• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सीमा सर्वे टोलीले राष्ट्रहित विपरित काम गर्‍योः मनोज भट्ट


  •   मङ्गलबार, चैत ०४, २०७६ मा प्रकाशित
  • कञ्चनपुर । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले नेपाल भारत संयुक्त सीमा सर्वे टोलीले भारतीय हितमा काम गरेको आरोप लगाउनुभएको छ ।

    Advertisement

    मंगलबार कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा नेपालको भूभाग मिचेर बनाइएका जंगे पिलर अवलोकन गर्दै नेता भट्टले नेपाली पक्षको कमजोरीका कारण भारतले गरेको अतिक्रमणलाई वैधानिकता दिने काम भइरहेको बताउनुभयो ।

    सन् १९८१ मा नेपाल–भारत बिचको सिमालाई सिमांकन गर्न गठन भएको उच्चस्तरी प्राविधिक समितिले २६ वर्ष लगाएर सिमांकन गरेको र ९७ प्रतिशत काम टुंग्याएको दाबी गरिएको उहाँको भनाई थियो । बाँकी रहेको भनिएको ३ प्रतिशत सिमांकन राजनीतिक तहबाट टुंग्याउने सहमति भएपनि लामो समयसम्म टुंगिन नसकेको उहाँले बताउनुभयो ।

    कञ्चनपुरको ब्रमदेव मण्डिदेखी कालापानी सम्म र नवलपरासीको सुस्तालगायतका क्षेत्रमा रहेको सीमा समस्यालाई राजनीतिक तहमा टुंगो लगाउने निर्णय अनुसार दुई देशबीच सीमा सर्वेको काम भइरहेको भट्टले बताउनुभयो।

    ‘सिमांकनका दौरान दुई पक्षले तयार पारेको स्ट्रिप नक्सा अनुसार कञ्चनपुरमा भैरहेको सीमा स्तम्भ गाड्ने कामले झन् नेपालको भूमि वैधानिक तवरबाट भारततिरमा गाभ्ने वा नेपाली भूमिमाथिको दाबी छोड्ने काम भएको छ’ उहाँले भन्नुभयो, ‘बेल्डाँडी गाउँपालिकाको वडा नम्बर ३ मा रहेको सीमा स्तम्भ नम्बर ३१, ३२ र ३३ का कारणले नेपाल तर्फको नहर भारततर्फ पार्ने काम भएको छ ।’

    उहाँले स्थानीय विद्यालयका नाममा कायम भएको फिल्डबुक र लालपुर्जा भएको जग्गा र वागेश्वरी नरसर्रीको जग्गासमेत भारतिर पारिएको बताउनुभयो । यस्तै, बेलौरी नगरपालिकाको वडा नम्बर १० मा गाडिएको सीमा स्तम्भ, भीमदत्तनगरपालिका वडा नम्बर ९ को जिम्मुवा, पुनर्वास नगरपालिकाको केही वडाहरुमा पनि गलत प्रकारले सीमा स्तम्भ कायम गरिएका कारण नेपाली भूमि भारत तर्फ पार्न गएको बताउनुभयो । यी सबै कारणबाट सीमा समस्या ९७ प्रतिशत हल भएको भन्ने भनाई गलत सावित भएको भट्टको भनाई थियो ।

    राजमोका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम अध्यक्ष नन्दराज भट्ट, अखिल नेपाल किसान महासंघका केन्द्रीय नेता हरिकृष्ण पाण्डे, राजमो प्रदेश कोषाध्यक्ष केशव नाथ योगी, अखिल (छैठौं)का महासचिव महेश जोशी, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव प्रशान्त थापा, तराई मधेसी जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, ट्रेड युनियन महासंघ (अन्टुक) का नेता जनक कुवँर ,राजमो कञ्चनपुर जिल्ला सचिव अहिमान थापा, कैलाली सचिव जगत जोशी, बिद्यार्थीनेताहरू हेमराज भट्ट ,महेश भट,पुष्कर भट्ट, युवकनेताहरु अमिर कुवर, दशरथ सुवेदी, समता समताका नेता हर्क बिक, विद्यार्थी नेता गणेश नाथ योगी लगायतका टोलीले अनुगमन गरेको छ ।

    मङ्गलबार, चैत ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.