तौलिहवा । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ११ कुशहवा गाउँमा जातीय समता समाजको टोल समिति गठन भएको छ ।
समाजका जिल्ला सदस्य तथा शिवराज नगर समितिका अध्यक्ष मोहन विकको प्रमुख आतिथ्यमा २०८१ जेठ १० गते सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
सो अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि विकले समता समाजको उद्देश्य र नेपालमा दलित समुदायको अवस्थाबारे प्रकाश पार्नुभएको थियो ।
भेलालाई राष्ट्रिय जनमोर्चा कपिलवस्तुका सचिव केरसिंह अदैले पनि सम्बोधन गर्नुभएको थियो ।
भेलाले यशोदा नेपाली अध्यक्ष रहनुभएको १३ सदस्यीय कुशहवा टोल समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा पोमबहादुर नेपाली, सचिवमा पूजा नेपाली, कोषाध्यक्षमा मीना नेपाली र सदस्यहरूमा मानबहादुर विक, लिलबहादुर नेपाली, पम्फा नेपाली, कलौती सुनार र राजु नेपाली रहनुभएको छ ।
त्यस्तै, वैकल्पिक सदस्यहरूमा रेखा परिवार र रामकला नेपाली तथा सल्लाहकारमा दिलबहादुर नेपाली र सुमित्रा परियार रहनभएको छ ।
पोमबहादुर नेपालीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रमको सञ्चालन यशोदा नेपालीले गर्नुभएको थियो ।
