कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका –३ को खरेन्द्रपुरमा राष्ट्रिय जनमोर्चाको गाउँ भेला सम्पन्न भएको छ । भेलाले श्याम मोहन केवटको अध्यक्षतामा १७ सदस्सीय राजमो खरेन्द्रपुर गाउँ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा बिनिता अदै, सचिवमा टिक माया भण्डारी र कोषाध्यक्षमा भीमसरा अदै चयन हुनु भएको छ । सदस्यहरूमा नन्दराज भण्डारी, चन्द्रबहादुर अदै, मानबहादुर विक, रामकिसुन लोनिय, शोभा पोखरेल, ओमबहादुर खड्का, राम प्रसाद यादव, वैकल्पिक सदस्यमा राधेश्याम लोनीया, कमला अदै रहनु भएको छ । सल्लाहकारमा रामदेव कुर्मी, डिलाराम खनाल, पुरण मुराउ र बलबहादुर खत्री हुनुहुन्छ ।
भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदैले राष्ट्रिय जनमोर्चाको नीति कार्यक्रमप्रति कसैको विरोध नभए पनि जनतालाई व्यापक संगठित गराउन नसकिएको बताउनु भयो । उहाँले जनताका तत्कालीन स्वार्थ, आकांक्षा राष्ट्रिय जनमोर्चाबाट पूरा नहुने बताउनु भयो ।
राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार चेतनारायण खनाल, राष्ट्रिय जनमोर्चा शिवराजनगर सचिव श्याम प्रकाश खनालले पनि भेला सफलताको शुभकामना दिनुभएको थियो ।
नन्दराज भण्डारीको अध्यक्षता, बिनिता अदैको सञ्चालन तथा रामदेव कुर्मीले स्वागत गर्नुभएको थियो । भेला पछिको बैठकले सदस्यता वितरण गर्ने, फागुनमा बैठक बस्ने निर्णय गरेको छ ।