• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

रामलालहरूको आन्दोलन (लघुकथा)


  •   शनिबार, साउन १२, २०८१ मा प्रकाशित
  • हेम बिजी ##

    Advertisement

    वैशाख महिनाको तातो सडकमाथि उभिएर रामलालहरू नब्बे दिनदेखि नारा लगाई रहेका थिए–

    “सहकारी ठगी जेल कोच”

    “अर्बौं ठगेर गर्‍यो मोज”

    “हाम्रो पैसा फिर्ता गर”

    “आइज सरकार वार्ता गर”

    रामलाल जस्ता हजारौँहजार जनताको आन्दोलन र आक्रोश थेग्न नसकेर सरकार बाध्य भएर एउटा सहकारी ठगलाई समातेर छानबिन समितिलाई बुझायो ।

    ३५ दिनपछि सहकारी रकम ठगीसम्बन्धी छानबिन समितिले सरकारलाई छानबिन प्रतिवेदन पनि बुझायो ।

    प्रतिवेदनमा लेखिएको थियो– “छानबिन समिति यो निष्कर्षमा पुग्यो कि सहकारी रकम ठगीमा आरोपित व्यक्तिको स्वास्थ्य जाँच गर्नुपर्ने छ । आरोपित व्यक्तिको स्वास्थ्य जाँचमा पिसाब रातो र रगत सेतो देखिएमा उक्त व्यक्ति सहकारी रकम ठगी ठहरिने छ ।”

    छानबिन समितिको प्रतिवेदनअनुसार सरकारले सहकारी ठगीमा समातिएको उक्त व्यक्तिको स्वास्थ्य जाँचको लागि सहकारी रोगी बनाएर अस्पताल पठायो।

    एक साताको स्वास्थ्य जाँचपछि अस्पतालले सरकारलाई स्वास्थ्य जाँचको रिपोर्ट पठायो । रिपोर्टमा उल्लेख गरिएको थियो– “सहकारी रोगीको पिसाब रातो र रगत सेतो देखिएन ।”

    सरकारले अस्पतालको रिपोर्ट अध्ययनपश्चात अर्बौं सहकारी रकम ठगी गरेको सहकारी रोगी व्यक्तिलाई छोडिदियो ।

    रकम ठगी गर्ने व्यक्तिलाई सरकारले छोडेकोमा राजधानीको सडकमा रामलालहरूको आवाज र आक्रोश अझै बढिरहेकै थियो ।
    नारा थपिँदै गएका थिए–

    “सरकार जनताको माग सुन”

    “सहकारी ठग पक्रेर थुन”

    रामलालहरूको आन्दोलन सडकमा जारी नै थियो । सहकारी ठगको पिसाब रातो र रगत सेतो हुनुपर्नेमा किन सामान्य मान्छेको जस्तै पिसाब सेतो र रगत रातो आयो । सबैमा कौतुहल छाएको थियो । धेरै दिनपछि बल्ल थाहा भयो, छानबिन समितिका अध्यक्ष, अस्पतालका सञ्चालक र स्वास्थ्य जाँच गर्ने डाक्टर सबैमा व्यावसायिक नाता रहेछ ।

    शनिबार, साउन १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.