• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

सर्वहारा सांस्कृतिक क्रान्ति असफल भएपछि चीन साम्राज्यवादी मुलुक बन्यो : केसी

"सन्दर्भ एक सय एकतिसौँ माओजयन्ती "

  •   मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले महान् सर्वहारा सांस्कृतिक क्रान्ति असफल भएकाले चीन साम्राज्यवादी मुलुक बनेको धारणा राख्नुभएको छ ।

    Advertisement

    नेकपा (मसाल) केन्द्रीय कार्यालयको आयोजनामा २०८० पुस १० गते मङ्गलबार तदनुसार डिसेम्बर २६, २०२३ का दिन सम्पन्न एक सय एकतिसौँ जन्मजयन्ती समारोहमा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    अध्यक्ष केसीले भन्नुभयो– ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति सफल भएको भए चीन वैज्ञानिक समाजवादी देश हुने थियो । त्यो क्रान्ति असफल भएकाले अर्थात् चीनमा पुँजीवादको पुनस्र्थापना भएकाले त्यहाँ साम्राज्यवादी व्यवस्थाको स्थापना भएको हो ।’

    उहाँले चीन समाजवादी देश नभएको ठोकुवा गर्दै उक्त देश साम्राज्यवादी देश भएको पनि बताउनुभयो ।

    उहाँले यतिखेर चीन विश्वबजार कब्जा गर्न अमेरिकासहितका साम्राज्यवादी देशसित प्रतिष्पर्धा गरिरहेको बताउनुभयो ।

    ‘तपाईंहामीले देखिरहेकै छौँ, चीन कसरी विश्वबजार कब्जा गर्नका लागि कसरी लागिरहेको छ’ उहाँले भन्नुभयो– ‘आज चीनले अमेरिका, बेलायत, जापानसहितका विश्वका साम्राज्यवादीसित बजार खोस्नका लागि लडिरहेको छ ।’

    उहाँले त्यसको प्रभाव नेपालमा पनि परिरहेको स्पष्ट पार्नुभयो ।

    ‘एमसिसी अमेरिकी साम्राज्यवादद्वारा चिनियाँ साम्राज्यवादलाई घेराबन्दी गर्न आएको भन्ने तपाईंहरूलाई थाह छ नै’ उहाँले भन्नुभयो– चीनका विरुद्ध लड्न अमेरिकालाई नेपाली भूमि चाहिएको छ । त्यसैले एमसिसी पास भइसक्यो, एसपिपी पनि लागु गर्न खोजिएकै हो ।’

    माओत्सेतुङको जन्मजयन्ती मनाइरहँदा साम्राज्यवादका विरुद्ध लड्न तयार हुनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    सांसदसमेत रहनुभएका केसीले यतिखेर विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहे पनि यो सधैँ स्थायी नहुने ठोकुवा गर्नुभयो ।

    ‘यो अहिले जुन साम्राज्यवादी, पुँजीवादीको जगजगी छ नि, यो अस्थायी कुरा हो’ उहाँले भन्नुभयो– ‘वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना नभइकन त मानव समुदाय अस्तित्वमा नै रहन सक्दैन । त्यसैले विश्व मानव समाज समाजवादतर्फ नै अघि बढ्छ ।’

    उहाँले साम्राज्यवादीहरूको यस्तो जगजगी अन्तिम चरणमा पुगेको दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘साम्राज्यवाद अन्तिम र मरणासन्न चरण हो । उनीहरू यहाँभन्दा अगाडि जान सक्दैनन् ।’

    अध्यक्ष केसीले चीन नेपाल जस्तै कृषिप्रधान देश भएकोमा जसरी त्यहाँ नयाँ जनवादी क्रान्ति भयो, त्यो स्थिति नेपालका लागि पनि सत्य भएको बताउनुभयो ।

    ‘चीन जस्तो कृषिप्रधान देशमा कम्युनिस्ट क्रान्ति गर्न गाह्रो काम थियो’ उहाँले भन्नुभयो– ‘तर पनि चीनमा नयाँ जनवादी क्रान्ति सफल भएरै छाड्यो । हामीले पनि हिम्मत हार्नुहुन्न । क्रान्ति अवश्य पनि भएर छाड्ने छ ।’

    सम्बोधनको क्रममा उहाँले साम्राज्यवादीले फैलाएको हल्लाको पछि लागेर क्रान्ति, परिवर्तन हुन्न भन्ने हल्लाका पछाडि नलाग्न अनुरोध गर्नुभयो ।

    माओले उत्पीडित राष्ट्रको मोर्चा बनाउनुभयो : रेग्मी

    कार्यक्रममा मन्तव्य राख्दै अर्का अतिथि अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले माओले अमेरिकी साम्राज्यवादका विरिुद्ध उत्पीडत राष्ट्रको मोर्चा बनाएको बताउनुभयो ।

    ‘माओले साम्राज्यवादका विरुद्ध विश्वव्यापी मोर्चा बनाउनुपर्ने आवश्यकतामा जोड दिनुहुन्थ्यो’ उहाँले भन्नुभयो– ‘माओकै समयमा साम्राज्यवादको विरुद्धमा एसिया, दक्षिण अफ्रिका, ल्याटिन अमेरिकालगायत विश्वभरि मोर्चाबन्दी कायम भएको थियो ।

    अध्यक्ष रेग्मीले पुँजीवादको विकास नभएको ठाउँमा सर्वहारा क्रान्तिको मोडल तयार गर्दै गर्दा साम्राज्यवाद विरोधी मोर्चा पनि सँगसँगै अघि बढेको पनि स्पष्ट पार्नुभयो ।

    माओत्सेतुङ सर्वहारा वर्गका साङ्गोपाङ्गो नेता भएको बताउँदै उहाँले भन्नुभयो– ‘माओले दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद जस्ता माक्र्सवादका तीनओटै सङ्खटक अङ्कमा योगदान पुर्‍याउनुभएको छ ।’

    मन्तव्यको क्रममा रेग्मी माओको नेतृत्वमा चलेको महान् सर्वहारा सांस्कृतिक क्रान्ति वैज्ञानिक समाजवाद रक्षाको दिशामा उठाइएको गम्भीर कदम भएको पनि बताउनुभयो ।

    माओले महिलाको पक्षमा काम गर्नुभयो : पुन

    अखिल नेपाल महिला सङ्खकी अध्यक्ष मीना पुनले माओत्सेतुङको समयमा महिलाको पक्षमा ठोस काम भएको जानकारी दिनुभयो ।

    चीन र भारतका महिलामाझको स्थितिका बारेमा तुलना गर्दैै उहाँले भन्नुभयो– ‘चीनमो मातृ मुत्युदरको तुलनामा भारतको मातृ मृत्युदर आठ गुणा बढी छ । यसैले बताउँछ, चीनमा महिलाको अवस्था राम्रो छ ।’

    उहाँले चीनमा नयाँ जनवादी क्रान्तिको जगमा खडा भएको अर्थव्यवस्थाले महिलाको अवस्था अहिले पनि अन्यत्रभन्दा राम्रो भएको दाबी गर्नुभयो ।

    ‘चीनका महिलाको सरदर उमेर ८० वर्ष छ’ उहाँले भन्नुभयो– ‘त्यसैगरी महिलामुक्तिसित जोडिएका विभिन्न सूचकमा चिनियाँ महिलाको अहिले पनि उल्लेखननीय योगदान छ ।’

    सम्बोधनको क्रममा उहाँले रुसी समाजवादको कमजोरीबाट शिक्षा लिएर माओले सर्वहारा सांस्कृतिक क्रान्ति चलाएको पनि स्पष्ट पार्नुभयो ।

    मसालका केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको अध्यक्षता तथा काठमाडौँ जिल्ला प्रवक्ता जगत्प्रसाद रेग्मीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई नेकपा (मसाल) ३ नम्बर ब्युरो प्रवक्ता समीर सिंहले स्वागत गर्नुभएको थियो ।

    मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.