• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सीमा अतिक्रमणलाई सर्भे टोलीले वैधानिकता दिने आशंका

"कपिलवस्तुमा तीन सय विघा जमिन भारत तर्फ जाने चिन्ता "

  •   शुक्रबार, चैत १४, २०७६ मा प्रकाशित
  • कपिलवस्तु । नेपाल–भारत सीमा सर्भे टोलीले नेपालीको जमीनमा पिल्लर गाड्ने गरी सीमा सर्भे गरेपछि कपिलवस्तुका स्थानीय चिन्तित बनेका छन् । भारतले नेपाली भूमि अतिक्रमण गरि सीमा छुट्याउन गरेको प्रयत्नलाईनै वैधानिकता दिनेगरी सीमा सर्भे टोलीले तयारी गरेको भन्दै स्थानीय चिन्तित बनेका हुन् । यदी अहिलेकै सर्भे अनुसार सीमा निर्धारण गरिए नेपालीको करिब ३ सय विघा जमिन भारत तर्फ पर्ने छ ।

    Advertisement

    कपिलवस्तुको पश्चिम दक्षीणमा रहेको कृष्णनगर नगरपालिकाको नरेनपुर गाउँ र बिजयनगर गाउँपालिकाको वडा नम्बर ७ को गेडुवाजोत र लालपुर गाउँको गरि ३ सय विघा जमिन भारत तर्फ पर्ने चिन्ताले स्थानियलाई सताएको छ ।

    करिब ८ महिना पहिले भारतले एकतर्फी रुपमा सीमा पिल्लर गाड्न खोजेको थियो । त्यस विरुद्व स्थानीयले गरेको विरोधका कारण सो कार्य रोकिएको थियो । नेपाली पक्षले स्थानीयको जग्गाको लालपुर्जाको फोटोकपि लिएर गएका थिए । तर त्यस विषयमा कुनै जानकारी नआएपछि भारतले चाहेअनुसार सिमांकन हुने त होइन ? भनेर उनीहरु चिन्तित बनेका हुन् ।

    स्थानीय प्रल्हाद चौधरीले नेपाल–भारत सीमा चरङगहवा नदीले छुट्याएको र नदीले धार परिवर्तन गर्दा सीमा पनि वर सर्ने गरेको बताउनु भयो । उहाँका अनुसार भारत तर्फ भने नदीको धार परिवर्तन हुनासाथ खयरका विरुवा रोपी नदीको धारलाई नेपाल तर्फ नै फर्काउने गरिएको छ ।

    सो क्षेत्रमा भारत तर्फ बलरामपुर जिल्लाको परशुरामपुर, पिपरा, गिद्वहवा, बनगाउँ पर्दछन् । ति गाउँमा समेत नेपाली भूमी रहेको स्थानीयको दाबी छ ।

    राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संगठनात्मक अभियानका क्रममा अघिल्लो महिना स्थानीयले राजमोको टोलीलाई सीमा क्षेत्रको अवलोकन गराएका थिए । सीमाको अवलोकन गरेर फर्किए पछि राजमो नेता केर सिंह अदैले भारतीय पक्षले नेपाली भूमी अतिक्रमण गरेको र प्राकृतिक रुपमा पनि नदीको धार परिवर्तनले नेपाली भूमी भारत तर्फ पर्न गएको युगदर्शनलाई जानकारी दिनुभयो । उहाँले सीमा सर्भे टोलीलाई खबरदारी गरिने र सीमा अतिक्रमण विरुद्व राजमो स्थानीय जनतासँगै संघर्ष गर्ने पनि बताउनुभयो ।

    नेपाल–भारत सीमा सर्भे टोलीले कञ्चनपुर जिल्लामा पनि भारतले गरेको सीमा अतिक्रमणलाई वैधानिकता दिने गरि सिमांकन गरेको विरोधमा स्थानीयले जंगे पिल्लर तोडेका थिए । त्यस क्षेत्रमा पनि राजमो सुदूरपश्चिम प्रदेशले अनुगमन गरि सरकारलाई खबरदारी गरेको थियो ।

    यो पनि पढ्नुहोस्ः

    नेपाली भूमिमा गाडिएका पिलर हटाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

    सीमा सर्वे टोलीले राष्ट्रहित विपरित काम गर्‍योः मनोज भट्ट

    शुक्रबार, चैत १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.