• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बङ्गलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन

दन्किँदै छ आगो…

जग्गा प्रशासन स्थानीय तहबाटै : सेवामा सहजता कि कार्यान्वयनमा चुनौती ?

अनशनरत प्राडा केसीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो

भारतमा गोर्खाभर्ती सुरु गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन

प्रधानन्यायाधीश र न्यायाधीशका अभिव्यक्तिबारे सर्वोच्च अदालतको ध्यानाकर्षण

यमनको तेल प्रशोदन केन्द्रमा साउदी आक्रमण सात जना घाइते : हुथी

भेनेजुएलामा विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु

धान नफलेपछि माडीका किसान चिन्तित

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. वेदकालीन समाज

  • ८. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ९. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

  • १०. भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर


  •   शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित
  • न्यूयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्युयोर्कको एक अदालतले सबै फौजदारी मुद्दासम्बन्धी अभियोगमा दोषी ठहर गरेको छ । यससँगै उहाँ अपराधमा दोषी ठहरिएका पहिलो पूर्व अमेरिकी राष्ट्रपति बन्नुभएको छ ।

    Advertisement

    अदालतले योनकर्मी स्टोर्मी डेनियल्सलाई चुप गराउनका लागि गरिएको भुक्तानी लुकाउनका लागि व्यवसायको रेकर्ड मिथ्या बनाएको ३४ वटा अभियोगमा उहाँलाई दोषी ठहर गरेको थियो । सिद्धान्ततः उहाँलाई प्रत्येक अभियोगका लागि चार वर्षको जेल सजाय हुन सक्छ तर निगरानीको अवधिलाई गणना गर्ने सम्भावना बढी हुन्छ ।

    बिना जमानत रिहा भएका ७७ वर्षीय रिपब्लिकन नेतालाई दोषी ठहर गरेसँगै उहाँलाई एक अपराधीका रूपमा हेरिनेछ । राष्ट्रपतिहरूलाई अक्सर विश्वको सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा वर्णन गरिने अमेरिकाका लागि यो पहिलो ऐतिहासिक र आश्चर्यजनक घटना हो ।

    यद्यपि, जेल जाने सम्भावना नै किन नहोस्, ट्रम्पलाई नोभेम्बरमा राष्ट्रपति जो बाइडनलाई सत्ताच्यूत गर्न आफ्नो लडाई जारी राख्नबाट रोक लगाइएको छैन ।

    ट्रम्पका वकिल टोड ब्लान्चेले आफ्नो टोलीले जतिसक्दो चाँडो अपिल गर्ने तयारी गरिरहेको बताउनुभएको छ भने ट्रम्प आफैले आदेशप्रति तत्काल प्रतिवाद गर्नुभएको छ ।

    “म निकै निर्दोष मानिस हुु”, ट्रम्पले पत्रकारहरूसँग भन्नुभयो, “वास्तविक फैसला चुनावको दिन मतदाताबाट आउनेछ । उहाँले यो मुद्दालाई ‘धाँधलीपूर्ण’ र ‘अपमान’ को संज्ञा दिनुभएको छ ।

    ‘कोही पनि कानुनभन्दा माथि छैन’ भन्ने फैसलाले देखाएको ट्रम्पलाई दोषी ठहर गर्ने अदालतको आदेशपछि बाइडेनको चुनावी अभियानले एक विज्ञप्ति जारी गर्दै बताएको छ । “ट्रम्पले हाम्रो लोकतन्त्रका लागि जुन खतरा खडा गर्नुभएको थियो, त्यो भन्दा ठूलो खतरा कहिल्यै थिएन,” विज्ञप्तिमा भनिएको छ ।

    न्यायाधीश जुआन मर्चनले मिल्वौकीमा हुने रिपब्लिकन नेसनल कन्भेन्सनको चार दिनअघि जुलाई ११ का लागि सजाय सुनाउने आदेश दिनुभएको छ । बाह्र सदस्यीय निर्णायक मण्डलले दुई दिनसम्म ११ घण्टाभन्दा बढी छलफल गरेको थियो र केही मिनेटमै फोरम्यानले सर्वसम्मत निष्कर्ष पढेर सुनाएको थियो ।

    मर्चनले ‘कठिन र तनावपूर्ण कार्य’ पूरा गरेकोमा निर्णायक मण्डललाई धन्यवाद दिनुभयो ।

    माफिया वा अन्य हिंसात्मक प्रतिवादीहरूको मामलामा प्रायः देखिने दुर्लभ अभ्यास अन्तर्गत उनीहरूको पहिचानलाई कार्यवाहीको दौडान गोप्य राखिएको थियो ।

    ट्रम्पमाथि बाइडेनले जितेको सन् २०२० को चुनावको परिणाम उल्टाउन षडयन्त्र गरेको र ह्वाइट हाउस छोडेपछि गोप्य कागजातहरू जम्मा गरेको आरोप पनि लागेको छ ।

    यद्यपि, राष्ट्रपतिको चुनाव भन्दा पहिले यी मुद्दाहरू सुरु हुने सम्भावना छैन ।

    शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बङ्गलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन
    जग्गा प्रशासन स्थानीय तहबाटै : सेवामा सहजता कि कार्यान्वयनमा चुनौती ?
    अनशनरत प्राडा केसीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो
    भारतमा गोर्खाभर्ती सुरु गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन
    प्रधानन्यायाधीश र न्यायाधीशका अभिव्यक्तिबारे सर्वोच्च अदालतको ध्यानाकर्षण
    यमनको तेल प्रशोदन केन्द्रमा साउदी आक्रमण सात जना घाइते : हुथी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      बङ्गलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन

    • २.
      दन्किँदै छ आगो…

    • ३.
      जग्गा प्रशासन स्थानीय तहबाटै : सेवामा सहजता कि कार्यान्वयनमा चुनौती ?

    • ४.
      अनशनरत प्राडा केसीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो

    • ५.
      भारतमा गोर्खाभर्ती सुरु गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन

    • ६.
      प्रधानन्यायाधीश र न्यायाधीशका अभिव्यक्तिबारे सर्वोच्च अदालतको ध्यानाकर्षण

    • ७.
      यमनको तेल प्रशोदन केन्द्रमा साउदी आक्रमण सात जना घाइते : हुथी

    • ८.
      भेनेजुएलामा विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.