खिमराज चालिसे, चन्डिगढ (भारत) ।
Advertisement
भारतको जालन्धरस्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नगर सदस्यहरू खेम बस्याल र चन्द्र बस्यालको मातृशोकमा पर्नुभएको छ ।
७७ वर्षीय आमा सुमित्रा नेपालीको यही अक्टोबर १९, २०२४ का दिन निधन भएपछि उहाँहरू मातृशोक पर्नुभएको हो ।
बागलुङ जिल्ला जैमिनी नगरपालिका वडा नं. १ सिर्मरागाउँ निवासी सुमित्राको उपचारको दौरानमा काठमाडौँस्थित सहिद गङ्गालाल हृदयरोग केन्द्रमा निधन भएको परिवारले जानकारी दिएको छ ।
उहाँको दुखद निधनप्रति मूल प्रवाह जालन्धरले भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।

