सुर्खेत । कर्णाली प्रदेशमा माओवादी केन्द्रका सांसद रणसिंह परियार बिनाविभागीय मन्त्री नियुक्त भएका छन् । हुम्लाका परियारले बुधबार बिनाविभागीय मन्त्रीको रुपमा कर्णाली प्रदेश प्रमुख तिलक परियालले शपथ खुवाए ।
Advertisement
गत चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता यामलाल कँडेलले १५ दिनपछि मन्त्रिपरिषदमा एक जना मात्रै मन्त्री थप्न सकेका छन् ।
सत्ता साझेदार दल एमाले–माओवादीबीच मन्त्रालय भागबन्डा तथा मन्त्रीहरूको नाम टुंगाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको हो ।