लोकेन्द्र पौडेल (दक्षिण भारत)
मुल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिद्वारा सञ्चालित चेन्नैका पूर्वपश्चिम, उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा जनवादी भैलो कार्यक्रम सम्पन्न भएको छ ।
३१ अक्टोबर २०२४ का दिन मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय माहासचिव प्रेम पौडेलको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि पौडेले कार्यक्रमको उद्घाटन गर्दै हामी जहाँ र जसरी रहेपनि परम्परा र संकृतिलाई प्रगतिशील रुपमा मनाउँदै आएको जानकारी गराउनु भएको थियो ।
उक्त कार्यक्रममा कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्यहरू जनकराज पौडेल, चन्द्रबहादुर थापा, केशमान नेपाली, चन्द्रकान्त शर्मा, काशिराम शर्मा र खगेश्वर सुनार, महिला विभागबाट रुपा थापा र दक्षिण भारत क्षेत्रीय प्रतिनिधि उमानन्द चालिसेले अतिथि आशन ग्रहण गर्नु भएको थियो ।
एकता समाज दक्षिण भारत क्षेत्रिय कोषाध्यक्ष लोकेन्द्र पौडेलको सञ्चालन र दक्षिण भारत क्षेत्रीय सदस्य बुद्विराम पौडेलको अध्यक्षता रहेको उक्त कार्यक्रममा उपस्थित नजमानसलाई चेन्नै पूर्वका उपाध्यक्ष टीका थापाले स्वागत गर्नुभएको थियो ।
कार्यक्रमलाई दक्षिण भारत क्षेत्रीय सदस्य तथा चेन्नै उत्तर नगर अध्यक्ष गोपाल विकले धन्यवाद ज्ञापन गर्नु भएको थियो । बिच बिचमा सांस्कृतीक विभागका कलाकारहरु द्वारा जनवादी भैलो र गित प्रस्तुत गरिएको थियो ।



