• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

पूर्णबहादुरको स्मृतिमा श्रद्धाञ्जलीका केही शब्द


  •   मङ्गलबार, असोज २९, २०८१ मा प्रकाशित
  • हेम बिजी ##

    Advertisement

    एउटा साहसी, निर्भीक र न्यायिक व्यक्तिको मृत्यु भयो असोज १८ गते । बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरस्थित गायकगाउँमा जिन्दगीका अनेकौँ आरोहअवरोह पार गर्दै ८७ वर्षको उमेरमा यो धर्तीबाट अस्ताउनुभयो पूर्णबहादुर गायक । जिन्दगीको आधा समय सारङ्गी बोकेर डुल्दै र आधा समय जोतेर बालीघर बनाउँदै आफ्नो जीवनका सुखदुखलाई पार गर्दै आउनुभएको पूर्णबहादुरको गाउँ, समाज र सिङ्गो वडामा राम्रो छवि, प्रभाव र सम्मान थियो ।

    गायक गन्धर्व इतिहासलाई मौखिक रूपमा बताउन सक्ने इतिहासकार जस्तै व्यक्ति हुनुहुन्थ्यो । गाउँमुखिया हुँदै गाउँ विकास समिति सदस्य भनेर गाउँको धारा, कुवा र गोरेटो बाटो बनाउन उहाँको नेतृत्वदायी अविस्मरणीय र महत्त्वपूर्ण योगदान छ । आगोहुरीबाट गाउँमा बिपत् आई लाग्दा जिल्लाबाट राहत लिन उहाँको ठुलो देन छ, साथै घरेलु काम र सिपमा पनि उहाँ निकै पोख्त हुनुहुन्थ्यो । निस्वार्थ भावना बोकेर गाउँछिमेकमा आफ्नो सिपबाट सहयोग पुर्‍याउँदै आउनुभएको थियो पूर्णबहादुर ।

    हामी सानै थियौँ त्यति बेला तर गाउँमा उहाँको साहसिक कामको चर्चा सुनेर हामी अचम्म मान्थ्यौँ ।

    गाविसमा चुनाव हुँदा हतियार प्रदर्शनसहित मतपेटिका तोडफोड गर्दै पार्टी पार्टीबिच हुलदङगा चल्थ्यो । ‘ए साहिला बा, ज्यानको खतरा छ, भोट हाल्न नजानुस्’ भन्थे आफन्तहरू । ‘मलाई कसले के गर्छ ?’ भन्दै भोट हाल्न जानुहुथ्यो पूर्णबहादुर । ‘चुनावको बेला हतियार लिएर मान्छेहरू राति गाउँमा घुमेका छन्, भित्र सुत्नुहोस्’ भन्थे घरपरिवार तर ‘मलाई कसले के गर्छ ?’ भन्दै बाहिरै खाटमा सुतेर रात बिताउनुहुन्थ्यो उहाँ । देशमा सशस्त्र सङ्घर्षका बेला कैयौँ मान्छे देशै छोडेर भागे तर उहाँ भने बाहिरको खाट छोडेर एक दिन पनि भित्र रात बिताउनुभएन ।

    ‘मलाई कसले के गर्छ ?’ उहाँले सधैँ सबैलाई यही भन्नुहुन्थ्यो । गाउँलेहरू भन्थे– ‘एक दिन यी साहिला बालाई उठाएर लान्छन् होला ।’
    गाउँमा बाघले गाईबाख्रा मात्र होइन, साँझ साना बच्चाहरू पनि समात्न थालेको थियो । त्यो समय गाउँमा वनमान्छे र किचकिनी घुमेको हल्ला आयो तर पूर्णबहादुरमा डर भन्ने चिज छँदै थिएन । रातिमा हिँड्डुल गर्न र बाहिर पिँढीमा सुत्न जीवनभर छोड्नुभएन ।

    त्यति बेला गाउँमा नयाँ लामाझाँक्रीहरू मसानको हाडपूजा गर्ने भन्दै राति नदीछेउ “शङ्गेढुङ्गा” जैमिनीघाट जाने गर्दथे तर लामाझाँक्रीसँग साथी बनेर अरू कोही जान डराउथे । उहाँ मात्र राती झाँक्रीसँग एक्लै घाट जानुहुन्थ्यो र भन्नुहुन्थ्यो– ‘मलाई केहीले पनि खान्न ।’

    एउटा घट्ना यस्तो थियो । सात गाउँपारि डुल्न घुम्न जाँदा उहाँका माहिलो दाजु हृदयघात भएर बाटोको चौतारीमा बित्नुभएछ । चौतारीमा राखेर एक्लै कुर्दाकुर्दै हावा हुरीले उडाएको पात र धुलोले माहिला दाजुको मुख र शरीर ढाक्न थाले छ । पछि उहाँले भन्नुहुन्थ्यो– ‘एउटै मात्र पछ्यौरा थियो, त्यही एउटा पछ्यौरा ओढेर दुई भाइ राति सँगै सुत्यौँ ।’ यो सुन्दा हामी दुखित र चकित हुन्थ्यौँ ।

    उहाँ भूतपिचासमा विश्वास गर्ने व्यक्ति हुनुहुथ्यो तर पनि भूतप्रेतसँग नडराउने व्यक्ति । गाउँमा बोक्सी प्रथाका कारण झगडा चलिरहन्थ्यो ।

    बोक्सी प्रथामा विश्वास गरे पनि उहाँले कहिल्यै बोक्सी प्रथाको पक्ष लिएर बोल्नुभएन । कसैलाई पनि बोक्सीको आरोप लगाउनुहुँदैन भनेर झगडा मिलाउनुहुन्थ्यो । उहाँले मान्छे मात्र होइन, देवताले गरेको अन्याय पनि सहनुहुँदैनथ्यो ।

    एकपटक बिहान दोखला देवताको पूजा गरेकै दिन साँझ उहाँ बिरामी पर्नुभएछ । लामाझाँक्रीले घरकै दोखला देवता लागेका हुन भनिदिएछन् । साँझ उति बेलै दोखला देउताको थान नै फालिदिनुभएछ । उहाँले भन्नुहुन्थ्यो– ‘दोखला देउताको पूजा गर्नै छोडेँ त्यस दिनदेखि मैले ।’

    भूतपिचास र मसानको कथा र तिनको प्रभावको विषय आफैमा अन्धविश्वास हो । यो असत्य र अप्रमाणित छ । वैज्ञानिक सत्यता छैन तर हाम्रो जस्तो रूढीवादी समाज र त्यही सामाजिक चेतनामा हुर्केका एक जना मान्छेसँग मसानको हाड खेलाउने लामाझाँक्रीसँग राति एक्लै घाट पुग्नु र मरेको लास सँगसँगै एक्लै सुत्न दह्रो मुटु चाहिन्छ होला पक्कै पनि ।

    र्णबहादुर निष्पक्ष, निर्भीक र न्यायिक व्यक्ति हुनुहुन्थ्यो । उच्च वर्गीय भेलामा पनि आफ्ना माग र कुरा निर्धक्क राख्नुहुन्थ्यो । सायद गाउँ सदस्य र गाउँ मुखिया हुँदै ठुला नेतासँगको सङ्गतले होला, उहाँमा कुनै डरभय थिएन ।

    गाउँमा सधैँ निर्धा र न्यायको पक्षमा बोल्नु हुन्थ्यो । एउटा पातलो र बुढो शरीर भए पनि कुनै बलिया मान्छेसँग डराउनुभएन । गाउँछिमेकीका बलिया मान्छेसँग पनि भन्नहुन्थ्यो उहाँले– ॅहानेर मार्छौ भने मारा तर म डराएर भाग्दिन’ तर उहाँलाई आजसम्म कसैले एक थप्पड हानेको इतिहास छैन, उल्टै साहिला बा भनेर सबैले मान र सम्मान गरेको देखिन्थ्यो । गाउँछिमेकीमा उहाँको छुट्टै प्रकारको इज्ज्जत थियो । न्यायको पक्षमा उहाँ सधैँ निस्वार्थ उभिनुभयो ।

    एउटा प्रसङ्ग उल्लेखनीय छ । पूर्णबहादुरकी श्रीमती मानसिक बिरामी हुनुहुन्थ्यो। गाउँका चर्चित एउटा लामाझाँक्रीले मेरो पक्षमा बोल्नुहोस्, हजुरकी श्रीमतीको बिमार ठिक बनाइदिन्छु भन्ने प्रस्ताव गरेछन् । पूर्णबहादुरले भन्नुभएछ– ‘मेरो श्रीमती मानसिक रोग भएरै मरोस्, मलाई चिन्ता छैन तर तिम्रो पक्षमा होइन, न्यायको पक्षमा बोल्छु ।’ लामाझाँक्रीको विधिबाट श्रीमतीको मानसिक बिमार ठिक हुन्थ्यो या हुदैनथ्यो ? त्यो आफ्नै ठाउँमा बहसको विषय होला तर पनि उहाँ न्यायमा अडिग रहनुभयो र आफ्नो स्वार्थमा न्याय बेच्नुभएन ।

    गाउँसमाजमा झगडा हुँदा पक्षविपक्षमा कोही बोल्दा बोलचाल बन्द हुने र केही समयपछि फेरि मिलेर बस्ने चलन पनि छ । कसैको पक्षविपक्षमा बोल्दैमा मुद्दा लाग्ने र जेल जानुपर्ने त्यो बेलामा थिएन तर पनि पूर्णबहादुरले आफ्नो न्यायिक पक्षबाट कमाएको इज्ज्जत र छविलाई श्रीमतीभन्दा पनि प्यारो र उच्च देख्नुभयो । उहाँको यो न्यायिक नैतिकता सबैले सिक्नुपर्ने शिक्षा हो ।

    उहाँका जीवनभोगाइका केही कथा हामी अलिकति मात्र सुन्यौँ तर हामीले नसुनेका कैयौँ कथा होलान् । मैले पनि नजिकबाट लामो सङ्गत गरेर धेरै बुझ्न र सुन्न मौका पाइनँ ।

    अत्यन्तै सहयोगी, दयालु र इमानदार हुनुहुन्थ्यो पूर्णबहादुर । घरेलु जडिबुटीबाट औषधी बनाएर पशुदेखि मान्छेसम्मलाई रोग निको बनाउने हुँदा उहाँलाई वैद्य साहिला बा पनि भनिन्त्थ्यो । गाउँछिमेकमा निकै महत्त्वपूर्ण र मन पराउने व्यक्ति ठानेर होला, सायद पूर्णबहादुर एउटा दलित समुदायको व्यक्ति भए पनि उहाँको चौरासी पूजा र मृत्यु दाहसंस्कारको घाटसम्म सबै जातजातिका मान्छेहरू सहभागी भएका थिए, इतिहासमा पहिलोपटक ।

    एउटा पातलो बुढो शरीरमा तागत थिएन† लेखपढ थिएन† धनसम्पत्ति थिएन† भौतिकवादी वैज्ञानिक ज्ञान थिएन† राज्यले सम्मान गर्ने जात थिएन तर पनि गाउँले एक जना दलित जनसमुदायको मान्छेसँग भएको यो हिम्मत र साहसलाई सम्मान छ । गाउँमा एउटा इतिहास बोकेको एक जिउँदो मान्छेको मृत्यु भयो । भावपूर्ण श्रद्धाञ्जली उहाँप्रति । हजुर अब हाम्रो स्मृतिमा मात्र बाँचिरहनुहुने छ । भावपूर्ण श्रद्धाञ्जली ।

    मङ्गलबार, असोज २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.