खिमराज चालिसे (चन्डिगढ) ।
भारतको चन्डिगढमा २०८१ सालको तिहारको देउसीभैलोको समीक्षा तथा सम्मान समारोह नोभेम्बर २४, २०२४ आइतबारका दिन सम्पन्न भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य खिमराज चालिसेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
समारोहमा सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे र तेजबहादुर रोका, सांस्कृतिक विभाग केन्द्रीय सदस्य बिनु नेपाली, विद्यार्थी केन्द्रीय सदस्य नारायण आचार्य, महिला नगर संयोजक जमुना खनाल, जनजाति विभागका थमन थापा, समता विभागका दुर्गा विकले सम्बोधन गर्नुभएको थियो ।
किसन खनालको नेतृत्वमा ए टिम र तेजबहादुर रोकाको नेतृत्वमा खेलिएको देउसीभैलोको समिक्षा गर्दै प्रेम गुरुङ, मीना बन्जाडे, प्रेम नेपाली र माया नेपालीलगायतले विचार राख्नुभएको थियो ।
कार्यक्रममा नगर समितिको तर्फबाट कलाकार र नयाँ प्रतिभालाई टीका लगाएर नगर अध्यक्ष मानबहादुर केसीले स्वागत गरेपछि प्रमुख आतिथि चालिसेले ट्रफी दिएर सम्मान गर्नुभएको थियो ।

सम्मानित हुने कलाकारमा बिनु नेपाली, जुना चालिसे, लीला विक, अर्जुन विक, सरस्वता भुसाल, विष्णु अर्याल, नारायण आचार्य, दुर्गा विक, सीमा खड्का, जमुना खड्का, दानबहादुर जिसी, विजय घर्तीमगर, सुरज चालिसे, सीमा विष्ट, सन्दीप विक, कल्पना जिसी, हेमराज विक, सङ्गिता विक, सम्झना विक, अनन्या आचार्य, अङ्किता खनाल, निकिता पान्डे, कृतिका पान्डे, वर्षा पान्डे, राम पन्थी, सीमा आचार्य, पार्वता जिसी, प्रेम नेपाली हुनुहुन्थ्यो ।
त्यस्तै नवप्रतिभाहरू दुर्गा कार्की, पूर्णिमा बिसी, सारू विक, सार्थक पाण्डे, साहिल आचार्य, दिव्या बेल्बासेलाई पनि सम्मान गरिएको हो भने कतिपय सहयोगीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रम नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षता, सचिव थानेश्वर पाण्डेको सञ्चालन तथा स्वागत विष्णु बेल्बासेले गर्नुभएको थियो ।