काठमाडौं । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार यस्तो फैसला गरेको हो ।
अदालतका स्रेस्तेदार उद्धव ढोडारीका अनुसार ज्यान मारेको तथा विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान लिएको अभियोगमा आलमसहित महताव आलम, शेष सेराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको हो ।
यस मुद्दामा कूल ११ जना प्रतिवादी रहेकोमा चार जनालाई जन्मकैदको सजाय तोकिएको हो । एक जनालाई भने अदालतले सफाइ दिएको छ।
स्रेस्तेदार ढोडारीका अनुसार मुक्ती साहले सफाइ पाएका हुन् । यसैगरी ६ जनाको हकमा मुद्दा मुल्तवीमा राखिएको छ ।
मोहम्मद मोबिन, शेष फजलेहक, शेष भदइ, सागिर आलम, गौरीशंकर साह र शेष मालाकारको हकमा मुद्दा मुल्तवी राखिएको अदालतले जनाएको छ ।
आलमसमेतका मान्छे मिली जिउँदै इँटा भट्टामा राखी ज्यान मारेको भन्दै १८ कात्तिक २०७६ मा मुद्दा दायर भएको थियो । जसमाथि साढे चार वर्षपछि फैसला भएको हो ।