अर्घाखाँची । राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीका केही जनप्रतिनिधि र स्थानीय सरकारले कोरोना भाइरससँग खेलवाड गरेको आरोप लगाएको छ ।
जिल्ला स्तरीय कोरोना भाइरस नियन्त्रण तथा बिपद ब्यवस्थापन समितिको निर्णयलाई कुल्चिने र महाबिपत्तिमा समेत राजनीति गरिएको भन्दै राजमो अर्घाखाँचीले विज्ञप्ति निकालेर विरोध गरेको हो ।
राजमो सचिवालय बैठकले विश्व नै आक्रान्त बनेको महामारी नियन्त्रण गर्न सरकार तथा विज्ञले दिएका सुझावको सरकारी तहबाटै उल्लंघन हुनु दुःखद भएको अध्यक्ष थम्मन केसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यस्तै, राहत वितरणमा समेत जनप्रतिनिधिले राजनीति गरेको, विपदको बखतमा विदेश तथा सीमामा अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षित गर्न नसकेको भन्दै राजमोले असन्तुष्टि जनाएको छ ।
महाबिपत्तिको मौका छोपेर भारतले नेपाली भूमि मिचेर सडक बिस्तार गर्दा पनि सरकारले निरिहता देखाएको प्रति पनि खेद व्यक्त गरिएको छ ।