खलङ्गा । नेकपा (मसाल) प्युठानको आयोजनामा पार्टीस्थापनाको पचहत्तरौँ वर्ष (हीरक जयन्ती) एवम् लेनिनको एक सय पचपन्नौँ जन्मजयन्तीको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष वोमबहादुर खत्रीको प्रमुख आतिथ्यमा २०८१ वैशाख १० गते सोमबार प्युठानको पुण्यखोलामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि खत्रीले नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको मर्मलाई आत्मसात गर्न सबै कम्युनिस्ट पार्टीलाई आह्वान गर्नुभयो ।

उहाँले बहुसङ्ख्यक नेपाली जनतामा कम्युनिस्ट पार्टीप्रति आस्था रहेको तर पार्टीहरूले त्यसमा बेइमानी गरिरहेको दाबी गर्नुभयो ।
सोही कार्यक्रममा मन्तव्य राख्दै राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले नेकपा (मसाल) ले मात्र नेपालमा कम्युनिस्ट पार्टीको सैद्धान्तिक एवम् वैचारिक नेतृत्व गरिरहेको जिकिर गर्नुभयो ।

सो अवसरमा नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश सदस्य उमाराम पौडेल, नेकपा (मसाल) लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जिसी, क्रान्तिकारी कम्युनिस्ट पार्टी प्युठानका इन्चार्ज टीकाराम पौडेल, नेकपा (एकीकृत समाजवादी) प्युठानका अध्यक्ष भोजविक्रम बुढा, नेकपा (माले) प्युठानका सचिव तिलविक्रम केसी र राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले सम्बोधन गर्नुभएको थियो ।

वक्ताहरूले कम्युनिस्ट आन्दोलनको रक्षा र समाजवादी आन्दोलनको आवश्यकताबारे आआफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेकपा (मसाल) प्युठानका प्रवक्ता एवम् कार्यक्रमका अध्यक्ष राम पहाडीले पार्टीको तर्फबाट अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम केशव आचार्यको स्वागत मन्तव्य एवम् ध्रुव थापाको सञ्चालनमा अघि बढेको थियो ।






