खिमराज चालिसे, चन्डिगढ (भारत) ।
Advertisement
बठिन्डामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको स्थापना दिवस (नोभेम्बर ७) मनाइएको छ ।
केन्द्रीय सदस्य नरबहादुर ओलीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा महिला नगर संयोजक सङ्गिता नेपाली, नगर सदस्य माया ओली, नगरका टेकबहादुर केसीलगायतका वक्ताले पनि मनतव्य राख्नुभएको थियो ।
कार्यक्रम बालाराम जिसीको अध्यक्षता, गिरीबहादुर मगरको सञ्चालन र गणेश पोख्रेलको स्वागतसँगै सम्पन्न भएको थियो ।

