बरेङ (बागलुङ) । बागलुङको बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचौरमा अखिल नेपाल महिला सङ्घको वडाभेला सम्पन्न भएको छ ।
२०८१ जेठ १० गते बिहीबार सम्पन्न भेलामाझ उक्त समिति गठन भएको हो ।
भेलाले फूलमाया विश्वकर्मा अध्यक्ष रहनुभएको १३ सदस्यीय वडासमिति गठन गरेको छ ।
समितिमा मनरूपा पुन उपाध्यक्ष, जमुना राना बुढाथोकी सचिव, कुमारी पुन सहसचिव, सावित्रा श्रीस कोषाध्यक्ष तथा सदस्यहरूमा मुना केशी, माया विक, बल्लपी क्षेत्री, काली श्रीस, कल्पना बोहरा, राजकुमारी श्रीस, विष्णु बुढाथाकी र बल्लपी श्रीस रहनुभएको छ ।
एकाइ समिति पनि
त्यस्तै, भेलाले वडा नं. ३ बाटाकाचौरमा नै जमुना सुनारको अध्यक्षतामा महिला सङ्घ एकाइ समिति गठन गरेको छ ।
समितिमा विष्णु पुन उपाध्यक्ष, सङ्गिता काउचा सचिव, सुमित्रा पुन सहसचिव, रिता वर्मा कोषाध्यक्ष र सदस्यहरूमा रिमा सुनार, कुमारी बुढाथोकी, खैसरा विक, रिता सुनार, झुपा बोहरा र कमला बोहरा रहनुभएको छ ।





