• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

कवि

गजल

लागुऔषधसहित १३ जना पक्राउ

मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

सदस्यता शुद्धीकरणमा भेदभाव गरिएकोमा प्रगतिशीलको कडा विरोध


  •   सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सदस्यता शुद्धीकरणको सवालमा भेदभाव अपनाएकोमा विरोध गर्दै प्रगतिशील पत्रकार सङ्घले सङ्घर्षमा उत्रिने चेतावनी दिएको छ ।

    Advertisement

    प्रगतिशील अध्यक्ष श्याम पोखरेलको हस्ताक्षरमा २०८० जेठ १४ गते सोमबार जारी प्रेसवक्तव्यमा यस्तो धारणा व्यक्त गरिएको हो ।

    आस्थाको आधारमा प्रगतिशील पत्रकार सङ्घसम्बद्ध क्रियाशील पत्रकारको महासङ्घको सदस्यता खारेज गरिएको, नयाँ क्रियाशील पत्रकारलाई सदस्यता नदिइएको तथा सदस्यता स्थानान्तरणको सवालमा बेवास्ता गरिएको प्रगतिशीलले दाबी गरेको छ ।

    शुद्धीकरण नामावलीका यी कमजोरी तत्कालै नसच्याए सङ्घर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी दिइएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “नेपाल पत्रकार महासङ्घले हालै जारी गरेको सदस्यता शुद्धीकरणपछिको नामावलीप्रति प्रगतिशील पत्रकार सङ्घ, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

    शुद्धीकरणपछि जारी गरिएको नामावलीमा हाम्रो सङ्गठनसम्बद्ध क्रियाशील पत्रकारहरूको सदस्यता आस्थाकै आधारमा खारेज गरिएको छ । यस क्रममा उही प्रकृतिका अन्य पत्रकारको सदस्यता कायम राखिएको छ भने हाम्रो सङ्गठनसम्बद्ध क्रियाशील पत्रकारको सदस्यता भने खारेज गरिएको छ । त्यस्तै, नयाँ क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्ने सवालमा पनि भेदभावपूर्ण रवैया अपनाइएको छ । उस्तै प्रकृतिका अन्य पत्रकारलाई सदस्यता प्रदान गरिएको छ भने हाम्रो सङ्गठनसम्बद्ध क्रियाशील पत्रकारलाई महासङ्घको सदस्यता प्रदान गरिएको छैन । त्यसैगरी, महासङ्घको सदस्यता स्थानान्तरणको सवाललाई पनि नामावलीमा सम्बोधन गरिएको छैन । स्थानान्तरणको सट्टा सदस्यता नै खारेज गर्ने तरिका अपनाइएको छ । सदस्यता नामावली जारी गर्दा अनाइएको यस्तो गलत तरिका बागलुङ, कपिलवस्तु, अर्घाखाँची, बाँके, दाङ, प्युठानलगायतका जिल्लामा देखा परेका छन् ।

    हामी महासङ्घको सदस्यता शुद्धीकरणको सवालमा अपनाइएको यस खालको भेदभावपूर्ण रवैयाको कडा शब्दमा विरोध गर्दछौँ । आस्थाकै आकारमा हटाइएका हाम्रो सङ्गठनसम्बद्ध क्रियाशील पत्रकारको सदस्यता कायम गर्न, नयाँ क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्न र स्थानान्तरण गरिएका सदस्यको सदस्यता प्रस्तावित जिल्लामा तत्कालै कायम गर्न माग गर्दछौँ । यदि पत्रकार महासङ्घले यी मागलाई बेवास्ता गरेमा त्यसका विरुद्ध सङ्घर्षको कार्यक्रम घोषणा गर्न हामी बाध्य हुने जानकारी गराउँछौँ । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार पत्रकार महासङ्घ आफै हुने पनि स्पष्ट गर्न चाहान्छौँ ।

    पत्रकार महासङ्घको सदस्यता शुद्धीकरणपछिको नामावली कति पूर्वाग्रहयुक्त र अवास्तविक छ भन्ने तथ्य यसबाट पनि थाहा हुन्छ, महासङ्घकै कैयौँ जिल्ला शाखा र विभिन्न पत्रकार सङ्गठनले त्यसप्रति असहमति जनाउँदै महासङ्घको निर्वाचन प्रक्रियामा सामेल नहुने घोषणा गरिसकेका छन् । हाम्रो सङ्गठन सदस्यता शुद्धीकरणको नाममा अपनाइएको यस्तो भेदभावपूर्ण रवैयाका विरुद्ध आवाज उठाउने पत्रकार महासङ्घका जिल्ला शाखा र अन्य पत्रकार सङ्गठनको आवाजप्रति ऐक्यबद्धता व्यक्त गर्दछ ।”

    सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध
    लागुऔषधसहित १३ जना पक्राउ
    मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व
    हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन
    वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
    अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

    • २.
      राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

    • ३.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ४.
      कवि

    • ५.
      गजल

    • ६.
      लागुऔषधसहित १३ जना पक्राउ

    • ७.
      मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

    • ८.
      हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.