वासिङटन डिसी । अमेरिकास्थित नेपालीहरूमाझ बडादशैँको अवसर पारेर भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाका पूर्व सांसद हरि आचार्यको प्रमुख आतिथ्यमा अक्टोबर १६, २०२४ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पूर्व सांसद हरि आचार्यले समसामयिक विषयमा मन्तव्य राख्नुभएको थियो ।
अमेरिका नेपाली एकता समाजका अध्यक्ष रेशम कँडलेको अध्यक्षता तथा महासचिव माधव थापाको सञ्चालनमा उक्त कार्यक्रम अगाडि बढेको थियो ।
भर्चुअल माध्यमबाट सम्पन्न उक्त कार्यक्रममा समाजका उपाध्यक्ष अनिल बन्जाडे, सचिव श्यामलाल पराजुली, एनआरएन अमेरिकाका बोर्ड सदस्य डा. गङ्गाधर आचार्य, आई.टी. विज्ञ चिरञ्जीवी घिमिरे, विद्यार्थी प्रतिनिधि शरद महतरा र खसोखास अनलाइनका पत्रकार दीपक परियारले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा उपस्थित सहभागीलाई समाजका सूर्यविक्रम केसीले स्वागत गर्नुभएको थियो ।

