• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

आगलागी पीडितका लागि विशेष राहत कोषको व्यवस्था गर्न राजमोको माग


  •   बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले देशका विभिन्न भागमा भइरहेको आगलागीका घटनाबाट जनधनको क्षति भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    Advertisement

    राजमोले बिहीबार (१३ वैशाखमा) एक विज्ञप्ति प्रकाशित गरी आगलागी पीडितलाई राहत प्रदान गर्न भूकम्प र बाढी प्रभावितलाई जस्तै विशेष कोषको व्यवस्था गर्न माग गरेको छ ।

    उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलद्वारा जारी विज्ञप्तिमा विश्वब्यापीरुपमा बढ्दै गइरहेको तापक्रमको असर जलवायुमा परेको र जलवायु परिवर्तनका कारण जनताको जीवनस्तर कष्टकर बन्दै गइरहेको उल्लेख छ ।

    यस्तो छ विज्ञप्ति
    देशमा बढ्दै गइरहेको आगलागीका घटनाप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । पहाड र तराई दुवैतिर आगलगाीका घटना बढिरहेका छन् । आउने महिनाहरूमा त्यसप्रकारका घटना अरु बढेर जाने निश्चित छ । यो देशब्यापी गम्भीर समस्या हो ।
    आगलागीबाट देशमा ठूलो पैमानामा जनधनको क्षति हुने गरेको छ । घरहरू जल्दा जनताको जीवन निर्वाहमासमेत कठीनाई हुने गरको छ ।

    आज देशमा बढिरहेको आगलागीका घटनाहरू कुनै आकस्मिक घटना नभएर विश्वब्यापीरुपमा बढ्दै गइरहेका जलवायु परिवर्तनका परिणामहरू हुन् । विश्वमा तापक्रम लगातार बढ्दै गइरहेको छ । ठूला पूजीवादी देशहरुमा ठूलो पैमानमा बढेर गएका उद्योगहरूका कारणले नै यस्तो स्थिती उत्पन्न भएको हो ।

    जलवायू सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरुमा विश्वमा बढ्दै गइरहेृको तापक्रम घटाउनेबारे छलफल हुन्छ, र त्यसका लागि कैयौं सम्झौताहरू पनि हुन्छन् । तर तिनिहरुले कार्यान्वयन गर्नका लागि ठूला पुँजीवादी राष्ट्रहरु नै अवरोध बनेर उभिन्छन् । त्यसको परिणामस्वरुप विश्वमा तापक्रम बढ्दै जान्छ, र त्यसको असर जलवायुमा पर्दछ । त्यसको परिणामस्वप विश्वमा पानीका स्रोतहरू सुक्दै गइरहेका छन् । जीवजन्तुहरूका कैयौँ प्रजातीहरु नष्ट हुँदै गइरहेका छन् । हिमालयको हिउँ पग्लँदै गइरहेको छ ।

    यसले गर्दा कृषिमा प्रतिकुल असर परिरहेको छ । ती सबैको परिणामस्वरुप मानव जातिको भविष्यमा नै गम्भीर असर पुग्ने कुरा स्पष्ट छ । केही दशकहरुपछि नै पृथ्वीमा जीवन असैह्य बन्दै जाने खतरा बढिरहेको छ ।

    आज देशमा बढिरहेको आगलागीलाई विश्वस्तरमा भइरहेको जलवायु परिवर्तनको पृष्ठभूमीमा नै हेर्नु र बुझ्नुपर्दछ । त्यो अवस्थामा एकातिर विश्वस्तरमा नै जलवायूमा भइरहेको परिवर्तनमा सुधारका लागि विशेष पहलकदमी गर्न हामीले सरकारसित माग गर्दैछौँ भने अर्कोतिर आगलागीका घटनाहरूलाई रोक्नका लागि सरकारले ठोस र दीर्घकालीन प्रकारले योजना बनाएर काम गर्नुपर्ने आवश्यकता छ ।

    तत्कालीन रुपमा आगलागीबाट जनतालाई जुन ठूलो क्षति पुगेको छ, त्यसको समाधानका लागि पनि सरकारले ठोस योजना बनाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ । त्यसको लागि भूकम्प पीडित वा बाढीद्वारा पीडित जनताको लागि सरकारले कार्यक्रम बनाएजस्तै आगलागीबाट पीडित जनताका लागि पनि सरकारले एउटा आपतकालीन कोष बनाएर काम गर्नका लागि हामीले सरकारको ध्यानआकर्षित गर्न चाहन्छौँ ।

    दुर्गा पौडेल
    उपाध्यक्ष तथा प्रवक्ता
    राष्ट्रिय जनामोर्चा

    बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.