• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सुनौलो काग र मूलपानीको मूल्य


  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
  • समष्टि बुढामगर ##

    Advertisement

    २०८१ भदौ १ गते अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) द्वारा आयोजित साहित्यिक पदयात्राको लागि बिहान करिब ८ बजेतिर हामी चाबहिल चोकमा जम्मा भएका थियौँ । सबै जना फरक फरक ठाउँबाट त्यहाँ जम्मा हुँदै गर्दा करिब करिब ९ बजे मात्र हामीले हाम्रो यात्रा सुरु गरेका थियौँ । यसपालिको सातौँ पदयात्रा कागेश्वरी–मनहरा नगरपालिकाको कौवापार्कदेखि कागेश्वरी झरना हुँदै सुन्दरीजलसम्मको रहेको थियो ।

    सधैँ झैँ यसपालिको यात्रामा पनि बालकदेखि वृद्ध सबै उमेर समूहको सहभागिता रहेको थियो । हामी जम्माजम्मी सत्र जना चाबहिल चोकतिर कागेश्वरीको लागि गाडीमा चढेका थियौँ ।

    केही समयपछि हामी गाडीबाट ओर्लेर विस्तारै उकालो लागेका थियौँ । उकालो लाग्दै गर्दा गर्मीले भने अलि अलि सबैलाई सताउन थालिसकेको थियो तर कागेश्वरी–मनहराको त्यो हरियालीले भने मनमा शीतलता प्रदान गरिरहेको थियो । सदा झैँ हामी नयाँ नयाँ कुरा सुन्दै–सुनाउँदै उकालो लागिरहेका थियौँ ।

    त्यहाँ माथिसम्म नै पातलो बस्ती रहेछ । त्यसैले बाटामा कतै कतै स्थानीयवासी भेटिने गर्दथे । कोही बारीको आलीतिर हिँडिरहेका देखिन्थे त कोही बाख्रा चराउँदै गरेका देखिन्थे । एक जना दिदीले त झन् मकैको खोस्टाबाट चकटी बुन्दै गरेको पनि हामीले देखेका थियौँ । पाइलैपिच्छे देखिने सामाजिक जनजीवनको विविधता नै हाम्रो देशको सुन्दर विशेषता हो भन्ने कुराको ज्ञान हामीले यो साहित्यिक पदयात्राबाट पनि बेलाबेलामा प्राप्त गर्ने मौका पाइरहेका छौँ ।

    साहित्यिक पदयात्रा गर्दै गर्दा एक घन्टाको दुरीबिचमा मात्र पनि हामीले अनेकौँ विविधता देख्न सक्छौँ । त्यही एक घण्टाको दुरीबिचमा एकातिर कोलाहलपूर्ण सहरिया जीवनशैली र अर्कोतिर शान्त गाउँको ग्रामीण जीवनशैलीबिचको भव्य अन्तर देख्न सक्छौँ ।
    ग्रामीण क्षेत्रका कृषक पसिनाले धर्ती सिँगारिरहेका हुन्छन् । परिश्रमले आफ्नो स्वाभिमान जोगाउन सङ्घर्ष गरिरहेका हुन्छन् ।

    धुलोमैलोले उनिहरूको लुगा र शरीर फोहोर देखिएता पनि उनीहरूको मन निष्कपट र चोखो हुन्छ । दया, माया र करुणाको भावनाले उनीहरूको जीवन सिँगारिएको हुन्छ । एकलाई दुःख पर्दा अर्को मलम बनेर उपस्थित हुने सामाजिक भावनाले गाउँले जीवनको चक्र चलेको हुन्छ । गाउँले मानिसहरू साधारण जीवनमै पनि खुसी हुन्छन् । साँझबिहान खान पुगेमा मात्रै पनि सन्तुष्ट हुन्छन् तर सहरीया जीवन नितान्त व्यक्तिवादमा चलिरहेको हुन्छ । वल्लो कोठामा बस्नेले पल्लो कोठामा बस्नेलाई चिन्दैन । एकले अर्कोको सुखदुःख बुझ्ने क्षमता राख्दैन । सहरमा व्यापार हुन्छ । उद्योगधन्दा हुन्छ । बाँच्नका लागि कसरी बढीभन्दा बढी नाफा कमाउन सकिन्छ भन्ने उद्देश्यका साथ सहरीया जनजीवन चलिरहेको हुन्छ । साँझबिहानको खाना पुर्‍याएर मात्र सहरीया जीवन सन्तुष्ट हुँदैन । बढीभन्दा बढी सम्पत्ति थुपारेर राख्न सहरीय जीवन उद्यत देखिन्छ ।

    यसरी सम्पत्ति थुपार्नकै लागि मान्छेहरू जस्तोसुकै अपराध गर्न पनि तयार हुन्छन् तर यही सहरमा गाउँबाट आएर मकै पोलेर बेच्नेहरू पनि भेटिन्छन् । बिहारबाट आएर कबाडी सामान बटुल्नेहरू पनि देखिन्छन् । कलकारखानामा पसिनाको धारा बगाउने मजदुर पनि देखिन्छन् । घरबारविहीन मान्छेहरू गल्लीगल्लीमा माग्दै गरेका पनि भेटिन्छन् । सहरमा बस्ने यस्ता गरिब बेघरबार मानिसको फेरि बेग्लै कथाव्यथा पाउन सकिन्छ । यसरी विविध सामाजिक परिवेशको बारेमा मनमनै स्मरण गर्दै म उकालो लागिरहेको थिएँ ।

    अलि माथि पुगेर हामीले एउटा रुखको छायामा एकैछिन आराम गर्‍यौँ । त्यही समयमा काठमाडौँबाटै पोको पारेर ल्याएको खाने कुरा पनि खायौँ । मदन सर र समीर सरले समयको सदुपयोग गर्दै “रुख भन्छ, पात भन्छ” भन्ने बोलको क्रान्तिकारी गीत त्यहाँ सबैलाई सुनाउनुभयो । त्यसपछि हामी फेरी उकालो लाग्यौँ ।

    कौवापार्कको मूर्ति निकै नै ठुलो भएकाले हामीले तलबाट नै त्यो मूर्ति देखिरहेका थियौँ । जति जति माथि हेर्‍यो, त्यति त्यति नै कागको मूर्तिले हामीलाई बोलाइरहेको जस्तो देखिन्थ्यो । अन्ततः हामी करिब करिब दुई घण्टाको यात्रापछि त्यहाँ पुग्यौँ ।

    त्यो पार्कलाई लोकतान्त्रिक सहिद पार्क पनि भनिँदो रहेछ । यसरी त्यसलाई लोकतान्त्रिक सहिद पार्क किन भनिएको रहेछ ? यसबारेमा कसैलाई सोधेर जानकारी लिने विचार थियो तर यसरी सोध्ने उपयुक्त अवसर मैले पाउन सकिनँ । यो लोकतान्त्रिक सहिद पार्कदेखि सहरको राम्रो दृश्य पनि देखिएको थियो । साथै आसपासको हरिया डाँडा पनि ।

    हामीले त्यही बसेर एकार्कामा परिचय आदानप्रदान गर्ने कार्य गर्‍यौँ । यसका साथै सबैले पालैपालो आआफ्नो रचना वाचन पनि गर्‍यौँ । आजको यात्रामा कतिपय पुराना साथी थियौँ त कतिपय नयाँ साथी । त्यसपछि भने हामी सबैलाई भोक लागिसकेको थियो । पहिलेको पदयात्रामा हामी सबैले घरबाट केही न केही नास्ता बनाएर ल्याउने गर्दथ्यौँ तर यसपालि भने नास्ताको व्यवस्था यसै साहित्यिक पदयात्राकी अभियात्री कविता चौधरी दिदीले गर्नुभएको थियो ।

    कविता चौधरी दिदी यो साहित्यिक पदयात्रामा सुरुदेखि नै निरन्तर लागि रहनेमध्ये एक हुनुहुन्थ्यो तर अब केही समयका लागि उहाँले हामीलाई छाडेर देशबाहिर अर्थात् विशेषतिर जान थाल्नुभएको थियो । यसरी हामीलाई छाडेर जाँदै गर्दा सम्झनास्वरूप उहाँले यसपटकको साहित्यिक पदयात्राका सहयात्रीलाई खुवाउनको लागि आफ्नै हातले मिठा मिठा परिकार बनाएर ल्याउनुभएको थियो ।

    उहाँ रक्तिम सांस्कृतिक अभियानमा आबद्ध एक कुशल कलाकार पनि हुनुहुन्थ्यो । उहाँ र हाम्राबिचमा वर्गीय मायाको गहिरो सम्बन्ध थियो । यही वर्गीय मायाकै कारण उहाँले मलाई सधैँ चाडपर्वमा सम्झेर परिवार जस्तै माया दिँदै आउनुभएको थियो । उहाँ अब केही समयका लागि देशबाहिर जानु थाल्नुभएकाले मलाई मात्र नभई हाम्रो सिङ्गो पदयात्राको परिवारलाई केहि नरमाइलो महसुस भयो । थाहा छैन, उहाँ विदेशबाट फर्केर हाम्राबिचमा कहिले आउनुहुने हो ? जे होस्, हामी सबैले हृदयदेखि नै उहाँको वैदेशिक यात्रा सफलताको शुभकामना दियौँ ।

    केही समय पार्कमै फोटो खिचेर हामी कागेश्वरी झरना हेर्न ओरालो लाग्यौँ । बाटोमै पानि पर्न सुरु भयो । जति पानी परे पनि हाम्रो यात्रा रोकिएन । झरनासँगै त्यहाँ अर्को कागको मूर्ति रहेछ तर त्यो मूर्ति भने पहेलो रङले टल्केको थियो । त्यो कागलाई मान्छेले पूजा गर्ने भएकाले सुन झैँ तल्काएका रहेछन् । यसो सोचेँ, मान्छेमा पनि कस्तो अनौठो आस्था जाग्दो रहेछ । सुनले टल्काए पनि काग त काग नै हो । यसरी भगवानको रूपमा कागलाई पूजा गर्नुको पछाडि कुनै वैज्ञानिक कारण मैले देखिनँ । यो आस्थाभित्र रूढिवादबाहेक अरू के नै छ र ? आखिरी भगवान्को रूपमा यसरी कागको मूर्तिलाई पूजा गरेर मान्छेले जीवनोपयोगी कुरा के पाएका छन् त ? यो प्रश्न मेरो मनमा धेरै बेर सल्बलाइरह्यो ।

    यति बेलासम्म समय अलि ढल्किँदै थियो । हामीलाई फेरि समयमा नै फर्किनुपर्ने भएकाले ढिला नगरी हामी सुुन्दरीजलतर्फ लाग्यौँ । यसै क्रममा बाटो बिराएर हामी उल्टो बाटो लागे छौँ । त्यसै बेला केही मान्छेलाई सोधेर हामी फेरि सही बाटो तलसम्म ओर्लियौँ । यसरी समयमै हामी सुन्दरीजल बसपार्क पुगेर गाडीमा फेरी आफ्नै वासस्थानतर्फ खुसीसाथ तितामिठा सम्झना र केही नयाँ विचारसहित फर्कियौँ ।

    बाटोभरि रहेको चिसो मूलको पानीले हाम्रो यो पदयात्रालाई सहज बनाइदिएको थियो । हामीले बाटोमा भेटेजति धाराको मूलपानीले प्यास मेटाउँदै हिडेका थियौँ । यी मूलपानीमा कति निस्वार्थ भाव अन्तरनिहित छ । यसबाट हामीले पाठ सिक्न जरुरी छ ।

    मूलपानी कति ठुलो मानव सेवामा तल्लीन छ ? हामीले सहजै अनुमान गर्न सक्छौँ । मानव सेवाकै खातिर मूलपानी रातदिन बगेकोबग्यै छ । विश्राम गर्नु सायद मूलपानीको शब्दकोषमा छैन । मूलपानीलाई थाहा छ, उसले एक क्षण मात्रै विश्राम गर्‍यो भने धेरै प्राणीको जीवन धरापमा पर्दछ । त्यसैले ऊ कुनै पनि प्राणीको जीवन धरापमा परेको देख्न चाहन्न । यसैले त मूलपानी बगिरहेछ निरन्तर । यो मूलपानी अमूल्य छ । यो अमूल्य मूलपानीको अगाडि त्यो सुनौलो कागको मूर्ति कम मूल्यको छ अर्थात् त्यो कागको मूर्तिले थोरै मानिसको आस्थालाई मात्र प्रतिनिधित्व गर्दछ । त्यो कागको मूर्ति नहुँदा पनि प्राणी बाँच्न सक्छन् तर मूलपानी भएन भने धेरै प्राणीको जीवन सङ्कटमा पर्दछ । तसर्थ हामी कुनै निश्चित मानिसको परिकल्पनामा निर्मित कागको मूर्ति होइन, निरन्तर बगिरहेको मूलपानी जस्तै बन्नुपर्छ ।

    अखिल नेपाल प्रगतिशील लेखक सङ्घको साहित्यिक पदयात्राको यो सातौँ शृङ्खलाबाट हामीले यही शिक्षा लिनुपर्दछ कि !

    शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.