कोयम्बटोर (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्बटोर नगर समितिका अध्यक्ष रेशम थापाको दाहसंस्कार गरिएको छ ।
Advertisement
डिसेम्बर २०, २०२३ बुधबारका दिन कोयम्बटोरस्थित बोम्मनम्पालयम घाटमा उहाँको दाहसंस्कार गरिएको हो ।
दाहसंस्कारपूर्व घाटमा शोकसभा सम्पन्न भएको थियो ।
भीमलाल शर्माको अध्याक्षता तथा चन्द्रप्रसाद पौडेलको सञ्चालनमा दुई मिनेट मौनधारणसँगै अगाडि बढेको उक्त कार्यक्रममा मूल प्रवाहका नेताहरू बिरे थापा, जगत् हमाल, खिमानन्द शर्मा, शेरबहादुर राना, देवबहादुर कुँवर, रामबहादुर सेनलगायतले शोकमन्तव्य राख्नुभएको थियो ।
सन् १९८६ देखि मूल प्रवाहमा सङ्गठित हुनुभएका थापा कोयम्बटोर नगर समितिको संस्थापक सदस्य रहनुभएको थियो । पछिल्लो समयमा उहाँ दक्षिण भारत क्षेत्रीय समितिको सदस्य पनि हुनुहुन्थ्यो ।
स्मृतिशेष थापाको निधन डिसेम्बर १९ को साँझ भएको थियो ।





