पान्डिचेरी (भारत) । पान्डिचेरीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको छयालिसौँ स्थापना दिवस मनाइएको छ ।
Advertisement
केन्द्रीय सदस्यहरू चन्द्रकान्त शर्मा र जनकराज पौडेलको आतिथ्यमा नोभेम्बर ७, २०२४ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नगर सदस्य विष्णुकुमारी शर्माको अध्यक्षता र क्षेत्रीय सदस्यसमेत रहनु भएका नगर सचिव गोविन्द शर्माको सञ्चालन रहेको उक्त कार्यक्रममा कार्यक्रममा सहभागीलाई नगर सदस्य जमुना शर्माले शब्दबाट स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा मोहन हमाललगायत अतिथिले एकता समाजको स्थापना र वर्तमान अवस्थामा समाजको भूमिकाबारे धारणा राख्दै मन्तव्य राख्नुभएको थियो ।