• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

कवि

गजल

लागुऔषधसहित १३ जना पक्राउ

मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

नीति तथा कार्यक्रममा संशोधन होइन, छलफलमै सहभागी नभएको राजमोको स्पष्टीकरण


  •   आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले आजको प्रतिनिधि सभा बैठकमा सत्तापक्षद्वारा जबर्जस्ती प्रस्तुत नीति तथा कार्यक्रमप्रति कुनै संशोधन नराखेको मात्रै होइन, सो छलफलमै सहभागी नभएको स्पष्ट पारेको छ ।

    Advertisement

    कतिपय सञ्चारमाध्यमले राजमोले नीति तथा कार्यक्रममा संशोधन राखेको र उक्त संशोधन बहुमलेत अस्वीकार भएको समाचार प्रकाशन गरेपछि राजमोले यस्तो स्पष्टीकरण दिएको हो ।

    अध्यक्ष केसीका स्वकीय सचिव कृष्ण अधिकारीले २०८१ जेठ १३ गते आइतबार नै स्पष्टीकरण सार्वजनिक गर्दै राजमोले यस सम्बन्धमा थप प्रष्ट पारेको छ ।

    यो पनि

    नीति तथा कार्यक्रमप्रति राष्ट्रिय जनमोर्चाको विरोध तथा बहिष्कार

    स्पष्टीकरणमा सहकारी ठगी प्रकरणमा गृहमन्त्री रविलाई जोगाउने तथा प्रतिपक्षलाई बाइपास गर्ने सत्तापक्षीय रवैयाका विरुद्ध राजमोले नीति तथा कार्यक्रमको छलफलमा भाग नलिएको बताइएको छ । साथै स्पष्टीकरणमा अध्यक्ष केसीले प्रतिनिधि सभाको आजको नीति तथा कार्यक्रमबारे कुनै संशोधन प्रस्तुत नगरेको पनि प्रष्ट पारिएको छ ।

    यस्तो छ, स्पष्टीकरणको पूर्ण पाठ :

    “सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद्मा राष्ट्रिय जनमोर्चालगायतका प्रतिपक्षी दलहरूले विरोध गर्दै आएको कुरा सर्वविदितै छ । सरकारले प्रतिपक्षको मागलाई सम्बोधन गर्नुको सट्टा गृहमन्त्रीलाई जोगाउने गरी नै व्यवहार गर्दै आएको परिणाम संसद् पनि अवरुद्ध भइरहेको छ ।

    संसद्भित्र प्रतिपक्षको माग सम्बोधन नहुँदासम्म सरकारले संसद्मा प्रस्तुत गरेको कार्यसूचीउपर कुनै छलफल हुन सक्दैन । आज संसद्मा सरकारले मार्सल लगाई नीति तथा कार्यक्रममाथि छलफल सुरु गराउँदा सबै प्रतिपक्षीले आआफ्नो स्थानमा उठेर वा बेल घेरेर विरोध जनाएको कुरा सार्वजनिक भइसकेको छ । सरकारले संसद्मा छलफल गराउन खोजेको नीति र कार्यक्रममाथि भाग नलिने गरी माननीय चित्रबहादुर केसीले आफ्नो स्थानबाट विरोध गरेको कुरा स्पष्ट नै छ तर कतिपय राष्ट्रिय स्तरका समाचारमाध्यममा माननीय चित्रबहादुर केसीले “आजको बैठकमा सरकारको नीति तथा कार्यक्रमउपर संशोधन प्रस्ताव राखेको” भनी समाचार प्रकाशित गरेको हुनाले त्यसबाट भ्रम सिर्जना हुन गएकाले स्पष्टीकरणका लागि यो विज्ञप्ति जारी गरिएको छ ।

    आजको संसद् बैठकमा माननीय चित्रबहादुर केसीले नीति तथा कार्यक्रमको विषयवस्तुभित्र प्रवेश नगरेको, दलको विरोध हुँदाहुँदै उहाँलाई नीति तथा कार्यक्रमको संशोधन प्रस्तावउपर बोल्न सभामुखले रुलिङ गरेकोमा संशोधन प्रस्तावउपरको छलफलमा भाग लिने कुराको विरोध गर्दै सरकारको कार्यशैलीको कडा विरोध गर्नुका साथै आजको संसद्को बैठकमा कुनै छलफलमा माननीय चित्रबहादुर केसी सहभागी नहुनुभएको तथा संशोधन प्रस्तावसमेत नराखेको व्यहोरा यसै विज्ञप्तिमार्फत् जानकारी गराउँछु ।”

    आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध
    लागुऔषधसहित १३ जना पक्राउ
    मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व
    हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन
    वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
    अर्नब चक्रवातको प्रभाव कमजोर हुँदा मौसममा सुधार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

    • २.
      राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

    • ३.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ४.
      कवि

    • ५.
      गजल

    • ६.
      लागुऔषधसहित १३ जना पक्राउ

    • ७.
      मुस्ताङ भन्सारबाट उठ्यो ११ अर्ब बढी राजस्व

    • ८.
      हिमपातले डोल्पामा छ भारतीय पर्यटक सम्पर्कविहीन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.