• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

मोरङको बेलबारीमा भारतीय हात्तीको आतङ्क, १ नं. वडा बढी प्रभावित


  •   बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
  • काठमाडौँ । मोरङ जिल्लाको बेलबारी नगरपालिकामा भारतबाट आएका जङ्गली हात्तीको आतङ्क व्याप्त छ । त्यसमध्ये सबैभन्दा बढी नगरपालिकाको १ नम्बर वडा (नक्सल) प्रभावित भएको छ ।

    Advertisement

    १ नम्बर वडाका वडाअध्यक्ष मणिबहादुर पुलामीमगरले युगदर्शनलाई गराउनुभएको जानकारी अनुसार सो वडामा मात्रै एक दर्जनजति घर हात्तीले भत्काइसकेको छ । त्यस्तै, विभिन्न बाली सखाप पारेको छ ।

    ‘अहिलेसम्म दसबाह्र घर भत्काइसकेको छ’ उहाँले जानकारी दिनुभयो– ‘तरुल, केरा, धानलगायत विभिन्न बाली जङ्गली हात्तीले सखाप पारेको छ ।’

    उहाँले अझैसम्म वडामा भएको कुल क्षतिको यकिन भइनसकेको पनि बताउनुभयो ।

    उहाँका अनुसार हात्ती आतङ्कबाट बच्ने ठोस उपाय गर्न सकिएको छैन ।

    पुलामीमगरले भन्नुभयो– ‘अहिलेसम्म जङ्गली हात्तीलाई रोक्ने गरी केही गर्न सकिएको छैन । घर र बाली बचाउन रुङ्ने, खेदाउनेबाहेक केही काम हुन सकेको छैन ।’

    उहाँले वडासदस्यसति आम जनताले रातभरि जाग्राम बसेर जङ्गली हात्ती भगाउने काम गरिरहेको बताउनुभयो ।

    ‘मेरै नेतृत्वमा वडासदस्यसित गाउँलेहरू हात्ती भगाउन रातभरि जाग्राम बस्ने गरेका छौँ’ उहाँले भन्नुभयो– ‘हामी राती एकदुई घण्टा मात्रै सुत्ने गरेका छौँ । साँझ ५ बजेदेखि बिहान ४ आम जनतासहित हामी खटिएको महिनादिन हुन थालिसक्यो ।’

    उहाँले नगरपालिकाले दमकल, जेसिबी जस्ता यन्त्र हात्ती भगाउन दिएको जानकारी दिनुभयो । त्यसका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि गस्ती गरिरहेको सूचना उहाँले दिनुभयो ।

    उहाँका अनुसार सो वडामा मात्रै दुई दर्जनभन्दा बढी हात्तीले आतङ्क मच्याइरहेको छ ।

    १ नम्बर वडामा बढी क्षति

    वडा नम्बर १ वडा कार्यालयले हालसम्म भएका क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरेको छ । कार्यालयका अनुसार क्षतिको विरण यस प्रकार रहेको छ :

    १. कामिलाल धिताल – दुई कट्ठा जग्गाको बासमती धान नष्ट भएको ।

    २. कल्पना तामाङ र पदमबहादुर खड्का – दुई सय दुई घरी केराको बोट नष्ट भएको ।

    ३. तिलचन राई – १२ कट्ठामा लगाइएको केराखेती सखाप भएको ।

    ४. प्रेमकुमार भारती – तीन कट्ठामा लगाइएका विविध बालिनाली नष्ट भएको ।

    ५. टेकबहादुर तामाङ – घरको दुईओटा कोठाको भित्ता भत्किएको ।

    ६. भक्तबहादुर तामाङ – चार कट्ठा जग्गामा लगाइएको उन्नत डाले तथा सिजनेबल घाँस नष्ट भएको ।

    ७. श्यामकुमारी थारू – घर भत्काइएको ।

    ८. कालिबहादुर मगर – चार कट्ठा खेतको धान सखाप भएको ।

    ९. दिनेश थापा – १२ कठ्ठा जग्गामा लगाएको खेती नष्ट भएको ।

    १०. कमानसिंह लिम्बु (सुब्बा) – छ कट्ठामा लगाएको सिमलतरुल सखाप भएको ।

    ११. देविकुमारी श्रेष्ठ – घर भत्काइएको ।

    १२. विनिता राजवंशी – घर भत्काइएको ।

    १३. विमलादेवी तामाङ – घर भत्काइएको ।

    १४. दिलबहादुर तामाङ – घर भत्काइएको ।

    १५. आइतसिंह मोक्तान – घर भत्काइएको ।

    १६. माधवप्रसाद सुवेदी – पाँच कट्ठामा लगाइएको तोरिबाली सखाप भएको ।

    १७. मैया मगर – घर भत्काइएको ।

    १८. डिल्ली राई – तीन मन धान नष्ट भएको ।

    १९. बुढाथोकी – चार मन धान नष्ट भएको ।

    २०. किसान रामबहादुर श्रेष्ठ – २० ओटा सुपारीको बोट नष्ट भएको ।

    मेयर राई ड्रोन लिएर जाँदै

    बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई पनि नगरपालिकामा भारतीय जङ्गली हात्तको आतङ्क फैलिएको स्वीकार्नुहुन्छ । त्यसको नियन्त्रणका लागि आफू काठमाडौँबाट चर्को आवाज आउने ड्रोन लिएर पालिका जान लागेको जानकारी उहाँले युगदर्शनलाई दिनुभयो ।

    ‘जेसिबी, दमकल त चलाएकै छौँ तर त्यत्तिले मात्रै हात्तिआतङ्क नियन्त्रण भएको छैन’ उहाँले भन्नुभयो– ‘आज म काठमाडौँमा छु । भोलि नेसनल रोबोटिक सेन्टरबाट चर्को आवाज आउने ड्रोन लिएर बेलबारी पुग्दै छु ।’

    उहाँका अनुसार घरमा भएको क्षतिका हिसाबले १ नम्बर बढी प्रभावित छ भने बालिनाशका हिसाबले १० नम्बर वडा बढी प्रभावित छ ।

    ‘पालिकाका ११ ओटा वडामध्ये सातओटा वडा हात्तिआतङ्कबाट प्रभावित छ’ मेयर राईले भन्नुभयो– ‘पालिकाको १, २, ४, ८, १०, ११ सहितका सात वडामा हात्तिआतङ्क छ । तुलनात्मक रूपमा २ नम्बर वडामा क्षति कम भएको छ ।’

    उहाँले जङ्गली हात्तीले मकैबारी, केराखेती, धान, कोदो, सिमल तरुल जस्ता खेतीमा नोक्सान पुर्‍याएको प्रष्ट पार्नुभयो ।

    ‘मङ्सिर ७ गतेदेखि यता भारतबाट आएका जङ्गली हात्तीले हाम्रो पालिकामा विनाश मच्याइरहेको छ’ उहाँले अगाडि भन्नुभयो– ‘भारतबाट पहिलो लटमा २७ ओटा, दोस्रो लटमा चार ओटा र तेस्रो लटमा ६५ ओटा गरी कुल ९६ जनाजति हात्ती नेपाल प्रवेश गरेका छन् ।’

    त्यसमध्ये ३० ओटाभन्दा बढी हात्ती बेलबारी नगरपालिकामा घुमिरहेको उहाँले बताउनुभयो ।

    एक जनाको मृत्यु

    मेयर राई हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको पनि जानकारी दिनुभयो ।

    ‘लेटाङ नगरपालिका निवासी एक जना माझी समुदायका व्यक्तिको हात्तीको आक्रमणबाट मृत्यु भइसकेको छ’ उहाँले बताउनुभयो ।

    चुरेविनाश समस्या

    १ नम्बर वडाका निवासी राष्ट्रिय जनमोर्चाका नेता हरिकान्त शर्मा चुरेविनाशका कारण हात्तिआतङ्क बढेको बताउनुहुन्छ ।

    ‘चुरेविनाश गरेर जथाभावी घर बनाउने वा खेतिपाती गर्दा जङ्गली जनावरका आहार मासिएका छन्’ उहाँले किटानी गर्नुभयो– ‘त्यही कारणले हात्ती जस्ता जङ्गली जनावर आहार खोज्दै गाउँ पस्न थालेका हुन् ।’

    उहाँले पालिकामा यत्तिका क्षति हुँदासम्म पनि वनविभाग र जिल्ला प्रशासन सक्रिय नभएको गुनासो व्यक्त गर्नुभयो ।

    ‘महिनादिनभन्दा अघिदेखि हात्तीले आतङ्क मच्याइरहेको छ तर त्यसलाई नियन्त्रण गर्ने र क्षतिबापत् क्षतिपूर्ति दिने सवालमा सम्बन्धित निकायले अझैसम्म चासो व्यक्त गरेको छैन’ उहाँको भनाइ थियो ।

    उहाँले हात्तिआतङ्क नियन्त्रण गर्न पालिका र जिल्ला प्रशासन तत्कालै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

    बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.