थितिमा दाहसंस्कार गरिएको छ ।
दाहसंस्कारपछि नगर सचिव थानेश्वर पान्डेको सञ्चालनमा सम्पन्न श्रद्धाञ्जली सभामा एक मिनट मौनधारण गरिएको थियो ।