काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा (मशाल) बीच हुन लागेको एकतामा सामेल नहुन मशालको दाङ जिल्ला समितिले अपील गरेको छ ।
नेकपा (मशाल) दाङ जिल्ला समितिले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी सिद्धान्तहिन एकता गर्न लागिएको भन्दै सो एकतामा सामेल नहुन कार्यकर्ता पंक्तिसित आग्रह गरिएको छ ।
जिल्ला समितिका सचिव रामबहादुर जिएमले प्रेशित गर्नुभएको वक्तव्यमा भनिएको छ, ‘सैद्धान्तिक रूपमा पथ प्रदर्शक सिद्धान्तको रूपमा माओवाद वा विचारधारा के मान्ने, दशवर्षे सशस्त्र द्वन्दलाइ उग्रवामपन्थी गल्ती भन्ने वा नभन्ने, नेपाललाई एकात्मक राज्य मान्ने कि बहुराष्ट्र साथै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मानेको संघीयताको विषयमा जातिय पहिचानसहित पृथक हुन पाउने आत्मनिर्णयको अधिकारबारे गम्भीर विवाद थिए । नेकपा (मशाल) ले यस प्रकारको सिद्धान्त र नीतिमा पार्टी एकता गर्ने भन्ने कहीँ पनि निर्णय भएको थिएन ।’
साथै वक्तव्यमा ‘त्यसरी गलत प्रकारको पार्टी एकता गर्नु कम्युनिस्ट आन्दोलनलाई गलत बाटोमा लैजानु साथै समाप्त पार्ने खेल हो’ भनिएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) र मोटो मशालबीच यही वैशाख १९ गते पार्टी एकता हुँदैछ । सिद्धान्तहिन ढंगले माओवादीमा समाहित हुन लागेको भन्दै मोटो मशालभित्र तीब्र असन्तुष्टि बढेको छ ।
यस्तो छ वक्तव्य

यस्तो छ पार्टी एकता गर्ने मोहन वैद्य र सन्तबहादुर नेपालीको वक्तव्य
