• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

पाका मान्छेहरूसँगको इलाम यात्रा


  •   शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित
  • समष्टि बुढा ##

    Advertisement

    प्रगतिशील लेखक सङ्घको राष्ट्रिय परिषद् बैठक र अन्तर्राष्ट्रिय काव्यसङ्गोष्ठी २०८१ सालको जेठ महिनामा हुने सूचना आएदेखि नै यो महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुनका लागि मेरो मनमा तीव्र इच्छा जागृत भइरहेको थियो । यसै क्रममा प्रलेसका केन्द्रीय उपाध्यक्ष समीर सिंहले पनि यो कार्यक्रममा छुट्नुहुँदैन भनी फेसबुक म्यासेन्जरमार्फत सूचना दिएर ममा अझ बढी उत्साह थपिदिनुभयो ।
    प्रलेसको कार्यक्रम, त्यसैमाथि नेपालको प्रख्यात पर्यटकीय स्थान इलाम जिल्लाको श्रीअन्तुडाँडामा हुने भनेपछि मन त्यसै खुसी थियो । घरमा बुबाआमासँग सल्लाह गरेर म यात्राका लागि तयार भएँ ।

    काठमाडौँबाट जाने सम्पूर्ण टोली जेठ १० गते बिहान ५ बजेभित्र कोटेश्वरमा भेट हुने सल्लाह भएको थियो । म साँझबाट नै झोला तयार गरेर बसेँ । मेरा लागि यो नयाँ अनुभूति थियो ।

    १० गते बिहानै समीर सरसँग फोन सम्पर्क गर्दै म कोटेश्वर पुगेँ । त्यहाँ पुगेर म इलाम जानका लागि तयारी अवस्थामा राखिएको गाडीमा चढेँ । गाडी चढेपछि यताउता नजर घुमाएर हेरेँ । त्यहाँ समीर सरबाहेक सबै अनुहार मेरा लागि नयाँ थिए ।

    सबै जना भेला भइसकेपछि हामी अठार जनाको टोली काठमाडौँबाट इलामका लागि प्रस्थान गर्‍यौँ । बिस्तारै गाडीले गति लिँदै थियो । नयाँ ठाउँको यात्रा भएकाले मनमा अनेकौँ कौतुहलता सिर्जिरहेको थियो । नयाँ ठाउँको अनुभूति सँगाल्ने अवसर मिलेकोमा एकातिर म प्रफुल्लि मुद्रामा थिएँ भने अर्कोतर्फ म चुपचाप थिएँ । म चुपचाप किन थिएँ भने त्यहाँ प्रायः सबै पाको व्यक्तिहरू हुनुहुन्थ्यो, ती पनि सबै अपरिचित र नयाँ । उहाँहरूको अगाडि म भर्खरकी आलोकाँचो नै थिएँ । त्यसैले बोल्नु पनि के बोल्नु ? पछि क्रमशः एकार्कासँग विस्तारै सबैमाझ परिचय हुँदै गयो ।

    जे होस्, यो यात्रा मेरा लागि रोचक बन्दै जान थाल्यो । मेरो उमेर समूहमा मबाहेक अरू कोही नहुनु पनि एउटा रोचक पक्ष नै थियो । सायद म सबैभन्दा कम उमेरको भएकाले पनि हुनुपर्छ, पाका र अग्रज सरम्याडमका हरेक कुराकानी र प्रस्तुतिमा मेरो ध्यान आकर्षित भइरहन्थ्यो । अग्रज सरम्याडमले विचारमूलक खालका र सुनौँ सुनौँ लाग्ने ज्ञानगुनका कुरा गर्दै रमाइलो वातावरण बनाइराख्नु भएको थियो ।

    हामी चढेको बस कहिले घुम्ती, कहिले उकालो, कहिले ओरालो, कहिले गर्मी, कहिले कोशीको तिरैतिर हुँदै निरन्तर अगाडि बढिरह्यो । म भने कहिले अग्रजका कुरा सुन्दै त कहिले झ्यालबाहिर आँखाले पुग्ने ठाउँसम्मका नवीन र सुन्दर दृष्य अवलोकन गर्दै हराइरहन्थेँ ।
    अन्तमा हामी करिब करिब रातिको ९ बजेतिर इलामको श्रीअन्तु डाँडामा पुग्यौँ । त्यहाँ हाम्रा लागि होमस्टेमा बस्ने व्यवस्था रहेछ ।

    दिनभरिको लामो यात्राको थकाइले राति राम्रो निद्रा पर्‍यो । ११ गते मोबाइलको घन्टीले मात्रै ब्युझिन पुगेँ । कार्यक्रममा आउनुभएका सबै पाहुनाहरू श्रीअन्तुडाँडामा रहेको भ्युटावरमा सूर्योदय हेर्नका लागि जाँदै हुनुहुँदो रहेछ । म पनि हतार हतार गर्दै हातमुख धोएर बाहिर निस्किए । बाहिर मिर्मिरे उज्यालो भइसकेको थियो । समिर सर मलाई बाहिर कुरेर बसिराख्नु भएको रहेछ । त्यसपछि हामी सँगै उकालो लाग्यौं । रुखका बिचमा रहेको बाटो एकदम सुन्दर थियो । भ्युटावर जानका लागि घोडसवारी पनि रहेछ तर हामी हिँड्दै वरपरको दृश्य हेर्दै अघि बढ्यौँ । बाटोमा अरू मान्छे पनि तलमाथि गर्दै थिए, केही भेटाउन हतार भए जसरी ।

    हामी भ्युटावर पनि पुग्नु र सूर्य पनि उडाउनु एकै समयमा भयो । अलिकति ढिला भएको भए त्यो मनमोहक दृश्य हेर्न छुट्ने रहेछ तर त्यस्तो भएन । यो मेरा लागि एउटा सुनौलो बिहानीभन्दा पनि कम थिएन । त्यसपछि सबै जना मिली फोटा खिचेर नजिकैको पसलमा बसी भक्का पनि खायौँ ।

    भक्का मैले पहिलोपटक खाएको थिएँ । चामलबाट बनेको त्यो भक्का पातमा राखेर हामीलाई दिइएको थियो जुन एकदमै फरक स्वादको थियो । त्यसपछि हामी गफ गर्दै होमस्टेतर्फ फर्कियौँ ।

    परिषद् बैठक दिउँसोको समयमा सुरु भयो । बैठकमा विभिन्न विषयमा छलफल भए । विभिन्न विषयमा आलोचना पनि भए तर अन्तिममा हामी सबै प्रगतिशील लेखकहरू समाज परिवर्तनका लागि सदैव एकताबद्ध भई अझ धेरै सक्रिय हुने निष्कर्षमा पुग्यौँ ।
    बैठक सकिएपछि हामी बसेको होमस्टेमाथिको चियाबगान हेर्न म माथितिर लागेँ । अत्यन्तै सुन्दर दृश्य, फरक फरक जराबाट चियाका बोट पलाएका भए पनि माथि एकनासले झ्याङ्गिएका थिए, जसले गर्दा चियाको बगान अझ सुन्दर देखिएको थियो । यो चियाको बगान हेर्दै गर्दा मैले कल्पना गरेँ, हामी यो यात्रामा सरिक प्रगतिशील लेखकहरू ठिक यस्तै चियाको बगान जस्तै छौँ । हामी फरक फरक बोटबाट उम्रिएका छौँ तैपनि सबै मिलेर प्रगतिशील लेखक सङ्घ नामको सुन्दर बगान तयार पारेका छौँ ।

    घाम अस्ताउँदै गर्दा सिर्सिर बतास लाग्यो । उक्त सिर्सिरे बतासले त्यो ठाउँमा सुनमा सुगन्ध मिसाउँदै ल्यायो । एकक्षण भए पनि त्यो सिर्सिरे बतासमा मन भुलाउँदै म तल फर्किएँ ।

    आजको दिन त्यहाँ आउनुभएको सिर्जना दिदीको जन्मदिन परेकाले साँझ शुभकामना आदानप्रदान कार्यक्रम राखिएको रहेछ । सबै जनाले आफ्नो रचना प्रस्तुत गर्दै शुभकामनाका माला गाँसिदिनुभयो । मैले पनि एउटा कविता सुनाउने मौका पाएँ । यसरी आजको सबै कार्यक्रम सकियो । भोलि फेरि बिहानै श्रीअन्तुडाँडाको अलि तल रहेको पोखरीमा जाने सल्लाह भयो । त्यो पोखरी कस्तो होला भन्ने कौतुहलतासहित म आनन्दको निद्रामा पुगेँ ।

    १२ गते बिहानै नयाँ ठाउँ हेर्ने उत्साहले हो कि आफै निद्रा खुल्यो । त्यसपछि तयार भएर हामी पोखरीतिर लाग्यौँ । पोखरी वरपरको शान्त र रमणीय दृश्यले हिजो बेलुका सुत्दै गर्दा उन्पन्न भएको मेरो मनको कौतुहलता मेटिदियो । केही समयपछि त्यो सुन्दर पोखरीलाई त्यहीँ छाडेर हामी त्यहाँबाट फर्कियौँ । यो मेरा लागि अर्को सुनौलो अवसर थियो । बिहानको सुरुआटमा नै यसरी प्रकृतिसँग रम्न पाउँदा मनमा उज्यालो छाएको महसुस भयो ।

    करिब करिब बिहान ८ बजेबाट अन्तर्राष्ट्रिय काव्यसङ्गोष्ठी सुरु भयो । कार्यक्रमको पहिलो भागमा कार्यपत्र प्रस्तुत भए । त्यसैगरी, दोस्रो भागमा सबै जनाले आफ्नो रचना प्रस्तुत गर्नुभयो । मैले पनि काठमाडौँबाट पोको पारेर ल्याएको कविता वाचन गर्ने अवसर पाएँ । कार्यक्रमको बिचमा इलामका स्थानीयले लाखेनाच र नेवारी नाचको प्रस्तुति पनि दिनुभएको थियो । काठमाडौँमा हेरेको नेवारी नाचभन्दा त्यहाँको अलि फरक थियो । यो पनि मेरा लागि नयाँ अनुभव नै भयो । यसरी यो दिन पनि एकदमै फलदायी भयो ।

    कार्यक्रमका लागि आउनुभएका कतिपय साहित्यकारहरू १२ गते नै फर्किसक्नु भएको थियो तर हामी काठमाडौँबाट आएको टोलीले दार्जलिङसम्म भ्रमण गर्ने सल्लाह गरेका थियौँ । सोहीअनुरूप हामी १४ जनाको टोली १३ गते बिहानै दार्जलिङका लागि यात्रा सुरु गर्‍यौँ ।

    नेपालको सिमानाभन्दा बाहिरको यो मेरो पहिलो यात्रा थियो । त्यसैले पनि यो मेरो जीवनका लागि नौलो अनुभूति रह्यो ।
    हामी गाडीबाट रोकिँदै बिचबिचमा ठाउँहरू अवलोकन गर्दे, फोटा लिँदै अगाडि बढ्दै गर्‍यौँ । करिब करिब ९ बजे पुगेको दार्जिलिङमा हामी करिब दुई घन्टा लामो जाममा परेका थियौँ तर पनि पहाडमा चिटिक्क मिलेका घरले हामी सबैको मन लोभ्याइदिएको थियो ।

    बेलाबेलामा ओहोरदोहोर गर्ने रेल पनि मैले जीवनमा पहिलोपटक देख्न पाएँ । यस्तो लामो रेल चढ्न पाए कस्तो हुन्थ्यो होला ? मनमा प्रश्न उठेको थियो तर हाम्रो रेल चढ्ने कार्यक्रम नभएकाले मनमा उठेको प्रश्न मनमै रहिरह्यो ।

    दार्जिलिङ निकै नै सुन्दर थियो, झन्डै झन्डै मेरै जन्मस्थान मुसिकोट खलङ्गा जस्तै । अलिकति सिँगार्न सक्ने हो भने रुकुम पश्चिमको मुसिकोट क्षेत्र पनि दार्जिलिङभन्दा कम छैन । यसरी दार्जिलिङ हेर्दै गर्दा त्यो ठाउँले मेरो रुकुम पश्चिमको मुसिकोट खलङ्गालाई सम्झाइदिएको थियो ।

    जे होस्, मलाई दार्जिलिङको अरू सबै सुन्दर लाग्यो तर त्यहाँको सडक अलि अव्यवस्थित लाग्यो । साँघुरो रोड, त्यसै माथि अव्यवस्थित व्यापार र ट्राफिकले गर्दा त्यहाँ आउने पर्यटकले दुःख पाइरहेको मैले महसुस गरे । हामीलाई बास बस्नका लागि झापा फर्किनुथियो । त्यसैले हामी धेरै नअल्मलिकन भानुचोक, चियाबारी, बतासियालगायतका ठाउँ घुमेर फर्किएका थियौँ ।

    झापामा हामीसँगै काठमाडौँबाट जानुभएका केशु मेडमको घरमा बसेर हामी जेठ १४ गते काठमाडौँतर्फ लाग्यौँ ।

    यो यात्राको सुरुवातमा नयाँ लागेका पाका अनुहार अहिले मेरो लागि परिचित भइसकेका थिए । यसरी यो यात्राबाट फर्किदै गर्दा मनमा छुट्टै आनन्द लागिरहेको थियो । पाका मान्छेसँगको यो सहयात्रा मेरो लागि सबैभन्दा मूल्यवान अवसर थियो । “आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको” भनेर पहिलेका मान्छेले त्यसै भनेका रहेनछन् ।

    यसपटकको पाका मान्छेसँगको सङ्गतले गर्दा धेरै कुरा जान्न, सुन्न र अनुभव गर्ने अवसर मैले पाएँ । त्यसैमाथि सबैले मप्रति देखाउनु भएको मायाले अझै ममा ऊर्जा थपिदियो । निरन्तर अघि बढ्ने हौसला पनि भयो । प्रगतिशील भावसँग सुन्दर प्राकृतिक दृष्यमिश्रित यो यात्रा मेरो जीवनकै सुन्दर र अविस्मरणीय यात्रा भयो ।

    शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.