• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • २. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

उद्यमी बन्ने बाटोमा बागलुङ जैमिनीका किसान


  •   बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित
  • बलेवा (बागलुङ) । बागलुङको जैमिनी नगरपालिका–३ दमेकको नौला, कालापातल, दहलगायत क्षेत्रमा हिउँद बर्खा दुवै याममा आलुको राम्रो उत्पादन हुन्छ । केही वर्ष अघिसम्म यहाँ नागरिकले आलुसँग अन्न साटेर वर्षभरिको खर्च चलाउँथे । दाल–चामल, नुनतेल र मसलाको जोहो गर्न आलुनै स्रोत थियो ।

    Advertisement

    उपल्लो दमेकको उत्पादन आलु मात्रै होइन मकै, कोदो, सिस्नो र बाँको पनि हुन् । पुर्खाले जे–जसरी उपभोग गर्न सिकाए उसैगरी यहाँका नागरिकले उत्पादनको उपभोग गरे पनि जमाना फेरिएको छ । पहिलेजस्तो आलु साट्न कालापातल कोही पुग्दैनन् । चामल खानकै लागि कालापातलवासीले आलु साट्न आउनेहरुलाई कुर्नु पर्दैन । आजभोलि दमेकको आलुको चिप्स, सिरिम्ले मकै ब्रान्ड भएको र सिस्नोको धुलो विदेश निर्यात हुन्छ । नगरपालिकाले आफ्ना नागरिकलाई उद्यमी बनाउने अभियानअन्तर्गत रैथाने र परम्परागत बालीलाई आधुनिक उपभोग्य वस्तु बनाउन सिकाएको छ । नगरले उद्यमशीलता तालिम सञ्चालन गरिरहेको छ ।

    स्थानीय तहमा रहेका कच्चापदार्थको उपयोग गर्दै नागरिकलाई आम्दानीसँग जोड्न विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आइरहेको उपप्रमुख हरिहर शर्मा बताउनुहुन्छ । दमेकमा आलु चिप्स, दालमोठ, भुजिया, फुरनदाना, नमकिन, चना र फ्राई चिउरा बनाउने तालिम नगरपालिकाले सञ्चालन गरेको थियो । त्यसपछि दमेकबासीले आलु चिप्स विदेश निर्यात गर्न थालेका छन् । “रु एक सय ५० मा बिक्री हुने आलुको रु एक हजार पर्ने गरी चिप्स बन्छ, किसानलाई धेरै फाइदा भएको छ”, वडाध्यक्ष कृष्णबहादुर भुजेलले भन्नुभयो, “हाम्रो वडाका नागरिक केही न केही निर्यात गर्छन् जसको आम्दानीले खर्च चलेको छ ।” गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम जैमिनीमा सञ्चालित छ । त्यसले उद्यमी बन्न प्रेरित गर्ने नगरप्रमुख नरबहादुर पुनले बताउनुभयो ।

    उद्यमशीलताको विकासका लागि जैमिनीले लगानी गर्ने उहाको धारणा थियो । कृषिजन्य वस्तुको उत्पादन, बजारीकरण र प्रवद्र्धन गर्नका लागि कृषकसँग सहकार्य गर्नुपर्ने चर्चा गर्दै नगरप्रमुख पुनले नगरले दिएको सीपलाई नागरिकले व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय स्रोत र साधनको परिचालन गरी रोजगारी सिर्जना गर्ने तथा किसानलाई आत्मनिर्भर गराई आम्दानी बढाउनका लागि सबैसँग सहकार्य गर्ने वडाध्यक्ष भुजेल बताउनुहुन्छ ।

    बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.