• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

महाकाली पारि अलपत्र नेपालीः जनप्रतिनिधि ल्याउन खोज्छन्, सरकार रोक्छ


  •   बुधबार, बैशाख १७, २०७७ मा प्रकाशित
  • दार्चुला । गत चैत १३ गतेदेखि भारत पिथौरागढको धार्चुलामा अलपत्र परेका नेपालीलाई घर लैजान भन्दै बैतडी र बझाङका जनप्रतिनिधि दार्चुलामा छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली मजदुरको उद्धार हुने र सवारी साधन लिएर आउनुभनेपछि जनप्रतिनिधि दार्चुला पुगेका हुन् ।

    Advertisement

    धार्चुलाका क्वारेन्टिनमै एक महिनासम्म बस्दा पनि अझै उनीहरुको उद्धार भने अनिश्चित छ । ‘प्रशासनको सूचनाका आधारमा तयारी भएर आफ्ना नागरिक घर फर्काउन दार्चुला पुगेका हौँ’, बझाङ जिल्ला बुङ्गल नगरपालिकाका प्रमुख धनबहादुर विष्टले भन्नुभयो, ‘तर दार्चुला आउँदासम्म माथिको आदेश भन्दै उद्धार गर्न नसकिने जानकारी आएको रहेछ ।’

    मङ्गलबार धार्चुलामा रहेका नेपाली ल्याउन बझाङ र बैतडीका जनप्रतिनिधिले प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षाकर्मीसँग कुराकानी गरे पनि अहिले नै उद्धार हुने अवस्था नदेखिएको नगरप्रमुख विष्टले बताउनुभयो ।

    ‘हाम्रा नागरिकको उद्धारको विषय दिल्ली दरबार र सिंहदरबारको हातमा छ, उनीहरुले नचाहेसम्म ल्याउन सकिने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘गाउँमा बस्दा गाउँका नागरिकले उद्धार नगरेको भन्दै कार्यालय आउँछन्, दार्चुला आउँदा माथिले आदेश नदिएको भन्छन्, उद्धार नगरी कसरी गाउँ जाने ।’ काठमाडौँ, धनगढी र महेन्द्रनगरबाट दैनिक दर्जनौँ बसमा मान्छे गाउँ पठाउन हुने तर यही धार्चुला क्षेत्रमा काम गर्न गएका नेपाली एक महिनादेखि घर आउन नपाउने सरकार नीति विभेदकारी भएको उहाँको भनाइ छ । बुङ्गल नगरपालिकाका मात्रै सीमापारि २३४ नेपाली छन् । उता डिडीहाँटमा ११ र झुलाघाँटमा ६० जना बुङ्गल नगरपालिकाकै छन् ।

    नौतनहवाको जस्तै भारतमा अलपत्र सबै नेपालीलाई स्वदेश ल्याउः राजमो

    दार्चुला आइसकिएकाले नेपाली नागरिकलाई सीमापारिबाट स्वदेश नल्याएसम्म सदरमुकाम खलङ्गामै बस्ने पुर्चौडी नगरपालिका–७ का वडाध्यक्ष रामबहादुर ऐरले बताउनुभयो । ‘आफ्ना नागरिक लिन आएका हौँ उनीहरुलाई नलगी जाने कुरो भएन ।’ आफ्ना नागरिक एक महिनादेखि धार्चुलामा अलपत्र पर्दा आफूहरुसमेत समस्यामा परेको उहाँले सुनाउनुभयो ।

    पुर्चौडी–४ का वडाध्यक्ष शैलेन्द्र धानुक अप्ठ्यारोमा परेका नागरिकलाई सरकारले तत्कालै उद्धार गर्न नसक्दा समस्या भएको बताउनुहुन्छ । ‘पहिल्यै महाकाली तरेर आएकाहरु गाउँमा काम गर्न थाले । चौध दिन क्वारेन्टाइन बसेपछि गाउँको काममा लागे, तर महाकाली तर्न नसक्ने अहिले पनि धार्चुलामै कष्टकर जीवन जीउन बाध्य छन्’, धानुकले भन्नुभयो ।

    धार्चुलामा रहेका पुर्चौडीका–४ का अमृत बोहरा आफ्ना जनप्रतिनिधि लिन आउँदा पनि आफूहरुको उद्धार हुन नसकेकामा दुःखी छन् । ‘एक महिनादेखि क्वारेन्टाइनमा छौं, भएको पैसा सकियो, घरमा परिवार चिन्तामा छन्, अझै कहिले उद्धार गर्ने हुन्’, उहाँले भन्नुभयो, ‘धार्चुलामा एसडीएमलाई सोध्यो भने नेपाल लिन मानेको छैन भन्छन्, दार्चुलामा सोध्दा भारतबाट अनुमति आएको छैन भन्छन्’, उहाँले भन्नुभयो ।

    मसालले फेरि दोहोर्‍यायोः सीमामा अलपत्र नेपालीलाई स्वदेश आउन देउ, शहरबाट गाउँ जान देउ

    दुवै देशका सरकारका कारण आफूहरु अलपत्र परेको उनीहरुको गुनासो छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवर नेपालको तर्फबाट आवश्यक प्रक्रिया पु¥याएर भारतलाई दिएको भन्दै भारतले अनुमति दिएपछि उद्धार गरिने बताउनुभयो । ‘हामीबाट सम्पूर्ण तयारी भएकै छ’, उहाँले भन्नुभयो, ‘माथिल्लो तहमा भएको छलफलको आधारमा उद्धार केही दिन पर सरेको हो ।’

    बुधबार, बैशाख १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.