काठमाडौं । फोटोपत्रकार राजेन्द्र केसीको निधन भएको छ । केसीको उपचारका क्रममा शनिबार (कात्तिक १७ गते) अमेरिकामा निधन भएको हो ।
Advertisement
उनी केही समयदेखि ‘मेटास्ट्याटिक म्यालिग्न्यान्ट प्यान्क्रियाटिक क्यान्सर’ बाट पीडित थिए ।
राजधानी दैनिक, अन्नपूर्ण पोस्ट लगायतका विभिन्न दैनिकहरू करिब २ दशकदेखि फोटो पत्रकारिता सक्रिय फोटोपत्रकार केसी बिगत ६ वर्षदेखि अमेरिका रही आफनो क्षेत्रमा सक्रिय रहँदै आएका थिए।
फोटोपत्रकार क्लबका पूर्वकोषाध्यक्षसमेत रहेका केसीको निधनले नेपाली फोटोपत्रकारिता क्षेत्रले एक जुझारू र उर्जाशील युवा फोटोपत्रकार गुमाएको तथा क्लबले एक सक्रिय र महत्त्वपूर्ण सदस्य गुमाएको नेपाल फोटोपत्रकार क्लबले जनाएको छ ।
केसीका श्रीमती र एक छोरी छन्।