• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

महिलाले प्राविधिक काम सिक्दाको अनुभूति


  •   बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
  • सम्झना पौडेल ##

    Advertisement

    हाम्रो समाजमा वर्गविभेदसँगै लैङ्गिक विभेदको स्थिति कहालीलाग्दो छ । महिला परिवारबाटै विभेदको शिकार हुनुपर्दछ । यदि परिवारको सहयोग भयो भने पनि समाजले झनै ठुलो विभेदपूर्ण व्यवहार देखाएर हतोत्साहित पार्ने र कुनै पनि क्षेत्रमा अगाडि बढ्नबाट रोक्ने बरु चुलोचौकोमा सीमित गराउने गर्दछन् । अरू काममा महिला विरुद्ध पुरुष मात्र होइन, महिला पनि बढी अग्रसर देखिन्छन् । त्यसो हुनुमा समाजमा व्याप्त पितृसत्तावादी सोच र संस्कृतिले काम गरेको छ । त्यस प्रकारको विभेदको प्रत्यक्ष भोगाइ म आफैले पनि भोगेको छु ।

    घट्ना २०५८ सालको हो । जागिर खाने मेरो रहरले गर्दा समाजमा केही नयाँ काम सिक्नुपर्‍यो भन्ने लाग्यो । त्यस सिलििलामा अटोमेकानिक्स विषय लिएर काम सिकेपछि पक्कै पनि रोजगारी पाइन्छ, नत्र स्वरोजगार त भइन्छ किनकि हातमा सिप त हुन्छ भन्ने परिवारको सल्लाह र स्वयम् म पनि सहमत भएँ ।

    यो समाजमा महिलाले गाडी (सवारी) बनाउने काम त्यति सजिलो थिएन भने म गाउँमा जन्मेर जामा लगाउने, दुईचुल्ठी बाट्ने, गाउँमा हुर्केकी केटी† सर्टपाइन्ट, जुत्ता (बुट) लगाएर गाडीमुनि कालो मैलो हुन सजिलो पक्कै थिएन । घरपरिवारको सहयोग र हौसलाले अगाडि बढेकी थिएँ ।

    मबाहेक त्यो संस्थामा महिला केही कोही थिएनन् । प्रशिक्षक र प्रशिक्षार्थी सबै पुरुष हुनुहुन्थ्यो । ती सबै पुरुषका बिचमा काम गर्दा धेरै चुनौतीको सामना गरेकी थिएँ । भर्खरै जस्तो लाग्छ, समाजका महिलाहरूले ‘यसको पति विदेश छन् रे ! छोराछोरीको आमा भएर पनि दिनभर केटाहरूसित काम गर्ने गर्दछे । कस्ती रहिछे ?’ भनेको सुनेँ । घर गएर धेरै रोएँ । अब म जान्नँ; काम पनि गर्दिनँ; अरू काम छैन र, अरू काम गर्छु भन्ने सोचेँ ।

    घरमा धेरै सम्झल्काउँदै भन्नुभयो तिम्रापछि म छु, महिले यति सहयोग गर्दा पनि सक्दीनौ र ? अरूको कुरा सुनेर आफुलाइृ कमजोर बनाउने होइन, तिमी यो समाजका महिलाका कुरा पछि लाग्ने होइन, आफ्नो लक्ष्य पुरा गर्नुपर्छ ।

    अर्को दिन संस्थामा (तालिम सिक्ने स्कुल) गएर कुनामा बसेको थिएँ, एकातिर सर्टपाइन्ट लगाउँदा लाज लागेको थियो । अर्कोतिर, हिजोका केही कुरा सम्झिरहेकी थिएँ । त्यसै समय प्रशिक्षक आएर हाजिरी गरी आफ्नो विषय पढाउन थाल्नुभयो । पढाइसकेर बाहिर निस्कँदा बल्ल मलाई देख्नुभयो । म लाजले कुनामा बसेकी थिएँ । कुनामा निहुरिएर बसेको देख्दा सरले उभिएर मलाई हौसला दिन थाल्नुभयो– ‘समाजमा बेग्लै काम सिकेर समाजमा उदाहरण देखाऊ । केको लाज मानेकी छ्यौँ ? हाम्रो पालामा पनि इलेक्ट्रिक सिक्ने महिला थिए । उनीहरू बच्चा लिएर आउथे । तिमीभन्दा बुढा बुढाले त सर्टपाइन्ट लगाउँछन्, यही धागो कारखानामा काम गर्नेले । तिमी राम्रोसित पढ ।’

    त्यो कुरा मेरा लागि धेरै हौसला बन्यो । त्यसपछि त काममा पनि म धेरै अगाडि हुन्थेँ । पढ्दा पनि अगाडिकै बेन्चमा बस्थेँ । सबै कुरामा अघि बढ्दै गएँ । काम धेरै सिकेँ । पढाइसकेर काम गर्न थालेँ ।

    काम गर्दा साइकल चलाएर जानेआउने गर्थें । बाटोमा एक जना पाका बुबासित जम्काभेट भयो । उहाँ उखुबारीमा पानी लगाएर आउँदै हुनुहुन्थ्यो । उहाँ पाको उमेरको भएको कारण मैले सधैँ नमस्कार गर्थें । आज पनि साइकल रोकेर ‘बुबा नमस्कार’ भनेँ । उहाँले नमस्कार फर्काउँदै ‘यो उमेरमा पनि के घन ठटाउन जानुहुन्छ नानी’ भन्नुभयो ।

    मलाई साह्रै अपमान गरे जस्तो लाग्यो ? मेरो अनुहारमा रिसका आकृति झल्के तर पनि आफूलाई समाल्दै ‘बुबा तपाईं कति वर्षको हुनुभयो भनेर प्रश्न गरेँ । उहाँले ‘किन नानी ? म ६० वर्षको भएँ’ भन्नुभयो । मैले नम्र भएर भनेँ– ‘तपाईं ६० वर्षको भएर पनि उखुमा पानी हालेर आउनुभयो, हैन र ? सक्ने काम त सबैले गर्नुपर्छ ।’

    अझ म त अरू पनि भन्थेँ होला, त्यहाँ मानिसहरूको जमघट भयो । उहाँ नबोल्दै अर्का एक जनाले प्वाक्क भन्नुभयो– ‘उहाँहरू त अरिङ्गालको गोलो हो, चलाउनु हुँदैन’ । यति भन्दै उनीहरू एकआपसमा कुरा गर्न थालेँ । म साइकल लिएर त्यहाँबाट आफ्नो कामतिर लागेँ । अब मलाई त्यस्ता घट्नाले त्यति पिर पार्न छाडेँ ।

    अझै धेरै काम सिक्ने सिलसिलामा ग्यारेजमा जानुपर्ने त्यहाँ पनि विभेदपूर्ण व्यवहार गर्छन् । गाडीमुनि सुतेर काम गर्नपर्छ । तिमीले सक्दिनौँ, पम्प मात्र बनाउने ठाउँमा जाऊ । ग्यारेजमा भाषा पनि नराम्रो बोल्दछन् भनी प्रशिक्षकले भन्नुभयो ।

    यहाँनेर पनि मलाई कस्तो कस्तो लाग्यो । ‘मभन्दा कति ख्याउटेहरूले सक्ने, महिलाले नसक्ने हुन्छ र सर ? म त अलराउन्डर काम गर्ने हो’ मैले भनेँ ।

    एउटा ग्यारेजमा पैसा नपाउने गरी काम गर्न जाने निधो भयो । त्यहाँ गएर काम गर्न थालेँ । त्यहाँ मेरो नामै मिस्त्रीदिदी भयो । त्यहाँ जो गाडी बनाउन आउँछन्, मेरो मुखमा हेर्दै तपाईंको गाडी कुन हो भन्छन् । म मिस्त्री हुँ भन्दा उनीहरू एकआपसमा कुरा गर्दै मैले गरेको काम हेर्थे । मैले गरेको काम पाको हुन्थ्यो । त्यहाँको अरूलाई पनि सिकाउथेँ । दैनिक बनाउन ल्याइएका गाडीका समस्या पहिचान गरी काम गर्थें ।

    एक दिन एक जना गाडिसाहुले कति तलब पाउनुहुन्छ भनेर सोधेँ । म चुपचाप ग्यारेजको साहुलाई देखाएर दाइलाई सोध्नुस् भनेँ । ग्यारेजका साहुले काम हेर्दै छु, कामको चित्त बुझेपछि दिन्छु भने । गाडिसाहुले चर्को स्वरमा भने– ‘उहाँ यो फिल्डमा आउनु नै ठुलो कुरा हो । हामीसित बरु २००, ३०० रुपियाँ बढी लिनू तर उहाँलाई तुरुन्तै आजैबाट पैसा दिनू ?’

    ती गाडिसाहुले यसो भन्दा म निकै खुसी भएँ । मेरो अनुहारमा चमक आयो । लामो सास फेरेँ । मेरो परिश्रमको मूल्य कति हो ? त्यो त थाहा भएन तर उनले गरेको त्यो कुराले भने मलाई किनै साहस र हौसला प्रदान गर्‍यो । उनैको गाडीमा म आधा बाटोसम्म आएँ । उनले किनै महत्त्वपूर्ण कुरा गरे । यो काम नछोड्नू, पैसा म दिलाउँछु भनेर भन्नुभयो उहाँले । खुसी हुँदै घर आएँ । ती सबै कुरा अभिभावकसित सुनाएँ ।

    अब त म प्राविधिक भइसकेँ । अरूलाई सिकाउन थाले । प्राविधिक शिक्षालयमा राख्ने निधो गरेर निवेदन दिएँ । ग्यारेजमा भन्दा शिक्षालयमा राम्रो हुन्छ, सबै सिकाउँछु भनी प्राविधिक शिक्षालयमा बस्न तयार भए तर त्यहाँ पनि धेरै चुनौतीसित जुध्नुपर्‍यो ।

    अब त मैले सिकाएका प्रशिक्षार्थीहरू कोही स्वरोगार भए । धेरैलाई म आफैले सोरुममा टाटा, ह्युन्डाई, मारुती धेरैमा काम लगाइदिए तर राजनीतिका कारण केही मानिसले ‘हामीले दिएको हो तपाईंलाई जागिर’ भन्न थाले । यसरी सामाजिक राजनीतिक हिसाबले हस्तक्षेप हुँदै थियो । त्यही भएर होला, निडर भएर जवाफ दिन्थेँ– म जस्ता महिला ल्याउनू, म भर्खरै राजीनामा दिन्छु । मेरो सिपलाई राख्नुभएको हो । के भन्नुभएको हो ? यस्तो भन्न मिल्छ ?। त्यसपछि कुनै दिन कसैले मेरो अगाडि केही भन्ने हिम्मत गरेनन् ।

    म त एउटा पात्र मात्रै हुँ । मैले समाजमा भएको चित्र मात्र उतार्न खोजेँ । परिवारको पूरै सहयोग पाएर समाजमा केही गर्छु भन्ने समाज बुझेकी मलाई त यति धेरै चुनौतीको सामना गर्नुपर्‍यो भने अझै सोझासिधा महिलाको हालत हाम्रो समाजमा कस्तो होला ?

    पुरुषप्रधान समाजले महिलाका लागि निश्चित काम छुट्याएको छ । ती काम खासगरी निरश, अनुपादक र कठिन प्रकृतिका हुन्छन् । मैले भने साहसका साथ पुरुषले गर्ने काम सिकेँ र त्यसमा पोख्त पनि भएँ । त्यस क्रममा मैले व्यहोरेका कठिनाइका बेग्लै फेहरिस्त होलान् । त्यसका बाबजुद मुख्य कुरा महिलाले पाएको सफलता हो ।

    मेरो आफ्नो जीवनको उदाहरणबाट यो तथ्य पुष्टि हुन्छ, महिलाहरू पुरुषको तुलनामा कुनै पनि क्षेत्रमा कमजोर हुँदैनन्, कमजोर बनाएको पुरुष प्रधान समाजले हो । त्यसकारण महिला मुक्तिको सुरुआतका लागि सर्वप्रथम महिला आफैमा विद्यमान हीनभावना परित्याग गर्नुपर्छ । फ्रेडरिक एङ्गेल्स आफ्नो प्रशिद्ध कृति “परिवार, निजी सम्पत्ति र राज्यसत्ताको उत्पति” मा लेख्नुभए झैँ जबसम्म महिलाहरू घरायसी कामबाट बाहिर निस्केर सार्वजनिक क्षेत्रमा भाग लिन्नन्, तबसम्म महिला मुक्तिको प्रारम्भसमेत हुनेछैन । ठिक त्यसैगरी महिलाहरू हरेक सार्वजनिक क्षेत्रमा सहभागी हुनुपर्दछ, तब मात्रै महिला मुक्तिको सुरुआत हुने छ ।

     

    बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.