• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

दशैँ पर्वको बारेमा


  •   बुधबार, असोज २३, २०८१ मा प्रकाशित
  • गिरीप्रसाद बुढा ##

    Advertisement

    दशैँ नेपालीहरूले सबभन्दा ठुलो चाडको रूपमा लिने मुख्य पर्व हो तर वर्गीय रूपमा हेर्दा दशैँ गरिब वर्गको हितमा छैन । गरिबलाई थप ऋणको मारमा फसाउने पर्वहरूमध्ये दशैँ पनि एक हो ।

    दशैँको नाममा जनता अनेकौँ विकृतिको सिकार भएको पाइन्छ । समाजमा रहेका धनी वर्गले दशैँ पर्व मनाउन अनेकौ तडकभडक प्रदर्शन गर्ने गर्दछन् । खसीबोका काट्ने, नयाँ र महङ्गा लुगा, गरगहना किन्ने, धेरै धेरै दानदक्षिणा प्रदर्शन गर्ने अर्थात् धेरैभन्दा धेरै खर्च गर्ने गर्दछन् ।

    धनी पुँजीपति वर्गले सिर्जना गरेको यो संस्कारले गरिब किसान वर्गलाई पनि प्रभावित पारिरहेको हुन्छ । यसैले गरिब किसानले पनि दशैँको नाममा नयाँ लुगा र गरगहना किन्नुपर्ने हुन्छ । घरमा आएका चेलीबेटी र पाहुनाहरूलाई दाननक्षिणा दिनुपर्ने हुन्छ । खसीबोका काट्नुपर्ने हुन्छ । ऋण खोजेरै भए पनि आफन्तीका सामुन्ने तामझाम गर्नुपर्ने हुन्छ । यदि उसले यसो गर्न सकेन भने घरमा भएका उसका अबोध छोराछोरीको अनुहार निस्याइलो हुन्छ । पत्नीको ओठमा मुस्कान हराउँछ । वृद्ध बाआमामा हृदयमा पीडा भरिन्छ । यसरी उसको सिङ्गो घरै अध्यारो जस्तो हुन्छ ।

    दशैँ पर्वले सिर्जना गर्ने गरेको यही परिवेशको कारण एउटा गरिब किसानले ऋण काढेरै भए पनि धेरै खर्च गर्न बाध्य हुन्छ । जुन मान्छेले ऋण काँढेरै भए पनि तामझाम र रवाफ देखाउने काम गर्दैन, उसले लोभी, चम्चुर, इज्ज्यत नभएको आदि अपमानको पगरी गुथ्नुपर्ने हुन्छ । दशैँको नाममा समाजमा थोपरिएको यही कुसंस्कारले पनि कैयौँ गरिब नेपालीहरू धनको खोजीमा विदेशिन बाध्य छन् । यसरी दशैँ पर्व समाजमा रहेका सामन्त, पुँजीपति र सम्भ्रान्त वर्गको लागि हर्ष, उल्लास र विशेष महत्त्वको पर्व भए पनि गरिब किसान र गरिखाने वर्गको निम्ति दशैँ “दसा” बन्ने गरेको हामीले देख्दै र भौग्दै आएका छौँ ।

    हुन त दशैँको बेला मान्छेहरूको बिचमा घाँटी हेरी हाड निल्नू, दशैँ मनाउँदा मितव्ययी बन्नू, आफ्नो क्षमताभन्दा बढी तडकभडक नगरेर दशैँं मनाउनू भन्ने जस्ता उपदेश दिने गरेको पनि ठाउँठाउँमा सुन्न पाइन्छ तर दशैँ पर्व मनाउने विधि, यसमा अपनाइने संस्कार सबै खर्चालु प्रकारको भएकाले यो उपदेश केवल हात्तिको देखाउने दाँत जस्तै बन्ने गरेको छ । के अहिलेको यो समाजले हामीलाई पैसा खर्च नगरेर पनि दशैँ मनाउने उपयुक्त विधि दिन सक्छ ? पैसा खर्च नगरेरै आफ्ना केटाकेटी र जहानबच्चाको ओठमा मुस्कान ल्याउन सम्भव छ ? कम खर्च गर्न खोज्ने मान्छेलाई यो पुँजीवादी समाजले मानसम्मान र इज्ज्यत दिन सक्छ/सक्दैन । अहिलेको पुँजीवादी समाजले कुनै पनि हालतमा यस्तो गर्न सक्दैन । किनकि पैसा नहुनेलाई पुँजीवादी समाजले कसरी मानसम्मान गर्न सक्छ ? यसैले वर्गीय हिसाबले दशैँलाई सामन्तवाद र पुँजीवादलाई प्रश्रय दिने पर्वको रूपमा विकास गरिएको छ ।

    कसैलाई ठुलो मान्छे ठानेर उसको पाउ पर्ने वा उसको अधीनमा बस्ने सामन्ती संस्कार दशैँले बोकेको छ । आफ्ना मातापिताको हातबाट आशिर्वाद लिनु, आमाबुबाको पाउमा शिर निहुराउनुसम्म ठिकै हुन सक्छ तर हामीले पञ्चायत कालको इतिहास हेर्‍यौँ भने गाउँका सबै गाउलेहरू पञ्चप्रधानकहाँ गएर टीका थाप्ने, आशिर्वाद ल्याउने चलन थियो । अहिले पनि टीका थाप्न सत्ताच्युत राजा ज्ञानेन्द्रको सामुमा शिर निहुराउन पुग्नेहरूको लामै लस्कर हामीले देख्छौँ । यही परम्परालाई पछ्याउँदै राष्ट्रपतिको हातको टीका थाप्नलाई आउरेबाउरे, चम्चे र दलालहरू लाम लाग्ने गरेको पाइन्छ ।

    मान्यजनलाई पुज्नुपर्छ भन्ने बहानामा सामन्त र जनताका पसिना चुस्नेहरूको सेवा र चाकरी गर्न लगाउने परम्पराको विकास दशैँ पर्वले गर्दै आइरहेको छ । दशैँंमा गाउँघरमा जम्मा भएका युवाविद्यार्थीहरूले के काम गर्ने भन्ने उपयुक्त विकल्प नहुँदा समय बिताउन विभिन्न विकृतिपूर्ण कार्य गर्न पुगेका हुन्छन् । जुवातास खेलेर, भाङधतुरो, गाजा सेवन गरेर अथवा जाँडरक्सी पिएर झैझगडासम्म पनि गर्न पुगेका हुन्छन् । यसरी लाखौँ युवाविद्यार्थीले दशैँको नाममा हप्तौँदिन निरर्थक समय गुजार्नुपरेको हुन्छ ।

    त्यसैगरी, दशैँ पर्वले रूढीवाद र अन्धविश्वासको संरक्षण गर्ने काममा ठुलो भूमिका निर्वाह गरिरहेको छ । अनेकौँ काल्पनिक देवीदेवता र काल्पनिक भगवान्को पूजाआरधना गर्न लगाएर दशैँ पर्वले जनतालाई उल्लु बनाइरहेको छ । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धीदात्री—यी सबै को हुन् ? नवदुर्गाको नामबाट यिनीहरूको पूजापाठ गरेर के पाइन्छ ? महाकाली, महालक्ष्मी र महासरस्वती जस्ता काल्पनिक नारी चरित्रको पूजाआजा र आराधना गर्नेहरूले आँखाअगाडि दुःख झेलेर उभिएका समाजका आमा, छोरी र चेलीमाथि आदर र सम्मान गर्ने संस्कार अपनाउन सक्छन् ? यो सोचनीय प्रश्न रहेको छ । वर्षौं लक्ष्मीको पूजा गरेर दशैँ मानेका गरिबलाई खै त लक्ष्मीले धनको वर्षा गराइदिएका ? खै त एउटा गरिबको बच्चालाई सरस्वतीले डाक्टर, नर्स, पाइलट वा वैज्ञानिक बन्ने अवसर र विद्या दिएको ? त्यसैले लक्ष्मी, सरस्वती, भवानी यी सबै मिथ्या हो भन्ने कुरा जनताले बुझ्नुपर्दछ ।

    दशैँ पर्व मान्नुको पछाडि रामले रावणमाथि विजय प्राप्त गरेको, देवीले शुम्भनिशुम्भ दानवलाई बध गरेको जस्ता कथालाई पनि आधार लिने गरेको पाइन्छ तर राम, रावण, शुम्भनिशुम्भ, देवी यी सब के वास्तविक थिए त ? अहँ थिएनन् । यी सबै मान्छेले कल्पना गरेका पात्र हुन् भन्ने कुरा हामीले बुझ्नुपर्दछ तर यिनै काल्पनिक पात्रको पूजा अराधनामा नौ नौ दिनसम्म लगातार रूढीवादी कर्मकाण्डमा मान्छेले समय बिताउने गर्दछ । यसरी दशैँले हरेक वर्ष रूढीवादी र अन्धविश्वासी मान्छे उत्पादन गर्ने काममा ठुलो योगदान दिइरहेको देखिन्छ ।

    दशैँको सन्दर्भमा अर्को एउटा विषयलाई पनि विशेष स्थान दिइएको पाइन्छ । मान्छेहरूले भन्ने गर्दछन् कि “दशैँ एउटा पारिवारिक मिलनको पर्व हो । सबै परिवार एक ठाउँमा जम्मा भएर सुखदुखको कुरा गर्ने, परिवारको कार्ययोजनासम्बन्धी छलफल गर्ने र भावनात्मक सम्बन्ध बढाउने अवसर दशैँ पर्व हो” तर अहिलेको समयसम्म आइपुग्दा यो भनाइको औचित्य पनि क्रमशः समाप्त हुँदै गइरहेको छ । कुनै समय यस्तो थियो, जति बेला घर छोडेर परदेशिएको मान्छे कैयौँ समयसम्म बेखबर हुन्थ्यो । महिनौँ पछि हुलाकीले उसको चिठी घरमा ल्याइपुर्‍याएपछि मात्रै उसको हालखबर थाहा हुन्थ्यो । त्यस बेला अहिलेको जस्तो बाटोघाटोको सुविधा पनि थिएन । मान्छेहरूले मोटरगाडीको अनुहारसम्म पनि हेर्न पाएका हुँदैनथे । न त त्यस बेला अहिलेको जस्तो सूचना र सञ्चारको विकास नै भएको थियो । अहिले जस्तो अनुहारमा अनुहार जोडेर कुराकानी गर्न पाइने मोबाइल फोन पनि त्यस बेला थिएन । एक प्रकारले त्यो अन्धकारको समय थियो । त्यस्तो समयमा परदेशिएका वा घर छोडेर बाहिर हिँडेका परिवारको सदस्य दशैँं पर्वको नाममा घर फर्कदा त्यसको बेग्लै खुसी र बेग्लै महत्त्व हुन्थ्यो । त्यो समयमा पारिवारिक मिलनले परिवार र आफन्तीबिचको सम्बन्ध साँच्चै प्रगाढ बनाउने गर्दथ्यो तर अब यस्तो समय आएको छ, अब घर छोडेर बाहिर निस्केको परिवारको सदस्यको हालखबर के छ भन्नेबारेमा क्षण क्षणमा जानकारी भइरहन सक्छ । परदेसिएको मान्छे घर फर्कनलाई कुनै लामो समय नलाग्ने भइसकेको छ । चाहेको बेलामा अहिलेको अहिल्यै पारिवारिक योजना बन्न सक्छ । पारिवारिक मिलन हुन सक्छ । अब पारिवारिक मिलनको लागि दशैँ नै कुर्नुपर्ने दिनको पनि अन्त्य भइसकेको छ । त्यसैले दशैँंलाई पारिवारिक मिलनको पर्व भन्ने भनाइलाई पनि आजको युगले खण्डन गरिसकेको छ ।

    पछिल्लो समयमा हाम्रो देशमा दशैँलाई हेर्ने अनेकौँ दृष्टिकोणको विकास हुँदै गइरहेका छन् । कतिपय जाति, समुदाय र मानिसले दशैँ बहिष्कारको कुरा पनि गर्न थालेका छन् । कतिपयले दशैँको टीका नलाउने कुरा पनि गर्ने गर्दछन् । कतिपयले दशैँंलाई सांस्कृतिक पर्वको रूपमा मनाउनुपर्छ भन्ने गरेको पनि पाइन्छ । दशैँको बारेमा सकारात्मक र नकारात्मक तर्कवितर्क पनि व्यापक रूपमा चल्ने गरेको पाइन्छ ।

    कम्युनिस्ट तथा वामपन्थी विचार मान्नेहरूले दशैँ पर्वलाई खासै महत्त्वको विषय ठान्दैनन् । धर्मसँग जोडिएको हुनाले यसलाई धार्मिक स्वतन्त्रताको रूपमा जनतालाई स्वेच्छिक छोडिदिएका हुन्छन् तर एक सचेत कम्युनिस्ट तथा वामपन्थी विचारमा प्रतिबद्ध मानिसले भने दशैँलाई यही रूपमा मान्न कदापि सक्दैन किनकि यससँग धार्मिक कुरा जोडिएको छ । यससँग रूढीवाद र अन्धविश्वास जोडिएको छ । यससँग पुँजीवादी संस्कार र संस्कृति जोडिएको छ । त्यसैले नेपालमा वामपन्थी तथा कम्युनिस्टले दशैँ पर्वमा पनि सांस्कृतिक रूपान्तरण हुनुपर्छ भन्दै आएका छन् ।

    कतिपय वामपन्थी तथा कम्युनिस्ट नेताकार्यकर्ताले सांस्कृतिक रूपान्तरणको अवधारणालाई ठिकसँग बुझ्न नसक्दा अलमलमा परिरहेको पनि देखिन्छ । उनीहरू पनि घुमीफिरी त्यही धार्मिक गतिविधि, रूढीवाद र अन्धविश्वासको जालमा फस्न पुगेको पाइन्छ । दशैँ मान्दा यसरी एकातिर धर्म, रुढीवाद र अन्धविश्वासको सिकार भइने अनि नमान्दा समाज, इष्टमित्र र आफन्तीबाट अलग भइने—यो समस्या स्वाभाविक रूपमा कम्युनिस्ट तथा वामपन्थी कार्यकर्ताको सामुन्ने चुनौती भएर देखा परिरहेको हुन्छ तैपनि हामीले यो समस्यालाई हाम्रो कम्युनिस्ट दर्शन र वैज्ञानिक विचारको आधारमा चिरफार गर्दै अगाडि बढ्नुपर्दछ ।

    आजको युगमा दशैँसम्बन्धी समाजले अपनाउँदै आएको मान्यता पुरानो भइसकेको छ । आजको पुस्ताले यही पुरानो मान्यतामा दशैँ पर्व मनाउनुहुँदैन । हामीले यदि दशैँ मान्नु नै छ भने योभित्र रहेको अन्धविश्वास र रूढीवादी मान्यतालाई हटाउनैपर्दछ । दशैँ पर्वभित्र रहेका जीवनलाई काम नलाग्ने कुराहरू केलाएर फाल्नुपर्दछ । सामन्त र पुँजीवादीले निर्माण गरेका कुसंस्कारलाई यो पर्वबाट हटाउनुपर्दछ । वर्गीय हिसाबले गरिब किसानको हित हुने गरी दशैँ पर्वको संस्कारलाई रूपान्तर गर्नुपर्दछ । दशैँं पर्वलाई कुनै न कुनै नयाँ सिर्जनात्मक कार्य गर्ने दिनको थालनीको रूपमा अगाडि बढाउनुपर्दछ । दशैँ पर्वको नाममा समय र पैसा दुरुपयोग हुने गरी सरकारले लामो बिदा दिने प्रचलन पनि हटाउनुपर्छ । सीमित समयावधिभित्र स्वस्थ मनोरञ्जन र जीवनोपयोगी क्रियाकलाप गरेर दशैँ पर्वलाई बढीभन्दा बढी उपलब्धिमूलक बनाउनुपर्दछ । यस्तै यस्तै साना साना कुराबाट सुधार गर्दै जान सकियो भने यसैबाट सांस्कृतिक रूपान्तरण हुने हो ।

    सांस्कृतिक रुपान्तरण भन्ने कुरा आकाशबाट आफै बर्सिने चिज होइन । यसमा प्रत्येक सचेत नागरिकले व्यक्तिगत रूपमा पनि भूमिका खेल्दै जानुपर्दछ । दशैँ पर्वभित्र कैयौँ सकारात्मक कुरा पनि रहेका छन्† जस्तै दशैँको बेला घरआँगन सफा गर्ने, वातावरण सफा राख्ने, शुभकामना आदानप्रदान गर्ने, एकले अर्काको उन्नति प्रगतिको कामना गर्ने, रोटेपिङ र लिङेपिङ खेल्ने, इष्टमित्र र आफन्तीजनबिच भेटघाट गर्ने यस्ता जीवनोपयोगी कार्यलाई हामीले सकारात्मक रूपमा लिन सक्छौँ । दशैँ पर्वलाई हामी सानाठुला साहित्यिक गोष्ठी गरेर पनि मनाउन सक्छौँ । प्रगतिशील जनवादी सांस्कृतिक कार्यक्रम तथा मेलामहोत्सव जस्ता स्वस्थ मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेर पनि दशैँ पर्व मनाउन सक्छौँ । दशैँमा घर गएका युवाविद्यार्थीको बिचमा विविध प्रकारका खेलकुद कार्यक्रम सञ्चालन गर्नसक्छौं । दशैँको समयमा युवाविद्यार्थीलाई लक्षित गरेर हामीले अध्ययन–अनुसन्धान सप्ताह घोषणा गर्न सक्छौ । दशैँको विदामा गाउँ पसेका युवाविद्यार्थीलाई जुवातास र जाँडरक्सीको विकल्पमा आफ्नो गाउँ समाजको अध्ययन गर्ने, त्यहाँको संस्कार, संस्कृतिको अनुसन्धान गर्ने र सामाजिक परिवर्तको बाटो पहिल्याउने काम दिन सक्छौं । यसरी दशैँ पर्वलाई हामीले ज्ञानविज्ञानको विकासमा टेवा पुर्‍याउने पर्वको रूपमा पनि विकास गर्न सक्छौँ ।

    यसरी दशैँभित्रका खराबीलाई हटाउँदै यो पर्वलाई हामीले समयसापेक्ष बनाउने कोसिस गर्नुपर्दछ । आजको दिनसम्म समयको गति निकै अगाडि बढिसकेको छ । समयको यो गतिसँगै हामीले दशैँ पर्वलाई नयाँपन दिनुपर्दछ । दशैँ पर्वलाई जीवनोपयोगी पर्व बनाउनुपर्छ । यसका लागि हामीले दशैँ मनाउने कार्यशैली र विधिलाई युगअनुसार परिवर्तन गर्दै लैजानुपर्दछ ।

    बुधबार, असोज २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.