• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

“पूर्णबहादुरको सारङ्गी” : जे हो, त्यो हैन; जे हैन, त्यो हो


  •   आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
  • प्रेम गायक ##

    Advertisement

    मैले फिल्म नहेरेको करिब २५ वर्ष पुग्यो होला । थुप्रै साथीहरूले आआफ्ना फेसबुक वालमा “पूर्णबहादुरको सारङ्गी” को बारेमा धारणा राख्नुभयो । मेरा अधिकांश साथीभाइले मलाई फोन गरेर, म्यासेज गरेर र कतिपय साथीहरूले घरमै आएर एकपटक फिल्म हेरेर आफ्नो धारणा राख्न अनुरोध गर्नुभयो । त्यसैले आज २५ वर्षपछि हलमा गएर उक्त फिल्म हेरेँ ।

    अब लागौँ, फिल्मका राम्रानराम्रा पक्षको बारेमा ।

    सर्वप्रथमत म आफै ११ वर्षको उमेर हुँदादेखि २० वर्षको उमेरसम्म घाँटीमा जनै भिरे जस्तै खाँदा पनि सारङ्गी साथी, बस्दा, हिँड्दा र सुत्दा पनि त्यही सारङ्गी साथी बनाएर हुर्केको मान्छे परेँ । त्यसैले पनि होला, मसित सारङ्गीको बारेमा केही अनुभव छ भन्ने ठान्दछु ।

    फिल्ममा जुन सारङ्गीको चित्रण गरिएको छ, त्यसमा मैले सहमति जनाउन सकिनँ ।

    पहिलो कुरा यत्रो फिल्म बनाउने टिमले अभिनय गर्ने कलाकारलाई सारङ्गी बजाएको अभिनय कसरी गर्ने ? सारङ्गी कसरी भिर्ने ? त्यतिसम्म तालिम गराउनुपर्थ्यो । न बजाएको अभिनय गर्नेबारे थाहा छ, न सारङ्गी भिर्न नै थाहा छ । एकातिरको काँधमा घुँडासम्म आउने गरी सारङ्गी भिरेको अहिलेसम्म थाहा छैन मलाई अनि यत्रतत्र जति बेला मन लायो, त्यति बेला सारङ्गी भिरेको छ, हिँडेको छ । न झोला छ, न झिटी छ, न घरमा आउँदा केही लिएर आएको छ । रित्तै घरबाट निस्किएको छ, रित्तै फर्किएको छ ।

    त्यस्तै, बच्चाले सारङ्गी बजाउँदै हिँड्दा घुचेटेर पठाएको देखाइएको छ । खासमा मेरो भोगाइमा अपवादलाई छोडेर यस्तो गरेको मलाई थाहा छैन किनभने दलित जातमै पनि गाइने र दमाईलाई हिँड्ने बेलामा देखे “साइत” पर्छ भन्ने गरिन्छ ।

    अनि हामी मागेर खाने गाइनेको के जनगणना हुन्छ र ? जति पढे पनि त्यही सारङ्गी रेट्नी त हो भन्ने जस्ता शब्दले आफैले आफ्नो भविष्य नदेख्नु, निराश हुनु, यहाँ के हुन्छ र ? के गर्न सकिन्छ र ? लौ मेटियो, लौ सक्कियो भन्ने जस्ता सन्देश दिन खोजिएको छ ।

    त्यस्तै, तेरो छोरा र हाम्रो छोराले एउटै ड्रेस लाएपछि तेरो र हाम्रो के फरक भयो भनेर देखाइएको छ ।

    प्रथम कुरा त यो फिल्म कुन व्यवस्था वा समयको हो ? त्यो मलाई थाहा भएन । मैले राणाशासन जानिनँ । २०२७ सालदेखि निरङ्कुश पञ्चायती शासन जानेँ तर मैले जाने र सुनेसम्म स्कुलमा दलितलाई स्कुल ड्रेस लाउन नदिएको थाहा छैन बरु पानी छुन नदिएको, सँगै बस्न नदिएको, छोइन्छ भनेर मास्टरले परैबाट लौरो फालेर झटारो हानेको थाहा छ ।

    त्यस्तै, न केटाकेटीको अघिपछि भेटघाट हुन्छ, न बोलचाल हुन्छ, न चिनजान हुन्छ ।

    पहिलोपटकको भेटमै केटाले गीत गाएर जिते लैजाने (बिहे गर्ने) शर्त, त्यो पनि केटीबाट ? यो पनि पत्याउने खालको छैन ।

    किरिया बसेको बाउलाई छोराले दगुर्दै आएर अँगालो हाल्छ । न त्यहाँ बसेकाले छेक्छन्, न किरियापुत्रीसँग छोइएकोमा पश्चाताप नै मान्छन् ।
    समग्रमा मध्यान्तरभन्दा अगाडि फिल्मले एउटा पनि राम्रो सन्देश दिन सकेको छैन । मध्यान्तरपछि फिल्मले दिन खोजेको र केही हदसम्म दिएको सन्देश भनेको पढ्नुपर्छ, पढाउनुपर्छ ।

    खासमा यो फिल्मको सन्देश एउटा बाउले आफ्नो सन्तानको भविष्यका लागि भिक माग्न पनि पछि पर्दैन भन्ने नै हो । त्यो पनि डाक्टर पढ्न ३०/३५ लाख रुपैयाँ व्यवस्था गर्नु एउटा सारङ्गीको भरमा असम्भव कुरा हो ।

    अनि पूर्णबहादुरकी श्रीमती कहाँ गइन् ? के भइन् ? अत्तोपत्तो छैन ।

    त्यस्तै, अन्तिममा एक्कासि कमलको बुइ चढ्न एउटी सानी बच्ची आइन् । उनी को हुन् ? कमल अर्थात प्रकाश सपुतकी छोरी हुन् भने उनको बिहे कहिले कोसँग भयो ? यो पनि अत्तोपत्तो छैन ।

    प्रकाश सपुतको अभिनयप्रति गुनासो गर्ने ठाउँ छैन । शतप्रतिशत अङ्क दिँदा पनि फरक पर्दैन ।

    अन्तमा, कसैले पूर्णबहादुरको ठाउँमा आफूलाई राखेर फिल्म हेरे; कसैले कमल गन्धर्वको ठाउँमा आफ्ना छोराछोरीलाई राखेर हेरे; कसैले आफ्ना बाउलाई पूर्णबहादुरको ठाउँमा राखेर हेरे; कसैले आफूले आफैलाई कमलको ठाउँमा राखेर हेरे तर मैले मलाई नै आफ्नो ठाउँमा राखेर फिल्म हेरेँ । त्यसैले जे देखेँ, त्यही लेखेँ ।

    निचोडमा जति हल्ला गरिएको थियो, जति प्रचार प्रसार गरिएको थियो, त्यस्तो लागेन । अब यति मात्रै भन्न सकिन्छ, जे हो त्यो हैन, जे हैन, त्यो हो ।

    आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.