दिनेश रैदास, दाङ
नेकपा मसाल जिल्ला समिति दाङले विश्व कम्युनिस्ट आन्दोलनका महान् पुरुष एवम् चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङको १३१ आंै जन्मजयन्ती मनाएको छ ।
२०८० पुस १० गते मङ्गलबार जिल्ला समितिको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अखिल नेपाल युवक सङ्घ पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेलले समसामयिक राजनीति, विश्व कम्युनिस्ट आन्दोलनमा माओको योगदान लगायत विषयमा आफ्नो विचार राख्नुभएको थियो ।
कार्यक्रम अखिल नेपाल महिला सङ्घ नगर उपाध्यक्ष देवा पाण्डेको आतिथ्यता रहेको सो कार्यक्रमलाई राजमो जिल्ला सहसचिव कृष्णा राना, अखिल नेपाल प्रगतिशिल लेखक सङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेशकुमार पाण्डे, अखिल (छैंठौ) जिल्ला सचिव दिनेश रैदास, जातीय समता समाजका¬ सचिव बलदेव विश्वकर्मा र राजमो रोल्पा जिल्ला सदस्य केवि थापाले सम्बोधन गर्नु भएको थियो ।
त्यस्तै अखिल नेपाल बुद्धिजिवि सङ्घ दाङ जिल्ला अध्यक्ष चुनचुन केसीको अध्यक्षता रहेको कार्यक्रमको स्वागत राजमो जिल्ला सदस्य चन्द्रबहादुर रावत र सञ्चालन अखिल नेपाल ट्रेड युनियन घोराही नगर अध्यक्ष भिमकान्त पन्तले गर्नु भएको थियो ।





