वीरेन्द्रनगर । ऐतिहासिक तीन अभियानअन्तर्गत सुर्खेतको पञ्चपुरी नगरपालिका बाबियाचौर बजारमा राष्ट्रिय जनमोर्चा आयोजनामा सभा सम्पन्न भएको छ ।
केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको प्रमुख आतिथ्यमा २०८० पुस ७ गते शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै उपाध्यक्ष शर्माले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको सवाल धरापमा पर्दै गएको विश्लेषण गर्नुभयो ।
उहाँले नोपली जनताले देशको यस खालको परिस्थितिको बेलैमा बोध गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहाँले आम जनता सचेत भएमा मात्रै देशको राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षता र जनजीविकाको रक्षा हुन सक्ने धारणा पनि राख्नुभयो ।
सभामा राजमो कर्नाली प्रदेश समितिका अध्यक्ष पूर्णबहादुर शाही र राजमो सुर्खेतका सचिव विष्णुप्रसाद शर्माले पनि मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा राजमो सुर्खेतका जिल्ला सदस्य विष्णुबहादुर शाहीको पनि आतिथ्य रहेको थियो ।
राजमो पञ्चपुरी नगर समितिका अध्यक्ष धर्मराज लम्सालको अध्यक्षता तथा राजमो जिल्ला समितिका सहसचिव पदमसिंह विकको उद्घोषणमा अघि बढेको सभामा उपस्थित जनसमुदायलाई नगर समितिका सचिव शशिराम कँडेलले स्वागत गर्नुभएको थियो ।
कार्यक्रमपूर्व प्रदेश अध्यक्ष पूर्णबहादुर शाही, प्रदेश समितिका सदस्य पदमसिंह, जिल्ला समितिका सदस्य विष्णु शाही, पञ्चपुरी नगर अध्यक्ष धर्मराज लम्साल, नगर सचिव शशिराम कँडेललगायतका नेताकार्यकताको नेतृत्वमा पञ्चपुरी र चौकुनेका विभिन्न वडामा घरदैलो कार्यक्रम सम्पन्न गरिएको थियो ।

अखिल (छैठौं) को समिति
त्यस्तै, अखिल (छैठौं) कर्नाली प्रदेश अध्यक्ष समितिका अध्यक्ष महेश शर्मा र सुर्खेत जिल्ला समितिका सचिव जीवन शर्माको उपस्थितिमा सम्पन्न भेलामाझ पञ्चपुरी नगरपालिकाको जनता माध्यमिक विद्यालयमा एकाइ समिति गठन गरिएको छ ।
तपिन गिरी अध्यक्ष रहनुभएको उक्त समितिमा १७ जना पदाधिकारी तथा सदस्यहरू रहनुभएको छ ।