• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

मेलम्चीमा भ्रष्टाचार : तीन कम्पनी र १५ जनाविरुद्ध मुद्दा, कसलाई कति बिगो ?


  •   आइतबार, फागुन ०६, २०८० मा प्रकाशित
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोगजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै आइतबार १५ जना कर्मचारी र तीन वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

    Advertisement

    आइतवार आयोगले विशेष अदालतमा अनुसन्धान पूरा गरी मेलम्ची खानेपानी विकास समितिबाट तत्कालीन भएको अनियमितता सम्बन्धमा आज आरोपपत्र दर्ता गरेको हो ।

    विशेष अदालतका प्रवक्ता एवं सूचना अधिकारी धनबहादुर कार्कीले मेलम्ची खानेपानी विकास समितिबाट तत्कालीन भएको अनियमितता सम्बन्धमा आरोप पत्र दायर भएको बताए । जसमा तीन जना मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्ष र खानेपानी मन्त्रालयका तत्कालीन सचिव तीन जना रहेको बताए ।

    डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र गजेन्द्रकुमार ठाकुर तीन जना पूर्वसचिव सहित दुई जना विदेशी परामर्श दाता र एक जना निर्माण व्यवसायी विदेशीसहित जम्मा १८ जनालाई विपक्षी बनाएर विभिन्न फरक—फरक व्यक्तिलाई फरक—फरक बिगोको मागदाबी गरिएको उनले जानकारी दिए ।

    कसलाई कति बिगो दाबी ?

    उनीहरू मध्ये शर्मा र पौडेलले ६ करोड ९७ लाख ८३ हजार १७८ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ। दुवैबाट उक्त रकम बराबरको बिगो असुल गर्नुपर्ने, विगो बमोजिमको जरिवाना र कैद सजाय हुनुपर्ने दाबी छ।

    त्यस्तै उपाध्यक्षले ४ करोड ११ लाख ३४ हजार २७९ रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ। उनलाई बिगो, बिगो बमोजिम जरिवाना र कैद सजाय हुनुपर्ने माग गरिएको छ।

    विकास समितिका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्‍त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरविरूद्ध ६० करोड ४९ लाख १९ हजार ८८४ रुपैयाँ बिगो, बिगो बमोजिम जरिवाना र कैद सजाय हुनुपर्ने अख्तियारको माग छ।

    उनीहरू चारै जना विशिष्ट श्रेणीका सचिव पदमा रही भ्रष्‍टाचारमा संलग्न देखिएको हुँदा थप सजाय हुनुपर्ने दाबी लिइएको छ।  भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार राष्ट्रसेवकले भ्रष्टाचार गरेमा थप सजाय हुन्छ।

    त्यसैगरी विकास समितिको तत्कालीन बोर्ड सदस्य रहेका रूद्रसिंह तामाङलाई  ११ करोड ९ लाख १७ हजार ४५८ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा लागेको छ। उनलाई पनि बिगो, बिगो बमोजिम जरिवाना र कैद सजाय ह माग गरेको छ। उनी हाल अध्‍यागमन विभागका महानिर्देशक छन्।

    अर्का सदस्य चन्द्रबहादुर थापासँग अख्तियारले ७१ करोड ५८ लाख ३७ हजार ६४३ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा लगाएको छ। उनलाई बिगो, बिगो बमोजिम जरिवाना गरी र कैद सजायको मागदाबी गरेको हो।

    विकास समितिका तत्कालीन कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलविरूद्ध पनि मुद्दा दायर भएको छ।

    अख्तियारले भट्‍टराईसँग २२ करोड ७५ लाख १९ हजार ८९६ रुपैयाँ, देवकोटासँग ३२ करोड ३५ लाख ६१ हजार ६६३ रुपैयाँ र कँडेलसँग ८९ करोड ८ लाख ९८ हजार २८५ रुपैयाँ बिगो मागदाबी गरेको हो।

    यो मुद्दामा अख्तियारले कँडेलसँग सबैभन्‍दा बढी बिगो मागदाबी गरेको छ। उनीहरू सदस्यसचिव तथा महाप्रबन्धक सरह कार्यकारी निर्देशक पदमा रहेर भ्रष्टाचार गरेको भन्दै थप सजाय माग गरेको हो।

    अख्तियारका अनुसार समितिका तत्कालीन उपसचिव एवं लेखा मणिभद्र न्यौपाने, लेखा अधिकृत रामचन्द्र न्यौपाने र लेखा बेगनाथ पौडेलले जनही ३२ करोड ३५ लाख ६१ हजार ६६३ रुपैयाँ बराबरको भ्रष्टाचार गरेका छन्।

    तत्कालीन लेखा केदारप्रसाद अर्यालले ४४ करोड ७३ लाख ७३ हजार ७२ रुपैयाँ भ्रष्टाचार गरेका छन्। उनीहरूबाट पनि बिगो असुल, बिगो बमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ।

    समितिका सिनियर डिभिजनल इन्जिनियर तथा उपकार्यकारी निर्देशक भोजबिक्रम थापाले ३२ करोड ३५ लाख ६१ हजार ६६३ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

    परामर्शदाता इप्तिसा- बेट्स जेभीका तत्कालीन डेपयुटी टिम लिडरविरूद्ध अख्तियारले ४८ करोड ३६ लाख ७ हजार ५८० रुपैयाँ बिगो र बिगो बमोजिम जरिवाना हुनुपर्ने दाबी गरेको छ।

    उक्त कम्पनीसँग छुट्टै ८७ करोड ५८ लाख ८३ हजार ३६० रुपैयाँ बिगो असुली गर्नुपर्ने पनि अभियोगपत्रमा उल्लेख छ।

    त्यसैगरी सम्झौता गरिएको निर्माण व्यवसायी सिएमसी दि रभिनाविरूद्ध अख्तियारले ६५ करोड १४ लाख ५७ हजार ४१० रुपैयाँ बराबरको जरिवाना असुल गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

    सबै प्रतिवादीले १ करोड भन्दा माथिको भ्रष्टाचार गरेको भएर उनीहरूलाई ८ देखि १० वर्ष कैद सजाय हुनुपर्ने अख्तियारको माग छ।

    आइतबार, फागुन ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.