खिमराज चालिसे, चन्डिगढ (भारत) ।
भारतको पन्जाब राज्यको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धरको चौधौँ नगर सम्मेलन एवम् तिजी कार्यक्रमको समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रीय सदस्य एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका सचिव कुलबहादुर बगालेको प्रमुख आतिथ्यमा सेप्टेम्बर २९, २०२४ आइतबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा केन्द्रीय वैकल्पिक सदस्य धनबहादुर गोर्खाली, नगर समितिका रामु विक, जुना सुनार, हिमप्रसाद, लक्ष्मण केसी, नारायण पोख्रेल, सन्जित बस्याल, चन्द्र बस्याल, माधव खनाल, देवसिंह गुरुङ, रमा विष्ट, बसन्ता खत्री, सरिता बस्याल, माया केसी, माया परियार, शान्ता चौधरी, मनिकला बस्याल, कमला विक, मीना सुनार, मीना विक, सुमित्रा नेपाली, कविता थापा, विवेक सारू, निरज सोमै, सविता थापा, प्रकाश गाहा, नेती सोमै, अमृता विष्टलगायतले मन्तव्य राख्नुभएको थियो ।
अतिथिलाई जमुना गाहा, रमा विष्ट, रोशनी बस्याल र गोमा विकले खादा ओढाएर सम्मान गर्नुभएको थियो ।
सो अवसरमा चौधौँ नगर सम्मेलनको दौरानमा मेस व्यवस्थापन गरी सहयोग पुर्याउने हाम्रो स्वर्गद्वारी बस व्यवसायी समितिका राजु केसीलाई नगर समितिको तर्फबाट लक्ष्मी थापा र इन्दिरा कुँवरले स्मृतिचिह्न दिएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रम जितमान थापाको अध्यक्षतामा तथा तिलबहादुर थापाको सञ्चालन र लक्ष्मण खड्काको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।


