बद्रे आलम ##
मेरो कान्छो नाति मोहम्मद आतिफ आलम रुपन्देहीको सिद्धार्थ जेसिस स्कुलमा कक्षा ७ मा अध्ययनरत छ । यही २०८१ असोज १७ गते घटस्थापनाका दिन बेलुकी ५ः३० बजे मेरो काकाको नातिसमेत दुवै जना मोटरसाइकलमा टोलदेखि अलि पर घुम्न गएको बेला कुकुरले लखेटेछ । त्यसबाट उनीहरू आत्तिएर बाइकबाट लडेछन् । चलाउने भतिजलाई सामान्य चोट लाग्यो तर पछि बसेको आतिफ मुखको बलले लड्न पुग्यो । त्यसले गर्दा मुखदेखि तलको भाग दाँतसमेत सबै ड्यामेज हुन पुग्यो । चिउँडोकोे भागका हाड धेरै नै फ्याक्चर भएको रहेछ । स्वास्थ्य परीक्षण गर्दा सो जानकारी हुन पुग्यो ।
दुर्घटनास्थलबाट तुरुन्तै मेरो ठुलो नाति आरिफले भाइलाई बोकेर भैरहवाको यू.सी.एम.एस. मेडिकल कालेजमा पु¥याउने क्रममा मैले सूचना पाएँ र इमर्जेन्सीमा पुगेँ । सिटीस्क्यान, एक्सरेलगायत सम्बन्धित जाँच सम्पन्न भयो । इमर्जेन्सीमा भएका डाक्टरसित परामर्श गरेँ । उहाँको सन्तोषप्रद उत्तर नपाएपछि एक छिन मन आत्तियो । त्यसपछि पार्टीका साथीहरूलाई सम्झेँ । दुर्गा पौडेललाई फोन गरेँ । संयोगवश उहाँको फोन उठेन । पछि थाहा भयो, उहाँ प्युठान हुनुहुँदो रहेछ । पछि आनन्द शर्मालाई काठमाडौँ सम्पर्क गरेँ र उहाँलाई बिरामीको सबै वृत्तान्त बताए ।
यू.सी.एम.एस. मै उपचार गराउने कि काठमाडौँ लैजाने ? असमञ्जसमा परेँ । भोलिपल्ट सिनियर डाक्टर दीपक यादवसित मेरो भेट भयो ।
उहाँले बिरामीको अवस्था र उपचारबारे प्रस्ट्याउनु भयो र नआतिन पनि भन्नुभयो । उहाँले दुर्घटनामा परेका धेरै गम्भीर घाइतेको सर्जरी गरेर ठिक पारेको अनुभव बताउँदै मलाई सन्तुष्ट पार्ने प्रयत्न गर्नुभएको कुरा मैले आनन्दजी र दुर्गाजीसित सेयर गरेँ । आनन्दजीलाई पनि दीपक डाक्टरबारे बुझ्न अनुरोध गरेँ । उहाले पनि काठमाडौँमा डाक्टर दीपक यादवबारे बुझ्नुभयो र सकारात्मक सुझाव उहाँले दिनुभयो ।
आनन्दजीले दिनुभएको सुझाव दुर्गाजीलाई पनि सेयर गरेँ र भैरहवामै नातिको अप्रेसन गराउने टुङ्गोमा पुगियो ।
असोज २० गते आइतबारका दिन बिहान ९ बजे बिरामीलाई अप्रेसन थिएटरमा लगे । सोही दिन बेलुकी ४ बजे बिरामीलाई होस आएकोे कुरा परिवारजनलाई भेट्ने टिमले जानकारी गराएपछि मात्र भेट भयो । भोलिपल्ट बिहान करिब १० बजे पोस्ट अपरेटिभ शाखाबाट वार्डमा सिफ्ट गरियो । सुरुको दिनदेखि नै नातिले मलाई छोडेन । सँगै बस्न सङ्केत गर्याे । म पनि एकछिन छोड्न सकिनँ । मलाई नदेख्दा उसको मनोबल गिर्दो रहेछ । मैले यस्ते महसुस गरेँ
छोराहरू बालबच्चेदार भाएका कारण आआफ्नै स्वरमा व्यस्त हुने, रोगी भएको कारण मलाई पनि बेलाबखत सहयोग चाहिरहने । ठुलो नाति १६ वर्षको भएकाले मेरो बाहिरी काममा जस्तै सकिएको औषधि खरिद गरी ल्याउने, अन्य आवश्यक काममा मलाई सहयोग गर्ने गर्छ तर सानो नाति घरभित्रको काम; जस्तै : पानी, चिया, बुहारीले पठाएको खाना मसित पुर्याउने काममा सहयोग गर्छ; औषधी खानको लागि ताकेता गरिरहन्छ; साँझ अबेलासम्म घर नपुग्दा फोन गरेर सोध्ने र हजुरआमालाई सूचना पुर्याउने आदि । मेरो स्वास्थ्यप्रति बढी चिन्तित भएको उसलाई म पाउँछु । दुवै नातिले मेरो धेरै ख्याल गर्ने गरेको मैले महसुस गरेको छु ।
दुई भाइ नातिका बुबा मेरो जेठो छोरा शब्बिर आलम लामो समयदेखि अस्वस्थताका कारण उसले चाहेर पनि आफ्ना छोरालाई आफनो भावनाबाहेक अन्य भौतिक सहयोग गर्न असमर्थ छ । ऊ आफै औषधीको सहारामा जीवन जिउन बाध्य । नातिको आवश्यकता पढाइलेखाइ आदि आफनो बुबाबाट पूरा हुन नसक्ने कुरामा नातिहरू जानकार छन् । त्यसैले मेरो स्वास्थ्य जीवन र दीर्घायुको उनीहरूले बढी खाँचो महसुस गरेका होलान् । मलाई पनि नातिको बढी माया लाग्छ किनकि उनीहरू बढी अनुशासित छन्; भनेका कुरा आत्मसात गर्छन्; शान्त स्वभावका छन्; कसैसित झैँझगडा गर्दैनन् । आफूभन्दा ठुलालाई सम्मान गर्छन् र पढाइमा बढी ध्यान दिन्छन्; पार्टीका मेरा साथीलाई सम्मान गर्छन् ।
भर्खरै एक सातापहिले दुई जना पूर्व विद्यार्थी नेता तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव तथा केन्द्रीय सदस्यहरू घनश्याम न्यौपाने र राजेन्द्र ढुङ्गाना पार्टीको कामको सिलसिलामा मकहाँ आउनुभएको थियो । राति बस्ने क्रममा दुबै नातिसित उहाँहरूको भेट भयो । नातिहरू पनि खुसी भए । कान्छो नाति निकै बेर घनश्यामजीसित भलाकुसारी गर्याे । के के विषयमा उहाँहरूको कुराकानी भयो । त्यो मलाई जानकारी भएन तर उहाँको व्यवहार देखेर नातिले मलाई दिएको प्रतिक्रिया राम्रो लाग्यो । मेरा साथीहरूप्रति मेरा नातिले राखेको सकारात्मक धारणाले मलाई ऊर्जा थपेको छ । नातिका असल व्यवहारका कारण आज दुःख पर्दा धेरैको सहानुभूति बटुल्न सफल भएका छन् ।
त्यसैगरी, मेरा परिवार, दाजुभाइ, दिदीबहिनी, भाइभतिज, भान्जाभान्जी, आफन्तजन, टोलबासी, छिमेकी, मलाई जान्ने, मेरा पार्टीका साथी, नातेदारद्वारा बिरामीलाई भेट्न आउने भीडका कारण बाध्य भएर जनरल वार्ड छाडेर क्याबिन रोज्न बाध्य भएको छु । अहिले क्याबिन नं. २ मा नातिको उपचार भइरहेको छ । नातिको स्वास्थ्यप्रति समवेदना प्रकट गर्नुहुने सम्पूर्णजनमा हार्दिक आभार प्रकट गर्दछु ।
२०८१ असोज २१ गते